Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

चीनमा फेरि देखिन थाल्यो कोरोना

काठमाडौं । चीनले राजधानी बेइजिङ नजिकै रहेको हिबेई प्रान्तमा फेरि लकडाउन कडा लागू गरेको छ । त्यहाँ कोरोना संक्रमित भेटिएपछि पुनः कडा लकडाउन लागू गरिएको हो ।

लकडाउनबाट करिब चार लाख मानिसहरू प्रभावित हुनेछन् । कोरोना भाइरस गत वर्षको अन्त्यमा चीनबाट सुरु भएको थियो । तर, चीनले नियन्त्रणमा लिए सफल भएको थियो ।

तर पछिल्लो पटक संक्रमित भेटिन थालेपछि चीनमा कोरोनाको अर्को चरण शुरू हुन लागेको हो कि भनेर स्वास्थ्य अधिकारीहरूले सरकारलाई सचेत गराएका छन् ।

हिबेईमा के भइरहेको छ ?
अधिकारीहरूका अनुसार सबै कुरा यहाँ नियन्त्रणमा राखिनेछ । अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान अनुमति दिइनेछ । बाहिर रहेको व्यक्तिलाई कुनै भवन, कुनै समुदाय र कुनै गाउँमा प्रवेश गर्न अनुमति हुनेछैन ।

यदि नियम उल्लङ्घन गरेमा प्रहरीले उनीहरूलाई सजाय दिनेछ । बेइजिङमा दुई हप्ताअघि नयाँ कोरोना संक्रमित फेला परेपछि एन्शिन काउन्टीमा १८ संक्रमित भेटिएका थिए । यो क्षेत्रमा चीनको अन्य शहरहरूको तुलनामा धेरै भीड छैन । त्यसकारण स्थानीय स्वास्थ्य विज्ञहरू आशा गर्छन् कि संक्रमण रोकिन सक्छ ।

बेइजिङको अवस्था कस्तो छ ?
चीनमा कोरोनाको अवस्था धेरै देशहरूको तुलनामा कम छ । तर अधिकारीहरु राजधानी बेइजिङमा भर्खरै संक्रमण घटनाहरूको बारेमा चिन्तित छन् ।

गत २४ घण्टामा, बेइजिङमा नयाँ १८ संक्रमित थपिएका छन् । जुनमध्यबाट एक खाद्य बजारमा शुरू भएको संक्रमण संख्या ३११ पुगेको छ ।

यद्यपि अमेरिका र अन्य धेरै देशहरूको तुलनामा यो संख्या थोरै भए पनि बेइजिङको अवस्थामा चिनियाँ अधिकारीहरूले संक्रमण रोक्न चाँडो कदम चालेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: