Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

बलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्ने कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन् । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि पुगेका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताए ।

कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने गरी लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल शुरु गरिने पनि जानकारी दिए ।

उद्योगमन्त्री भट्टले कोरला नाका व्यापारिक प्रयोजनका लागि निकै महत्वपूर्ण नाका रहेकाले यसको सञ्चालनले नेपाल चीन व्यापार सम्बन्धमा थप सुधार आउने बताए । काठमाडौँबाट मन्त्रीद्वय दुवै हेलिकोप्टरमार्फत नाकामा पुगेका थिए । मन्त्रीसँगै परराष्ट्र र उद्योग सचिव पनि कोरला पुगेका थिए । नेपाल–चीन जोड्ने गरी निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको प्रगतिका विषयमा पनि मन्त्रीहरुले चासो व्यक्त गरे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार मन्त्रीद्वयले कोरला नाका निरीक्षण गर्नाका साथै चीन नेपाल द्विदेशीय व्यापारिक नाकालाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्नेबारे स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ पुगेका थिए । नाका सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउन मन्त्रीहरुसँग सांसद प्रेमप्रसाद तुलाचनले माग गरेका थिए । सांसद तुलाचनले सरकारले सिमानामा संरचना बनाउन ढिलाइ गरिरहेको पनि बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: