Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

म्यानमारमा आमनिर्वाचन निष्पक्ष र स्वच्छ गरिने प्रतिबद्धता

\"myanmar\"२८ असार, याङ्गुन । म्यानमारमा आगामी नोभेम्बर ८ मा हुन लागेको आमनिर्वाचन निष्पक्ष र स्वतन्त्र गरिने प्रतिबद्धत सत्तारुढ दलले व्यक्त गरेको छ । म्यानमारबाट प्राप्त समाचारमा सोमबार सो जानकरी दिइएको छ । यहाँका अधिकारीहरूले आमनिर्वाचनको मिति तोकेपछि स्वतन्त्र रुपमा सो निर्वाचन सम्पन्न गर्न लागेका बताइएको छ । सैनिक शासनमा लामो समयसम्म रहेको म्यानमारमा लामो समयपछि प्रजातान्त्रिक निर्वाचन हुन लागेको बताइएको छ । म्यानमरको वर्तामान सत्तारुढ दल युनियन सोलिडारिटी एण्ड डेभलप्मेन्ट पार्टी (यूएसडिपी) ले यहाँ आगामी नोभेम्बर ८ मा हुन लागेको निर्वाचन निष्पक्ष रुपमा गरिने जनाएको हो । यसअघि दुई हप्तामात्र अघि उक्त निर्वाचनको मिति तोकिएको थियो । यस निर्वाचनले म्यानमारको संसदका दुवै सदनका लागि सांसदको निर्वाचन र चयन गर्नेछ । उक्त दलको केन्द्रीय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त दलले स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गरिने जनाएको हो । सभामुखसमेत रहेका सो पार्टीका नेता उसे मानले आगामी निर्वाचनमा सबै दलले निर्वाचन आचारसंहिताको पालना गर्न र आवश्यकता अनुरुप मात्र प्रचारप्रसार गरी निर्वाचन अनुशानको पालना गर्ने जनाएका छन् । निर्वाचन आयोगले म्यानमारमा आमनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको नामावली उपलब्ध गराउन देशका सबै राजनीतिक दलहरुलाई आग्रह गरेको भोलिपल्टै उनको यो आग्रह आएको छ । यसै संसदले नै म्यानमारको राष्ट्रपतिको चयन गर्नेछ । म्यानमारमा गएको २५ वर्षयतासम्म नै स्वतन्त्र रूपमा र प्रजातान्त्रिक पद्दतिद्वारा निर्वाचन हुन सकिरहेको छैन । तर यहाँको राष्ट्रपति पदका लागि भने प्रजातन्त्रवादी नेत्री सुकीले प्रतिस्पर्धा गर्न पाउने प्रावधान हटाइएको छ । उनको राजनीतिक दलले यसको विरोध गरिरहेको छ । निर्वाचन आयोगका अनुसार म्यानमारमा कम्तीमा पनि ८३ वटा राजनीतिक दल दर्ता भएका छन् । ती दलले कम्तीमा पनि तीन वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने भएका हुन् । सुकीको दलपनि सहभागी हुने यसैबीच म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकीको दलले पनि सो आमनिर्वाचनमा सहभागिता जनाउने भएको छ । उनको आफ्नो दल नेशनल लिग फर डेमोक्र्यासीले म्यानमारमा हुन लागेको यस ऐतिहासिक आमचुनावमा भाग लिने जनाएकी हुन् । म्यानमारको सरकारले आगामी नोभेम्बर ८ मा आमचुनावको घोषणा गरिसकेको छ । यस निर्वाचनमा छानिए पनि सुकीलाई राष्ट्रपति बन्न कानुनले रोक लगाएकाले उनको दलले सो निर्वाचनमा सहभागिता जनाउने वा नजनाउने भन्नेबारेमा निर्णय गरेको थिएन । आफ्नो निवासमा पत्रकार सम्मेलन गरी सुकीले सो दलको निर्णयबारे हालैमात्र जानकारी गराएको समाचारमा जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending