Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अन्तरिम संविधान संशोधन गर्ने तयारीमा दलहरु

२९ असार, काठमाडौं । प्रदेश सीमांकन नसकिएसम्म संविधानसभालाई कायमै राख्ने गरी संविधान संशोधन गर्न प्रमुख राजनीतिक दलले छलफल अघि बढाएका छन्। आजको नागरिक दैनिकमा खबर छ सर्वोच्च अदालत, राष्ट्रपतिका साथै विभिन्न पक्षले प्रदेश सीमांकनसमेत टुंगो लगाएर संविधान जारी गर्न आग्रह गरेपछि दलहरू संविधान संशोधन तयारीमा जुटेका हुन्। ‘सीमांकनसहित संविधान जारी गर्न दलीय छलफल चलिरहेको छ’ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सोमबार नेपाल दलित संघले ललितपुरमा गरेको कार्यक्रममा भने, ‘प्रदेश सीमांकनसहितको संविधान जारी हुन सकेन भने संविधानसभा रहन्छ।’ सीमांकनको काम टुंगो नलाग्दासम्म रूपान्तरित संसदकै हैसियतमा संविधानसभा पनि रहने जनाउँदै देउवाले भने, ‘त्यसले संघीयता हुँदैन कि भन्ने चिन्ताको अन्त्य हुन्छ, सबै संस्थाको सम्मान पनि हुन्छ।’ अन्तरिम संविधानको धारा १३८ ले प्रदेश सीमांकनसहित संविधान निर्माणका सबै काम संविधानसभाबाटै गर्नुपर्ने उल्लेख गर्दै रूपान्तरित संसदले व्यवस्थापिकाको काम मात्र गर्न सक्ने जनाएको छ। सर्वोच्च अदालतले दलीय सहमति संविधानविपरीत रहेको भन्दै अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशविपरीत संविधान निर्माण अघि बढाउँदा मधेसकेन्द्रित दलका साथै प्रमुख राजनीतिक दलभित्र असन्तुष्टि बढेको छ । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले प्रदेश सीमांकनसहित सबै विषय टुंग्याएर संविधान जारी गर्न सकिन्छ कि भन्नेमा प्रमुख दलबीच अनौपचारिक छलफल जारी रहेको बताए। ‘बाँकी समयमा सीमांकनको विषय टुंग्याउन सकिन्छ कि भन्नेमा छौं’ खड्काले भने, ‘सीमांकनका नाममा संविधान जारी गर्ने मिति लम्ब्याउन सकिँदैन।’ दलहरू ढिलोमा साउन मसान्तभित्र नयाँ संविधान जारी गर्ने आन्तरिक तयारीमा छन्। सहमहामन्त्री खड्काले पार्टी वरिष्ठ नेता देउवाले सीमांकन टुंगो नलाग्दासम्म संविधानसभा काम राख्नुपर्ने विचार बाहिर ल्याए पनि त्यसमा दलीय छलफल भइनसकेको बताए। ‘उहाँ (देउवा)ले एउटा विचार अघि सार्नुभएको छ’ खड्काले भने, ‘त्यसमा औपचारिक छलफल भइसकेको छैन।’ कांग्रेस नेता शेखर कोइरालाले संविधान जारी भएपछि संविधानसभा राख्न नहुने बताए। अन्तिम समयमा संविधान संशोधन गर्दा नकारात्मक सन्देश प्रवाह हुने जिकिर गर्दै कोइरालाले भने, ‘संविधान संशोधन गर्दा नहुने त होइन, यसले दलहरूको निर्णय गलत थियो भन्ने हुन्छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending