Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको विकासका लागि महत्वपूर्ण हुने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको अनलाईन छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली राजनीतिक कोर्स शान्ति, स्थायित्व र विकासतर्फ अघि बढेको बताउँदै त्यसका बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताएका हुन् ।

आफू पधानमन्त्री हुँदादेखि नै त्रिदेशीय रणनीतिक समझदारीका पक्षमा रहेको बताउँदै प्रचण्डले बिआरआईबाट नेपाल र चीन दुबैले लाभ लिन सक्ने बताए । “यो नेपाल र नेपालजस्ता देशका लागि महत्वपूर्ण अवसर हो ।” उनले भने ।

नेपाल र चीनबीच सांस्कृतिक तथा राजनीतिकरुपमा ऐतिहासिक सम्बन्ध रहेको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले बिआरआईले आर्थिक सम्बन्धमा नयाँ उचाई थप्ने समेत बताए । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणमा भएका सम्झौताको प्रसंग उल्लेख गर्दै प्रचण्डले नेपालले सन्तुलित विदेश नीति अवलम्बन गरेको र समन्यायिक विकासको बाटो समातेको बताए । चीनको बिआरआईले एक पक्षले अर्को पक्षलाई आर्थिक या राजनीतिकरुपमा प्रभुत्व लादने अवस्था सिर्जना नहुने उनको आशय थियो ।

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराई समेत सम्बोधन गरेका थिए ।

डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए ।

बिआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वाससमेत व्यक्त गरे ।

त्यस्तै बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य शृंखलामा पहुँच पुऱ्याउन सघाउ पुग्नेसमेत पूर्वप्रधानमन्त्री भट्टराईले बताए ।

बिआरआईका नौवटा आयोजनाअन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटीले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेकोसमेत उनले बताए ।

यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुने पनि उनले बताए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत छनोट गरेका नौवटा आयोजनालाई छिट्टै अन्तिम रूप दिएर कार्यान्वयनमा जानुपर्ने बताए ।

यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउनसमेत बिआरआई परियोजना महत्वपूर्ण हुने उनको भनाइ छ ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागमन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजीलगायतले सम्बोधन गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिीट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending