Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बदल्न आएको एमाओवादी आफै बदलिएपछिको आत्मस्वीकृति

\"Ujjwal_Prasain\"पश्चगामीहरुलाई परिवर्तनको कुन एउटा एजेण्डामा लतार्ने कस्तो ह्याऊ बँचाएर गरिएको थियो त्यो सहमती ?
एनेकपा माओवादीले आफू अरु संसदवादी पार्टीभन्दा अलग रहेनौं भन्ने इमान्दार आत्मस्वीकृति पेश गरेको छ । आखिर उसले लाञ्छित गर्ने गरेका संसदवादी पार्टीहरु जस्तै रुपरंग र गुदीको हुनका लागि उसले ठूलो यत्न गर्यो  । अर्थात्, सो पार्टीका नेताले त्यस गन्तव्यमा पुग्न गरेको योगदान चानचुने छैन । वर्षौंसम्म परिवर्तन गर्न चाहँदा अरुले घेराबन्दी गरे भन्ने रोइलो मात्रै गरिरहे । ठोस परिवर्तन गरेनन् । बरु, आँफै परिवर्तित भए पुँजीवादी बजारमा पाइने सबै सुखसुविधा उपभोग गर्नका लागि जे जे गर्नु पर्ने थियो, माओवादी नेताले त्यो सबै गरे । वर्षौंसम्म परिवर्तन गर्न चाहँदा अरुले घेराबन्दी गरे भन्ने रोइलो मात्रै गरिरहे । ठोस परिवर्तन गरेनन् । बरु, आँफै परिवर्तित भए । सबभन्दा बढी आफ्नो राजनीतिक शक्ति र सत्तालाई आफू मात्रको सर्वोपरी हितका लागि प्रयोग गर्ने दौडमा एकआपसमा प्रतिष्पर्धा गरे । कमिसनको मेहेरोमा पूर्णतया समाहित भए । माथि केन्द्रदेखि तल जिल्लासम्म सम्पूर्ण नेता पंक्तिको ध्यान भागबण्डा र ठेकापट्टामा हुनुको कारण अरु के हुन सक्छ ? आफ्नै पार्टी कार्यालय बिक्रि गरेर दाम बाँड्ने सम्मको हर्कतलाई केन्द्रकै स्खलनको छायाँका रुपमा बुझ्नु पर्छ । केन्द्रमा हुने यस्तो स्पर्धामा निःसन्देह एनेकपा माओवादीमा हाल दोस्रो पंक्तिमा रहेका झरझराउँदा नेता अब्बल थिए । शीर्षस्थले आफ्ना उत्तराधिकारीको बिल्कुल संसदवादी ‘करियरिष्ट’ दौडमा साथ दिए, हौसला बने । यसलाई सानो योगदान मान्नु हुँदैन । यति ‘ठूलो दुःखले अज्र्या’को ढुकुटीमा सुतेर उत्पिडितका मुक्तिको सपना देख्न सम्भव थिएन ।
वर्षौंसम्म परिवर्तन गर्न चाहँदा अरुले घेराबन्दी गरे भन्ने रोइलो मात्रै गरिरहे । ठोस परिवर्तन गरेनन् । बरु, आँफै परिवर्तित भए
सम्भव त केवल १६ बुँदे अवतरण मात्र थियो । सोझै भन्दा, अब अरु ठूलो योगदान गर्नु पर्दैन भन्ने निष्कर्षमा पुग्दै, उनीहरुले ‘कन्फेसन’को बाटो अपनाएका हुन् । माओवादीको तिव्र अग्रसरतामा भएको मानिने १६ बुँदे उनीहरुको त्यही इमान्दार आत्मस्वीकृति हो । अर्थात, हामी केवल किनबेच र मुनाफामा विश्वास गर्ने संसदवादी हौं भन्ने सपाट अभिव्यक्ति हो । तर, एनेकपा माओवादी सम्बद्ध तर्कबाजहरु शीर्षस्थले हाकाहाकी गरेको आत्मस्वीकृतिलाई छोप्न खोज्छन् । त्यसका लागि उनीहरुले केही स्थायी तर्कहरुको जोहो गरेका छन् । उनीहरुको पहिलो तर्क यस्तो छ: कांग्रेस र एमालेको पश्चगामी गठबन्धनलाई तोड्नका लागि हामीले सोह्र बुँदे रचेका हौं । त्यो गठबन्धन बलियो हुँदा, हामी सधैं पाखा पर्ने भयौं । जे जति बिकास हुन्छ, त्यो उनीहरुकै नाउँमा दर्ज हुने भयो । साथै, उनीहरुको हातमा सबै डाडु पन्यु सुम्पँदा, हाम्रा कुनै पनि एजेण्डाहरु सम्बोधन गर्न नसकिने भयो । यस्तो तर्क गर्नेले थाहा पाउँदैन, शीर्षस्थले गरेको आत्मस्वीकृतिलाई यो तर्कले छोप्न सक्दैन, बरु अझ उदांगो पारिदिन्छ । कांग्रेस एमाले गठबन्धन पश्चगामी नै हो । तर, माओवादी त्यस्तो कुनै अमृत थिएन, जो त्यो पश्चगामी भलमा मिसिँदा, सिंगो मूलधार अमृत बनोस् ।आफ्नो खिइएको साख जनतामाझ कति पनि नउकासी र कमाएको बद्नामीमा ल्यार्केल लगायत काण्डहरुका बद्नामी थपेर गरिने नयाँ गठबन्धनमा कुनै अग्रगमन सम्भव हुँदैन । पश्चगामीहरुलाई परिवर्तनको कुन एउटा एजेण्डामा लतार्ने कस्तो ह्याऊ बँचाएर गरिएको थियो त्यो सहमती ? बरु पहिल्यै बनेको दक्षिणपन्थी गठबन्धनलाई बलियो बनाउने र त्यसैमा ‘कोअप्ट’ हुन मात्रै त्यो सहमतीको डिजाइन गरिएको हो ।
मस्यौदा पढ्ने जोकोही गम्भिर पाठकले यसको मुख्य उद्देश्य नै थपना र भुत्ते संघीयता लाद्नु, पहिचानको मुद्दा सिध्याउनु, महिला, दलित, जनजाति, र मधेसीको अधिकार कटौती गर्नु हो भन्ने सहजै खुट्याउन सक्छ
मस्यौदा पढ्ने जोकोही गम्भिर पाठकले यसको मुख्य उद्देश्य नै थपना र भुत्ते संघीयता लाद्नु, पहिचानको मुद्दा सिध्याउनु, महिला, दलित, जनजाति, र मधेसीको अधिकार कटौती गर्नु हो भन्ने सहजै खुट्याउन सक्छमाओवादी ‘कोअप्टेसन’ श्रिंखलामा यो कदम पछिल्लो र दुरगामी प्रभाव पार्ने कडी हो । अहिले पास गरिएको भनिएको संविधानको मस्यौदा यसको दसी हो । यो मस्यौदा पढ्ने जोकोही गम्भिर पाठकले यसको मुख्य उद्देश्य नै थपना र भुत्ते संघीयता लाद्नु, पहिचानको मुद्दा सिध्याउनु, महिला, दलित, जनजाति, र मधेसीको अधिकार कटौती गर्नु हो भन्ने सहजै खुट्याउन सक्छ । अझ कानुनकर्मी तथा लेखक दिपेन्द्र झाले प्रत्येक धारामा रहेका कमजोरी औंल्याएर गरेको विश्लेषण पढ्दा, माओवादीको फेरिएको अनुहारको स्पष्ट रेखाचित्र नै अघिल्तिर आउँछ । अहिले सम्म उत्पिडित, महिला, दलित, र जनजाति नै राजनीतिको आधारभूमी मान्दै आएको एनेकपा माओवादीले, तत् तत् समुहकै अधिकार ठुन्क्याउनमा सबभन्दा ठूलो अग्रसरता देखाएको छ । पार्टीका शीर्षस्थ यत्रो गरिरहँदा समेत माओवादीभित्र चल्तापुर्जा भनिएका नेतामा एउटा प्रदिप गिरी जतिको वागी स्वर पनि सुन्नमा नआउनु, सिंगो माओवादी ‘केपी’पथकै एमाले हुनु हो । माओवादीको यही कदमले उसको एमालेकरणको चक्रलाई पूर्णता दिएको छ । त्यसैले तर्कबाजहरुले पश्चगामी गठबन्धनलाई कमजोर बनाएको भन्ने लफ्फाजी अब नदोहोर्याए राम्रो । बरु सोझै त्यसलाई थप बलियो बनाउन र दुरगामी रुपमा प्रभावकारी बनाउन योगदान गरेको हो भन्नु इमान्दारी हुन्छ । ढोंगी प्रगतिशील हुनुभन्दा इमान्दार दक्षिणपन्थी हुनुमा स्वाद छ । माओवादी तर्कबाजहरुको अर्को तर्क छः हाम्रा सहयात्री मधेसी दल कुनै भरोसायोग्य दल थिएनन् । त्यसैले उनीहरुलाई सधैं साथ लिएर संघर्ष गर्न सकिंदैन थियो । सहयात्री दललाई सबभन्दा पहिले लत्याउनमा माओवादी नेता विजय गच्छदार भन्दा बढ्ता जोसिला देखिए । अनि लत्याएको किन ? हिजो जेका लागि मोर्चाबन्दी गरिएको थियो, त्यसैलाइै छोड्न ।यो आँफैमा हाँसउठ्दो तर्क किन हो भने, आफू कति भरोसायोग्य भइयो भन्ने त सोह्र बुँदे र त्यसपछि आएको मस्यौदाले नै देखायो । सहयात्री दललाई सबभन्दा पहिले लत्याउनमा माओवादी नेता विजय गच्छदार भन्दा बढ्ता जोसिला देखिए । अनि लत्याएको किन ? हिजो जेका लागि मोर्चाबन्दी गरिएको थियो, त्यसैलाइै छोड्न । आफ्ना एजेण्डाकै खरानीमा उभिएर गरिएको सहमतीले माओवादीलाई अब कति भरोसायोग्य बनायो ? काठमाडौंको स्थायी सत्ताले उसलाई अब भरोसायोग्य शक्ति मान्नेछ र कुनै दिन अहिले लाजमर्दो हार बेहेरोको काठमाडौं शहरमै विजयी तुल्याउनेछ भन्ने लागेको छ भने, त्यस्तो भ्रममा नरहनु उचित हुनेछ । तर, सत्य के हो भने अबको लेनदेन र भागबण्डाको राजनीतिमा माओवादी पनि सि पी मैनाली मार्काको झल्ला पार्टी बनिरहनेछ । दुई चार नेताले संसदको जागिर पनि पकाई नै रहनेछन् । तर राजनीतिमा प्रगतिशीलता र आदर्शको कतै गुन्जायस छ भने, त्यहाँ उसको छायाँसम्म पनि भेट्न अब गाह्रो हुनेछ ।
सहयात्री दललाई सबभन्दा पहिले लत्याउनमा माओवादी नेता विजय गच्छदार भन्दा बढ्ता जोसिला देखिए । अनि लत्याएको किन ? हिजो जेका लागि मोर्चाबन्दी गरिएको थियो, त्यसैलाइै छोड्न ।
तर्कबाजहरुको तेस्रो तर्क छः हामीले आफ्नो आधारभूमी मानेका मधेसी र जनजाति समुहले नै हामीलाई भोट दिएनन् । हामीलाई हराएर कांग्रेस, एमालेलाई बोके । त्यसैले अब उनीहरुलाई चित्त बुझाउन खोजेर सधैं सडकमै बास बसिरहनु सम्भव छैन । यो राजनीतिक सुझबुझको कमी त हुँदै हो, यो आँफैमा बेसोमती तर्क पनि हो । सबभन्दा पहिले के बुझ्न जरुरी छ भने, चुनावदेखि चुनावसम्मका लागि मात्रै राजनीति गरेको हो भने, त्यसका लागि कांग्रेस र एमाले नै छँदै थिए । संघर्ष र परिवर्तन चुनावबाट मात्रै सम्भव हुन्छ भन्ने बुझाई हो भने, पहिल्यै त्यत्रो महाभारत गरेकै किन ? एजेण्डाकै कारण चुनाव हारेको भन्ने विश्लेषण गरिएको हो भने, त्यो विश्लेषण लिपिबद्ध गरेर त्यसै अनुरुप कार्यक्रम बनाउँदै ल्याउनु पर्ने होइन र ? एजेण्डा हारेको होइन भन्ने दलिल आँफैले बारम्बार छाँट्दै हिंडेको हो भने, एजेण्डा स्थापित गर्नलाई राजनीति गर्नु पर्ने होइन र ? त्यसैका लागि संगठन निर्माण गर्ने, उत्पिडित जनताको मन जित्नलाई उनीहरुको हित हुने कार्यक्रम लिएर जाने, आफ्ना कुरा बुझाउन सदैव जनताकै नजिक रहिरहने रणनीति बनाएर काम गर्नु पर्ने होइन र ? केन्द्रमा आफू प्रतिपक्ष शक्ति भएको कतै भान दिने सदिच्छा देखाउँदैन एमाओवादी । मधेसमा मुस्लिम युवामाथि फेसबुकमा एक वाक्य लेखेका भरमा प्रहरीले यातना दिँदा, एमाओवादी कतै देखिंदैन । डोल्पालीहरुको यार्सागुम्बा खोसेर उनीहरुमाथि नै गोली दाग्दा, एमाओवादी कतै गोचर हुँदैन । खाना पकाउने मटितेल र ग्यास नपाएर शहरका गरिब जनतामाझ हाहाकार मच्चिँदा एमाओवादी कतै बतासमा कवाज खेलिरहेको हुन्छ । उसको सुष्क आवाज समेत कतै सुनिंदैन । सिम्रौनगढमा विकास माग्ने जनतामाथि प्रहरीले गोली हान्दा, सबभन्दा सानो स्वरमा बोल्ने माओवादी नै हुन्छ । सदनमा उसको प्रतिपक्षी अनुहार कतै देखिंदैन । यता जिल्लामा भागबण्डामा जहाँसुकै हात तेस्र्याएर निहुँ खोजीरहेका नेता भेटिन्छन् । गरिब र पिछडिएका मानिसको मुद्दा मामिला पर्दा, थाना चौकीमा पुगेर बोलिदिनेमा माओवादी कतै प्रकट हुँदैन । विकासका नाममा आउने जिविस र गाविसको दाममा आँखा गाडिरहेका माओवादी मात्रै जताततै देखिन्छन् । यस्तो राजनीति गरेर बद्नामीको चांग बढाउने, आँफैलाई कुरुप बनाउने अनि मधेसी, जनजाति, र गरिबले भोट दिएनन् भनेर उल्टै जनता सराप्ने ? यो हदको अराजनीतिक लफ्फाजी गर्न सुहाउने कसरी बन्यो माओवादी ? राजनीतिशास्त्रका अध्येताहरुका लागि भने यो आँफैमा खोजीको विषय हुन सक्छ । दुःख एमाओवादी बिग्रियो भन्नेमा होइन । नयाँ संविधानमा परिवर्तनका मुद्दालाई स्थापित गर्ने र त्यही अनुरुप राजनीतिक अभ्यास गर्दै गएर सिमान्तका मानिसलाई अधिकारसम्पन्न बनाउने जुन उद्देश्यका साथ सशत्र युद्ध, जन आन्दोलन, र मधेस आन्दोलन भए, ति सबै अर्थहीन हुन्छन् भन्नेमा दुःख हो । केही सपनाको अवसान र केही अपुरै रहने भए भन्नेमा बढी दुःख हो । परिवर्तनका सम्भावनालाई समेत माओवादीले आफूसँगै धुलिसात बनाउन खोजेकोमा सबभन्दा बढी दुःख हो । अझै समय बाँकी छ भने र माओवादीभित्र अझै वागी मानिसहरु बाँकी छन् भने उचित कदम चाले हुन्छ ।   (रेकर्ड नेपालबाट साभार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy