Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रचण्डले क्रान्तिलाई धोका दिए : लोकेन्द्र विष्ट मगर

\"lokendra-bista-magar\"झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री तथा बाबुराम भट्टराई नेतृत्वको सरकारमा पर्यटन मन्त्री बनेका लोकेन्द्र बिष्ट मगर बामपन्थी राजनीतिको प्रभावमा परी विद्यार्थी जीवनबाट राजनीतिमा हाम फाले । जनयुद्धमा सैन्य मोर्चाको कमिसार हुँदै पार्टीको स्थायी कमिटीसम्म पुगेर राजनीतिबाट टाढिने निर्णयका साथ एमाओवादीको हेडक्र्वाटरमा राजिनामा बुझाएका ती थोरै नेताहरु मध्ये पर्दछन् जसले जनयुद्ध पनि लडे र शान्तिकालमा मन्त्री पनि भए । उनी तिनै नेता हुन् जसले माओवादीको शान्ति प्रक्रियामा प्रवेशसँगै अन्तरिम संसदमा हतियार लिएर जाँदै गर्दा सुरक्षाकर्मीले रोक्दा त्यसमा आपत्ति जनाएका थिए र आफूहरुले हतियार लिएर जान पाउनु पर्ने अडान लिएका थिए । उनले त्यसबेला दिएको अभिव्यक्ति पनि निक्कै चर्चाको विषय बनेको थियो । उनले  चैत्र १७ गते पार्टीलाई आफ्नो राजिनामा पत्र बुझाए र पार्टीको व्यस्त राजनीतिक जीवनबाट टाढिदै काभ्रेको भकुण्डेबेसीमा धान तथा भटमासको खेतीमा व्यस्त किसान जीवन बिताई रहेका बिष्टले खबरडबलीका नरेश ज्ञवालीलाई दिएको अन्तरवार्ता । तपाईले पार्टीबाट किन राजिनामा दिनु भएको हो ? पार्टीबाट राजीनामा दिएको होइन । मैले पार्टीको पद र जिम्मेवारीबाट राजीनामा दिएको हुँ । बिग्रेको, भत्केको र जिर्ण पार्टीको ठूलो नेता हुनु भन्दा सप्रेको, सद्धे र सानो पार्टीको सानो नेता भएर बस्दा राम्रो हुन्छ भन्ठानें अनि राजिनामा दिएँ । बिग्रेको भन्ने बल्ल थाहा भयो हगी ? माओवादी पार्टी बिग्रेको धेरै अघिदेखि नै हो । यसले दक्षिणतर्फको यात्रा गर्दैछ भन्ने भान हामीलाई अथवा मलाई धेरै अघि नै थाहा भएको हो तर, अब फर्केला, अब फर्केला भनेर आशा र विश्वास गरियो तर सबै प्रकारले लाथालिङ्ग भयो । अब यसको दक्षिणतर्फको यात्रापनि अर्कै दिशातर्फ उन्मुख रहेको मलाई भान भइरहेको छ । तपाईंले पार्टीबाट होइन जिम्मेवारीबाट राजिनामा दिएको भनेर कस्तो कुटनीतिक शब्द प्रयोग गर्नु भएको हगी ? भोली फेरी राम्रो पद प्रतिष्ठा पाएमा जाने बाटो पनि खोली राखेको होला होइन त ? लोकेन्द्र बिष्ट भनेको जालझेल, तिकडम गर्ने, कुटिल चाल चल्ने राजनीतिक व्यक्ति थिएन र होइन । आज म जहाँ आई पुगेको छु त्यसमा मेरो पार्टीको भूमिका पनि होला र सँग–सँगै मेरो भूमिका पनि होला । अहिले मेरो जीवनलाई म सामान्य नागरिकको स्तरबाट जिउन खोज्दैछु । पहिला पनि म साधारण व्यक्ति नै थिएँ, अहिले पनि साधारण नै छु । तपाईंले भने जस्तो गरि कसैसँग पद प्रतिष्ठाका लागि पाउ पर्ने मान्छे होइन म । त्यसैले त्यस्तो कहिल्यै गर्ने छैन । त्यसो भए अहिले के गर्दै हुनुहुन्छ ? म अहिले सक्रिय राजनीतिबाट अलग्गिएर साधारण जीवन बिताउँदै छु । साधारण जीवन भनेको हलो, कुटो, कोदालो गरेर एक छाक खाना र एक जोर लुगाको जोहो गर्ने नै हो । अहिले म त्यसैमा आफूलाई अभ्यस्त बनाउँदै छु, अर्थात् खेतीपातीमा लागेको छु । काभ्रेको भकुण्डेबेसीमा २० रोपनी जग्गामा नयाँ प्रजातीको कालो धान रोप्दैछु । साढें चार रोपनीमा भटमास रोपेको छु । कालो धानको ब्याड तयार हुँदैछ । यो राजिनामा राजनीतिक विश्राम हो अथवा राजनीतिप्रतिको विकर्षणको परिणाम ? कुरा सजिलो छ । यो राजनीतिप्रतिको विकर्षणको परिणाम होइन कि यो राजनीतिबाट विश्रामको उद्देश्यसहित लिइएको निर्णयको कार्यान्वयन मात्र हो । दुई पटकसम्म मन्त्री भई सकेको मान्छे अब सर्वसाधारणको जीवन बिताउँछु भन्दै गर्दा मानिसहरुले हेप्दैनन् र ? एक जना चिन्तकले एउटा प्रशंगमा– राजनीतिबाट अलग्गियौ भने तिमीलाई निक्कै सानो भन्दा सानो मजदुर ‘लो म्यान’ ले पनि हेप्छ भनेका थिए । अहिले यो भनाई मेरो वर्गले ग्रहण गर्न हुन्छ कि हुँदैन मलाई थाहा छैन । कतिपय अराजनीतिक मान्छेहरुले हेप्ने पनि हुन्छ होला तर मलाई त्यस्तो केहीपनि छैन । मेरो बुबा किसान हुनुहुन्थ्यो । म पनि अहिले किसान नै भएको छु । ३४ वर्ष राजनीतिमा बिताएँ, कयौं पटक जेल परें, पार्टीको स्थाई कमिटी सदस्य भएँ, सभासद् भएँ, मन्त्री भएँ तर अहिलेको राजनीतिको छाँट र दिशा राम्रो लागेन, त्यसैले नागरिक र किसानको हैसियतमा बस्ने निर्णय गरेको हुँ । तर पनि म राजनीतिक व्यक्ति नै हुँ । पार्टीलाई दोष लगाउने कुरा छैन तर मैले जुन पार्टीमा राजनीतिक जीवनको उचाई हाँसिल गरें, त्यो पार्टी अब पुरानो पार्टी रहेन नयाँ पार्टीमा बस्न मन लागेन । पार्टी यहाँसम्म आएकोमा यसको मुख्य दोष नेतृत्वलाई नै जान्छ । अध्यक्षको हैसियतले यसको जिम्मेवारी प्रचण्डको हो र बाबुरामको पनि हो । अहिलेको पार्टीमा माथिल्लो कमिटीमा बसेर काम गर्ने वातावरण बनेन, त्यसैले राजिनामा दिएको हुँ । तपाई पार्टीमा प्रचण्डको निक्कै ठूलो प्रशंशक भएर कुरा गर्नु हुन्थ्यो अहिले प्रचण्ड दोषी हुन् भन्नु हुन्छ, भनेपछि प्रचण्डसँग तपाईंको मोहभंग भएको हो ? जनयुद्धका कमाण्डर श्रद्धेय अध्यक्ष कमरेडलाई म निक्कै आदर गर्छु । तर यो पार्टी बिग्रनुमा उहाँ नै मुख्य जिम्मेवार हुनुहुन्छ । मैले र म जस्ता धेरै साथीहरुले पार्टी बिग्रीएकोमा बनाउने प्रयास गर्यौं तर सकिएन । प्रचण्डले क्रान्तिमा धोका दिनुभयो । पार्टीमा हुने धोका, प्रपञ्चहरु देखेर पार्टीको ठूलो पोष्टको सेरोमोनियल भएर बस्न मन लागेनँ, अनि राजिनामा दिएँ । क्रान्तिलाई प्रचण्डले धोका दिए भन्दै गर्दा यसमा बाबुराम, प्रकाश र मेरो पनि भूमिकाको कुरा आउँछ । म त्यसलाई नकार्न सक्दिनँ तर यसको मूल जिम्मेवारी त प्रचण्डले नै लिनु पर्ने हुन्छ । हाम्रो टोलीले त्यसलाई सुधार्न, मिलाउन निक्कै प्रयास ग¥यो तर अहिले आएर मैले सकिनँ भन्ने महसुस गरेको छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies