आषाढ़ २९ गते, २०७२ मगलवार 14th July, 2015 Tue०६:५७:२५ मा प्रकाशित
२९ असार, काठमाडौं । पैसाका लागि समाजका गन्यमान्यदेखि सामान्य व्यक्तिसमेत आपराधिक गतिविधिमा संलग्न भएको घटना बेलाबेला आइरहन्छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ पैसाले के गराउँदैन ? पद दुरुपयोग गराउँछ, अनेक तिकडमबाजी, अचम्मका खेल खेलाउँछ। ज्यानै जोखिममा पार्न पछि पर्दैनन् कोही।
परिवारको पालनपोषण गराउन भन्दै पैसाको लोभमा तनहुँ देउघाटका ४४ वर्षीय योगराज गुरुङले लागूऔषध तस्करी गर्ने क्रममा ज्यानै जोखिममा पारे। हङकङमा लगेर बेच्न उनले आफ्नो पेटमा चरेसका क्याप्सुल भरे(करिब सयवटा।
ती क्याप्सुल उनको पेटमै फुट्न सक्थ्यो। ज्यानै गुम्न सक्थ्यो । तर उनले पैसा कमाउनेबाहेक अरू ध्यानै दिएनन् । सामान्य परिवारका गुरुङले केही हजारको लोभमा तस्करीको अनौठो उपाय रोजे।
शनिबार बिहान साढे १० बजे उनलाई हङकङ उड्नु थियो। उनी बिहानै उठे र चार बजेदेखि नै चरेसका क्याप्सुल पानीले घुटुघुटु निल्न थाले।
प्लास्टिक लेपन गरिएका सयवटा चरेसको क्याप्सुल निल्न उनलाई एक घन्टा लाग्यो। काठमाडौं बोहोराटारस्थित सासूले भाडामा लिएको कोठालाई उनले लागूऔषध कारोबारको अड्डा बनाएका थिए।
चरेसका क्याप्सुल निलेपछि आफ्नो स्वास्थ्य के होला भन्ने चिन्ता उनले रत्तिभर गरेनन् । क्याप्सुल पेटभित्र लुकाएर ‘आत्मघाती मानव बम’ बनेका गुरुङ हङकङ उड्न त्रिभुवन विमानस्थल पुगे।
उनलाई जसरी हुन्छ, विमानस्थलमा प्रहरीको आँखा छलेर हङकङ पुगेर चरेसका क्याप्सुल बेच्नु थियो र केही हजार रुपैयाँ कमाउनु थियो। यसअघि पनि दुईपटक त्यसरी नै पेटमा चरेसका क्याप्सुल हालेर हङकङ पुर्याउन सफल गुरुङको योजना यसपटक भने सफल हुन पाएन।
हङकङमा होटेलमा पुगेर एउटा भाडामा दिसा गरी चरेसका क्याप्सुल निकालेर बेच्ने गुरुङको योजना काठमाडौंमै तुहियो। दिसा गरेर निकालिएको चरेसका क्याप्सुल गुरुङले धोएर बिक्री गर्ने गरेका थिए।
विमानस्थल पुग्दा गुरुङको पेटमा चरेसको भारी थियो। मनमा पक्राउ परिएला भन्ने डर। लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी निरीक्षक प्रेम शाही नेतृत्वको टोलीले उनलाई विमानस्थलमै समात्यो।
ब्युरोका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले गुरुङबारे थप अनुसन्धान भइरहेको बताए। उनले भने, \'उनी अहिले क्याप्सुल निकाल्न अस्पतालमा छन्। त्यहाँबाट ल्याएपछि उनको अन्य कनेक्सनबारे अनुसन्धान हुन्छ।\'
यद्यपि स्रोतले गुरुङ कसैको भरिया नभएर लागूऔषधको खुद्रा व्यापारी भएको बताएको छ। \'गुरुङ कसैका भरिया होइनन्, कसैका लागि काम गर्ने बिचौलिया पनि होइनन्, लागूऔषधका खुद्रा व्यापारी हुन् ।\' प्रहरी स्रोतले भन्यो।
स्रोतका अनुसार उनले दस हजार रुपैयाँ खर्चिएर चरेसका सय क्याप्सुल किनेका थिए। नेपालमा दस हजारमा किनेको क्याप्सुल हङकङमा खुद्रा व्यापारीलाई बेच्दा झन्डै एक लाख रुपैयाँ गुरुङले कमाउँथे। होटेलखर्च र भाडा कटाएर उनलाई ४० हजार रुपैयाँ चोखो कमाइ हुन्थ्यो।
प्लास्टिकले लेपन गरिएका चरेसका क्याप्सुल घरसम्मै ल्याइदिने गिरोह राजधानीमा सक्रिय छन्। गुरुङलाई ती क्याप्सुल त्यस्तै एक गिरोहले घरमै ल्याइदिएको थियो। गुरुङले हङकङमा एक क्याप्सुलको डेढ सय डलरसम्म लिने गरेका थिए।
यसअघि ५० वटा क्याप्सुल पेटमा लुकाएर हङकङ गएका गुरुङले सबै खर्च कटाएर २० हजार कमाएका थिए। त्यसअघि पनि उनले यस्तो भन्दा गरिसकेका थिए।
स्रोतका अनुसार नेपालको विमानस्थल पार गरेपछि गुरुङ ढुक्कको सास फेर्थे किनभने हङकङ विमानस्थलको आगमन कक्षमा उनको शरीर स्क्रिनिङ हुँदैन थियो।
त्यसरी पेटमा प्लास्टिक लेपन गरिएका क्याप्सुल राखेर हिँड्दा बिस्तारै स्वास्थ्य कमजोर हुँदै जाने चिकित्सक बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: