Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

वामदेव फेरी ओली कित्तामा नरहेको सचिवालयको घोषणा

काठमाडौं । बजेट र लिम्पियाधुराको नक्सा प्रकरणबाट शान्त देखिएको सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)मा पुन अन्तरविरोध चर्कने संकेत देखिन थालेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र मनमौजी निर्णयका विरुद्द भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालसमेतले गठबन्धन गरी निर्णायक लडाईमा उत्रिएका बेला कित्ता परिवर्तन गरी उपाध्यक्षसमेत रहेका वामदेव गौतम ओलीको पक्षमा उभिएपछि अन्य नेताहरु अप्ठ्यारोमा परेका थिए।

नेकपाको ९ सदस्यिय सचिवालयमा प्रचण्ड, नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल लगायत ओलीको कार्यशैली सच्याउनुपर्ने वा ओलीले पद त्याग्नुपर्ने अडानमा थिए ।
संविधान संशोधन गरी गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले सचिवालय बैठकमा गरेपछि फुर्किएका गौतमले ओलीको विकल्प नभएको भन्दै बोलेका थिए भने पौडेल पनि ओलीकै कित्तामा उभिएका थिए ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र नहटाउने पक्षमा सांसदहरुलाई हस्ताक्षर समेत गराइएपनि कुनै पक्षमा समेत बहुमत आवश्यक संख्या पुगेको थिएन ।

यसैबिच बजेट तथा भारतले सिमा मिचेर सडक बनाएको विषय आउपछि साम्यजस्तो देखिएको नेकपा विवाद एमसिसिमा समेत स्पष्ट विभाजन देखिन्छ ।

यस्तो अवस्थामा गौतमका प्रेस सल्लाहाकार समेत रहेका विश्वमणी सुवेदीले एक आज एक फेसबुक पोष्ट सार्वजनिक गर्दै गौतम ओली कित्तामा नरहेको बताएका छन् । उनले भनेका छन्, –‘ क. केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । क। वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । क. वामदेवलाई पनि त्यहीँ भेटिदैछ ।’

सुवेदीको फेसबुकपोष्ट सँगै नेकपामा अन्तरविरोध फेरी बढ्ने त होइन भन्ने प्रश्नचिन्हमात्रै खडा गरेको छैन प्रचण्ड, नेपालको कित्ता झन शक्तिशाली बनेको संकेत समेत गरेको छ ।

यसअघि ओलीको पक्षमा उभिएका भनिएका राम बहादुर थापा बादल समेत एमसिसिको पक्षमा नरहनुले अन्त्रविरोध फेरी चर्कने संकेत गरेको छ ।

हेर्नुहोस् सुवेदीको फेसबुक स्ट्याटस-

https://www.facebook.com/bishwamani.subedi/posts/10158355874217744
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending