Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

‘प्रधानमन्त्रीद्वारा पार्टी फुटको विधेयक ल्याउने तयारी’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको नेकपाका नेताहरूले आंशका व्यक्त गरेका छन्। पार्टीमा विवाद चर्किरहेको बेला प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागेको नेकपामा चर्चा चलेको हो।

नेकपा स्रोतका अनुसार शीर्ष नेताहरुबीच उक्त विषयमा चर्चा भइरहेको छ। प्रधानमन्त्री ओली सत्तामा टिकिराख्ने र शक्तिशाली बन्ने दौडमा पुनः अध्यादेश ल्याउने तयारीमा रहेको स्रोतको भनाई छ। गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीमा विवादले उग्ररुप लिएको थियो। त्यसयता नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद अझै समाधान हुन सकेको छैन।

नेकपाका महासचिव विष्णु पौडेलले आजै सामाजिक सञ्जालमा पार्टी एकता गम्भीर सङ्कटमा परेको बताएका छन्। उनले पार्टी एकताको रक्षाका लागि योगदान गर्न पनि आग्रह गरेका छन्। यति बेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको उनको ठहर छ। नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने पनि पौडेलको भनाइ छ।

पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट र पर्सा घटना लगायतका विषयमा पार्टी भित्र असन्तुष्टि बढेको छ। शनिबार दुई अध्यक्षबीच पार्टी भित्रको विवाद समाधानका लागि सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको थियो।

पार्टीका निर्णयहरु प्रधानमन्त्री ओलीले लागू नगरेपछि पार्टी एकता संकटको विन्दुमा पुग्न थालेको नेकपाका नेताहरु बताउँछन्। पार्टीका निर्णय मान्ने हो भने नेकपा सकारात्मक दिशातिर अघि बढ्ने शीर्ष नेताहरुको भनाइ छ। पार्टी निर्णय नमान्ने हो भने झन् जटि हुँदै जाने नेताहरुको ठहर छ। पार्टी फुटाएर भएपनि प्रधानमन्त्री बन्ने ओलीको चाहनाले गर्दा पार्टी संकटमा भासिएको स्वयम नेकपाका नेताहरु बताउँछन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: