Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

म्यानमारमा आमनिर्वाचन निष्पक्ष र स्वच्छ गरिने प्रतिबद्धता

\"myanmar\"२८ असार, याङ्गुन । म्यानमारमा आगामी नोभेम्बर ८ मा हुन लागेको आमनिर्वाचन निष्पक्ष र स्वतन्त्र गरिने प्रतिबद्धत सत्तारुढ दलले व्यक्त गरेको छ । म्यानमारबाट प्राप्त समाचारमा सोमबार सो जानकरी दिइएको छ । यहाँका अधिकारीहरूले आमनिर्वाचनको मिति तोकेपछि स्वतन्त्र रुपमा सो निर्वाचन सम्पन्न गर्न लागेका बताइएको छ । सैनिक शासनमा लामो समयसम्म रहेको म्यानमारमा लामो समयपछि प्रजातान्त्रिक निर्वाचन हुन लागेको बताइएको छ । म्यानमरको वर्तामान सत्तारुढ दल युनियन सोलिडारिटी एण्ड डेभलप्मेन्ट पार्टी (यूएसडिपी) ले यहाँ आगामी नोभेम्बर ८ मा हुन लागेको निर्वाचन निष्पक्ष रुपमा गरिने जनाएको हो । यसअघि दुई हप्तामात्र अघि उक्त निर्वाचनको मिति तोकिएको थियो । यस निर्वाचनले म्यानमारको संसदका दुवै सदनका लागि सांसदको निर्वाचन र चयन गर्नेछ । उक्त दलको केन्द्रीय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त दलले स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गरिने जनाएको हो । सभामुखसमेत रहेका सो पार्टीका नेता उसे मानले आगामी निर्वाचनमा सबै दलले निर्वाचन आचारसंहिताको पालना गर्न र आवश्यकता अनुरुप मात्र प्रचारप्रसार गरी निर्वाचन अनुशानको पालना गर्ने जनाएका छन् । निर्वाचन आयोगले म्यानमारमा आमनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको नामावली उपलब्ध गराउन देशका सबै राजनीतिक दलहरुलाई आग्रह गरेको भोलिपल्टै उनको यो आग्रह आएको छ । यसै संसदले नै म्यानमारको राष्ट्रपतिको चयन गर्नेछ । म्यानमारमा गएको २५ वर्षयतासम्म नै स्वतन्त्र रूपमा र प्रजातान्त्रिक पद्दतिद्वारा निर्वाचन हुन सकिरहेको छैन । तर यहाँको राष्ट्रपति पदका लागि भने प्रजातन्त्रवादी नेत्री सुकीले प्रतिस्पर्धा गर्न पाउने प्रावधान हटाइएको छ । उनको राजनीतिक दलले यसको विरोध गरिरहेको छ । निर्वाचन आयोगका अनुसार म्यानमारमा कम्तीमा पनि ८३ वटा राजनीतिक दल दर्ता भएका छन् । ती दलले कम्तीमा पनि तीन वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने भएका हुन् । सुकीको दलपनि सहभागी हुने यसैबीच म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकीको दलले पनि सो आमनिर्वाचनमा सहभागिता जनाउने भएको छ । उनको आफ्नो दल नेशनल लिग फर डेमोक्र्यासीले म्यानमारमा हुन लागेको यस ऐतिहासिक आमचुनावमा भाग लिने जनाएकी हुन् । म्यानमारको सरकारले आगामी नोभेम्बर ८ मा आमचुनावको घोषणा गरिसकेको छ । यस निर्वाचनमा छानिए पनि सुकीलाई राष्ट्रपति बन्न कानुनले रोक लगाएकाले उनको दलले सो निर्वाचनमा सहभागिता जनाउने वा नजनाउने भन्नेबारेमा निर्णय गरेको थिएन । आफ्नो निवासमा पत्रकार सम्मेलन गरी सुकीले सो दलको निर्णयबारे हालैमात्र जानकारी गराएको समाचारमा जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending