Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पार्टी कार्यालयको भाडा नतिर्न एमालेले कृपासुरलाई मन्त्री बनाएको खुलासा

\"cpnuml-office\"२९ असार, काठमाडौं । बल्खुको चौरमा गाडिएका टेन्टबाटै दुई महिनादेखि केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको एमाले चाँडै नयाँ कार्यालयमा सर्दै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सारिनेछ । जहाँ अहिले नेताहरू बस्ने कोठा धमाधम निर्माण भइरहेका छन् । स्रोतका अनुसार नयाँ कार्यालय व्यवस्थापनको सम्पूर्ण चाँजोपाँचो पर्यटनमन्त्री कृपासुर शेर्पाले मिलाइदिएका हुन् । शेर्पा पासाङ ल्हामु स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् । उनले घरभाडा नलिने वचन पनि दिएको स्रोतले बतायो । पोलिटब्युरो र केन्द्रीय कमिटीका आगामी बैठक नयाँ कार्यालयमै राख्ने तयारी एमालेको छ । ९ साउनमा पोलिटब्युरो र १० मा केन्द्रीय समितिको बैठक बस्दै छ । १२ वैशाखको भूकम्पले बल्खुस्थित कार्यालय भवन क्षतिग्रस्त बनाएपछि सुरुमा एमालेले च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी कार्यालय सार्ने तयारी गरेको थियो । पर्याप्त ठाउँ भएकाले स्थायी रूपमै च्यासलमा सर्ने योजना एमालेको थियो । तर, प्रतिष्ठानले नमानेपछि नयाँ विकल्पका रूपमा पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सर्न लागिएको हो । ‘तुल्सीलाल प्रतिष्ठानमा जान पाएको भए धेरै हिसाबले राम्रो हुने थियो, तर पाइएन । अहिले जहाँ जान लागिएको छ त्यो केही वर्षका लागि अस्थायी प्रयोजनका निम्ति मात्रै हो,’ एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने । नयाँ कार्यालयमा ५–१० दिनभित्रै सर्ने उनले बताए । अस्थायी प्रयोजनका लागि भए पनि नयाँ कार्यालयको व्यवस्थापनमा धेरै खर्च भइसकेको छ । बल्खुमा रहेको कार्यालयमा पाँच उपाध्यक्ष, दुई उपमहासचिव, पाँच सचिव सबैका लागि छुट्टै कार्यकक्ष थिएन । तर, अहिले सर्न लागेको भवनमा सबै पदाधिकारीका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएका छन् । स–साना कोठा भएकाले अन्य सबै व्यवस्थापन नयाँ गर्नुपरेकाले खर्च धेरै लागेको स्रोत बताउँछ । ‘कोठा पार्टेसनमा त खर्च भयो नै, त्योभन्दा धेरै खर्च फर्निसिङमा भएको छ,’ स्रोतले भन्यो । बल्खुमा भएका कुनै पनि सामान नयाँ कार्यालयमा नल्याइने भएको छ । नयाँ कार्यालयका लागि भएको सबै खर्च पार्टी कोषबाट नभएको स्रोतले बतायो । सम्पूर्ण खर्चको जिम्मा मन्त्री शेर्पाले नै लिएका छन् । त्यहाँ बसुन्जेल पार्टी कार्यालयसँग भाडा नलिने वचन पनि शेर्पाले दिएको स्रोतले बतायो । त्यही गुन तिर्न पनि उनलाई मन्त्री बनाइएको चर्चा एमाले वृत्तमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending