Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

बेल्जियमको इपरमा गोर्खा स्मारक अनावरण

\"Gorkhaबेल्जियम । इपर सहरको मुख्य स्मारक मेनिनगेटमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट निर्माण गरिएको गोर्खा स्मारकको अनावरण गरिएको छ ।

बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल र इपर नगरपालिकाका कावा मेयर जेफ भरस्कोरले गोर्खा सैनिकको सम्झनामा निर्मित स्मारकको सामूहिक रुपमा अनावरण गर्नुभएको बेल्जियमस्थित नेपाली दूतावासले जनाएको छ । बेल्जियमस्थित नेपाली दूतावासको अनुरोधमा नेपाली कलाकार पञ्चरत्न डङ्गोलले तयार गरेको २.५ फिट अग्लो गोर्खा सैनिकको प्रतिमा १.७५ मिको ढुङ्गामा निर्मित स्तम्भमा स्थापना गरिएको छ ।

प्रथम विश्वयुद्धमा इपरको युद्धमैदानमा मृत्युवरण गरेका गोर्खाली सैनिकको सम्झना र सम्मानमा कमनवेल्थ वार ग्रेभस् कमिसन (सिडब्लुजीसी) सँगको सहकार्यमा स्मारक स्थापना गरिएको हो । युरोपेली मुलुक बेल्जियम र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको पचास वर्ष पूरा भएको अवसरमा दूतावासले सम्पन्न गरेका विभिन्न कार्यक्रमअन्तर्गत सो स्मारकको स्थापना पनि एक हो ।

अनावरण समारोहमा नगरपालिकाका पदाधिकारी, बेल्जियमका लागि बेलायती राजदूत एलिसन रोस, सिडब्लुजिसीका पश्चिम युरोप निर्देशक रिचार्ड निक्होल, ऐप्रेस भेटेरान एसोसिएसनका अध्यक्ष रेने डिक्लेर्क, बेल्जियम एयर फोर्सका कमान्डर फिलिप बोरेमान्स् र वेस्ट फ्लान्डर्स प्रान्तका सैनिक कमान्डर क्रिस्टोफ ओनरेट, नेपाली दूतावास बेल्जियमका कर्मचारी एवं बेल्जियमस्थित नेपाली समुदायका पदाधिकारी तथा प्रतिनिधि, बेल्जियमका लागि नेपालका अवैतनिक वाणिज्यदूतलगायतको सहभागिता थियो । सो अवसरमा नेपाली राजदूत पोखरेलले स्मारक निर्माणका लागि स्थान उपलब्ध गराएकामा इपर नगरपालिकालाई तथा स्मारक निर्माणमा सहकार्य तथा संयोजन गर्न सहयोग गर्ने सिडब्लुजीसीलाई धन्यवाद दिँदै दुई देशबीच जनस्तरमा रहेको आपसी घनिष्ठता स्मारकको स्थापनाले थप सुदृढ हुने विश्वास व्यक्त गरे।

कावा मेयर भरस्कोरले नेपालमा गएको भूकम्पले पु¥याएको जनधनको क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको बताउदै नेपाल र नेपालीप्रति सद्भाव र सहानुभूति प्रकट गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies