श्रावण १ गते, २०७२ शुक्रवार 17th July, 2015 Fri१३:५७:४४ मा प्रकाशित
जननजरमा धूर्तता हाम्रो राजनीतिको कन्द्रीय सिद्धान्त हो । वकवास यसको उत्पादन, अनि भ्रम हाम्रो विश्वास । यसकारण हामी यसरी थिचिन्छौ की ,उठ्ने कुरा कल्पना गर्न न हैसियत हुन्छ न जाँगर चल्छ । हामी भ्रमका चुम्बकीय मोहनीको दास बन्छौं र भन्छौं हामी नै कठोर विश्वको सवैभन्दा ठूलो सत्य द्रष्टा हौं । हामी हल्ला गर्छौं तर, पहल लिँदैनौं । बोल्छौ तर माखो मार्दैनौ । सिद्धान्त दिन्छौ तर व्यवहार अलग गरीदिन्छौ ।
त्यसो त सर्वनिर्धारक राजनीति नै हो । राजनीतिको मेसो बिग्रीएपछि केही पनि सपार्न सकिँदैन । नेपालको राजनीतिमा हाम्रो कथित विवेकले उजेल्याएका केही युवा विम्बहरु छन् । तिनीहरु हाम्रो कंगाली जीवनमा सम्पन्नताको धमनी बन्छन की भन्ने हाम्रो विश्वास छ । तर, गाउँ तिर चलन चल्तीको उखान ‘जो पोई होला जस्तो उहि जेठाजु’ भने झै तिनीहरु पनि हाम्रो विश्वासको मापनमा कमजोर नै छन् । हामी राजनितीको ध्वाँसो भित्र तिनलाई ओल्टाइ पल्टाई गर्छांै । तिनका आवरणका चम्चमाहटले हामीलाई सम्मोहन दिन्छ । जब, नजिकबाट तिनका वास्तविकताहरु निहार्न थल्दछौ तिनको चरीत्र चित्र झनै भयानक देखिन्छ । तिनीहरुले कठोर छलावरणमा हाम्रा रहरहरुको दोहन गरीरहेका छन् । तिनिहरु हाम्रा दुखमा खुच्चीङ गर्छन र यसको भागीदार त्यसमाथीको नेतृत्व रहेको आरोपसहित आफ्नो उच्चाई थप्छन । यो भन्दा बेइमानी के हुन सक्छ ? तिनीहरु सत्य जन्दछन तर देशको मेसो सोझिएला र आफ्नो भाग अरुले हडप्ला भन्ने आतंकले सत्यमाथि बेइमानी गर्छन् । जनताका घाउमा मल्हमको साटो दया घस्छन् । तिनीहरु त्यहि राजनैतिक संगठन भित्र छन जस्का विरुद्ध वोलेर तिनीहरु फेसबुकमा छाएका वा लाइकको चिन्ह पाएका छन् । आफू उक्लीन देश ओराल्ने गज्जबका युवा नेताको बगालले देश आफैमा दिक्दार छ । राजनीतीमा पुस्टाउँदै गरेको यो वर्ग सिता हरणमा सहभागि मृगको जमात जस्तो देखिन्छ । मौका परस्त र भयानक ।
हामी हल्लीन चाहदैनौं तर गरिब हुनु सवैभन्दा धेरै हल्लीनु पनि हो मतलब, अडान नहुनु । निर्धोहुनु र हेपीनु पनि हो । हामी हेपाइका विरुद्ध छौं । हामी हेप्नेहरु विरुद्ध कट्टी गर्न चाहन्छौ तर यो चाहले जटिलता उत्पन्न गर्छ भन्ने हामीले समय वितेपछि बुझ्छौ । मतलब, हाम्रोमा सत्यसमय गुज्रेपछि उदघाटित हुन्छ । समयले किनारामा धकेले पछि बगरमा उत्तानिएर सत्य जान्नु हाम्रो नियति हो । त्यसो त पहिचान पेलीएपछि जनजातिले विगत सम्झे । विगत त सम्झे तर वर्तमानको आहालबाट विद्रोह गर्नुको सट्टा अपमानको चेष्टा उग्रयाउँदै उही हिलोमा खुट्टा पसारे । भुकम्पले हल्लाएपछि अनिवार्य बनेको पुर्ननिर्माण प्रधिकरणमा एक वरिष्ठ राजनीतिज्ञको नाममा फेसबुकका पन्नामा सजाइयो र अपेक्षा गरियो यो त्राषदीको एक कुसल उद्धार कर्ता उनी नै हुन् । फेसबुके यो भाव बुढा ‘बा’को अपहरणमा परेपछि फेसबुकमा छापिएका हज्जारौ लाइकहरु एकै सेकेण्डमा डिसलाइक बने र बुढा ‘बा’ कै स्विकारोक्तिमा फेरी फेसबुकमा धुपधूँवर सजाइयो । यसले आशाका ठाउँमा निराशा उभिए , उत्साह बगायो र हतोत्साह टुसायो । हामीले यसलाई निरन्तरतामा सिरोधार्य गर्यौं । हामी बलियो खप्परका भएको हुनाले सायद यो नै हाम्रो अन्तिम विकल्प थियो ।
संविधानमा हाम्रा कयौं सपनाहरु थिए । पुर्खाको रगतको भारलाई सम्मानले तिर्नु थियो । दूरदराजका गाउँबस्ति , जाती र जनजातिसम्म अपनत्वको भाव वितरण गर्नु थियो । तर, हामीले तिनलाई थन्काइदियौं । अबको संविधानमा तिनीहरु हुने छैनन् । न आरक्षित क्षेत्र हुनेछ न संरक्षित क्षेत्र । यो क्षेत्र वा जातिका आशाहरु टुसाएका थिए । तर, तिनीहरुको टुसाइमा हामीले भाँडभैलो देख्यांै र तिनलाई दफन्याउन उचित ठान्यौ । यी दफनिएका रहरहरु अव यो धरातलमा देखिने त छन तर लेखिने छैनन । नलेखिएपछि दुख्नु अनिवार्य हुनेछ र दुख्नेछन, तिनीहरुको दुखाईमा अपनत्व गुम्नेछ , सम्बन्धहरु अपनत्वका भन्दा बेसी बाध्यताका हुनेछन । जसले हामीलाई गतिशील बनाउने छैन । हाम्रो पश्चाताप मान्ने प्रचलन अनुसार हामी थकथकाउँला वा थकथकाउनेहरुलाई कथित मुलप्रवाहले भ्रमित भएको देख्ला तर सबैलाई बलियो बनाउने सिद्धान्त र ब्यवहार नमान्ने वेलासम्म हामी उकासिन संभव छैन । हाम्रा युवा नेतालाई यो कुराको जानकारी थिएन भन्नु मुर्खता हनेछ । कहि न कहि यी किताब र ब्यवहारको ठेली पल्टाएरै आएका हुन् । तर यीनले यो सत्य माथि मुख चलाउने साहस गरेनन् । उनीहरुको साहसमा एक विद्रोह संभव थियो । उनीहरुको पैठेजोरीमा विजय संभव थियो । पुरानै बाटो र बिधिले नयाँ ठाउँमा पुग्न नसक्ने कुरा सामान्य नियमको कुरा हो । तर, फेरी उही बाटो प्रति भत्तिभाव देखाउँदै हाम्रा युवा नेताले हाम्रा नविन रहर प्रति गद्यारी गरे , अनि जनकसिमा दण्डीत हुने डरले एकाएक समय वितेपछि छेपारोले रंग फेरे झै हामीलाई ढाँटे र भने जो संभव भएन उही उचित थियो ।
त्यसो त हामी सम्पन्न बन्नेछौ भन्ने प्रक्षेपणका केही खुट्कीला र केही बलिया काँध हामीले नदेखेको होइन तर तिनले नै हामीलाई सबैभन्दा बेसी धोका दिए । जस्ता काण्डमा साहदत प्राप्त गरेकामन्त्रीले यसपाली हामीलाई न सपना दिए न सन्तोष । उनले उनकै कुरा गरे । आगामी पाँच वर्षमा हामी दुनिँयाको सबैभन्दा कँगाल मुलुकका नागरिकको सौभाग्य पाउने सत्यको बलियो कबोल गरे । उनी मुलुकलाई आगोमा हालेर आफू सित लिन सिपालु मनुवा । उनलाई थाह थियो मुलुकको कँगालीपन अरुका ओछ्यानमा यो देशका नेतालाई सहज पुर्याउन सकिने माध्यम हो । यसकारण यी परिचालित मानवले युवालाई वलियो वनाउने आवश्यकता देखेनन् बरु नुवाकोटमा जस्ता अपच हुनेगरी खाएपछि उनीसंग क्रुद्ध वनेको केही पीतृहरुको आर्शिवाद कसरी पाउने भन्ने ध्याउन्नमा लागे । तिनलाई थाह छ अर्को निर्वाचन जित्नु पर्नेछ त्यसका लागि अनिवार्य सर्त हो मतदाता खुसी पार्नु । गाउँमा युवा छैनन, तिनीहरु खाडि र मलेसियामा छन् अर्को निर्वाचन सम्ममा गाँउमा बाँकी भएका युवा पनि खाडी तिरनै भासीने छन् र मतदाता नामावलीमा केही प्रौढहरु थपीने छन् । तिनैलाई खुसीपार्नु र अर्को निर्वाचन जित्नु जस्ता मन्त्रीको उद्देश्य हो । वृद्धलाई दिएको सन्मान प्रति श्रद्धा भएपनि तिनले यत्रो संख्याका युवालाई चुँ पनि संवोधन गरेनन । नागरीकलाई यो थाह नभएको होइन तर तिनका भाषणमा टेबुल ठोक्ने हैसियत बनाइएकाहरुको फिर्ती जनताको पहुँचमा नहुनु हाम्रो देशका युवाको दुर्भाग्य हो । हामीलाई संविधानमा यो चाहिएको थियो ।
मिडियाले बलबुतापुर्वक स्थापित गरेका केही थान युवाहरुले संविधानसभाबाट एक थान मस्यौदा पारीत भए पछि अदभुत आषा लाग्दो कुरा गरे । यी विष्मयकारी प्रयोजनमा हुर्काइएका र स्थापित गरीएका युवाहरुको मस्तिष्कमा समय ढल्केपछि प्राप्त भएको ब्रम्ह ज्ञानले जनमनमा हलचल नल्याएको होइन । तर तिनले यसो भन्न जुराएको साइतले भने सबैलाई आशंकित बनायो । मुलुकको बलियोपनका लागि जनतावाट प्रत्यक्ष निर्वाचित कार्यकारी रहने कुरा दुनीयाँले पुष्टी गरेको यथार्थता थियो । यो नै संविधानसभा दुइको म्यन्डेड पनि हो । यहि तर्कले उनी हाम्रा र राम्रा भन्ने एक गतिलो भ्रम जन्मियो । यहि भ्रमले अहिले सम्म हाम्रा युवा नेताले संसदीय राजनीतिको फोहोरलाई अमृत भनेर जनतालाई वाँडेको बिर्साइदियो । तिनले जे भनेको भएपनि तिनीहरु यसको पक्षमा थिएनन् । उनीहरुलाई थाह थियो देशभरी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बलियो जनमत छ । त्यो जनमतले तिनीहरु गाँउमा फर्किदा प्रश्न सोध्ने छ । प्रश्नवाट छलिन उनीहरुले पहिल्यै आफुलाई मुलुक प्रति गरीएको यो गंभिर पापवाट पखाल्ने प्रयत्न गरे । तर हामीले तिनलाई आफन्त देख्यौ हाम्रो मनोभावको हितैसि देख्यौ जुन हाम्रो नियतीमा भए झै एक गंभिर भ्रम मात्रै थियो । हाम्र युवा नेतालाई थाह छ जनता जती नै वलियो भनिएको भए पनि अहिलेको मस्यौदामा उल्लेखित विषयहरु कुनै हालतमा पनि फेरीने छैनन । यहाँ डुक्रिनु , भुक्नु , कराउनु वा हिनहिनाउनु जनतालाई मुर्ख बनाउने काइदा मात्रै हो र यो नै हाम्रो आँगनमा हुर्किएको र सजाइएको सबैभन्दा ठूलो दूर्भाग्य हो ।
हाम्राहरु राम्रा छन ,अझ जवानहरु । तर यीनिहरुले जानि बुझिकन मेसो बिगारेको देख्दा लाग्छ केही समय पछाडी यीनिहरुमा मेसो बिगार्ने बानी पर्नेछ । त्यतिबेला यीनका प्रायोजकले जे आदेश गर्नेछन त्यहि आदेशको तामेली बाहेक अरु संभव हुने छैन । यीनीहरु विद्युतिय संकेतको पर्खाइमा मात्र रम्नेछन् , यो नै नेपालको राजनितीको सबैभन्दा ठूलो दूर्भग्य हो ,हामीले हाम्रा छाने पनि यसको असली अपनत्व अरुले नै महशुुस गर्नेछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: