Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नेपाल बार एसोसिएसनद्वारा सभामुखलाई संविधानबारे सुझाव

\"subash-nembang-400\"५ साउन, काठमाडौं । नेपाल बार एसोसिएसनले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा प्रदेशको सीमाङ्कन गरेर संविधान जारी गनुपर्ने लगायतका सुझाव सभामुख सुवास नेम्वाङलाई बुझाएको छ । एसोसिएसनले मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगी बुझाएको प्रस्तावित संविधानको मस्यौदामा सर्वोच्च अदालतमा बढीमा २१ जना न्यायाधीश रहने व्यवस्था गरी अस्थायी न्यायाधीश हटाउनुपर्ने सुझाव दिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित १५ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । त्यस्तै, १५ वर्ष वकालत गरेको वरिष्ठ अधिवक्ता वा अधिवक्ता सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य मानिने व्यवस्थाको सट्टा २० वर्ष राखिनुपर्ने र न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको अधिकृत सिधै सर्वोच्च अदालतको न्यायाधीश हुन पाउने व्यवस्था हटाउनुपर्ने सुझाव प्रस्तावित मस्यौदामा राखिएको छ । सुझावमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश र अन्य न्यायाधीश तथा सबै तहका न्यायाधीशको योग्यतामा उच्च नैतिक चरित्र भएको भन्ने व्यवस्था थप गनुपर्नेसमेत रहेको छ भने अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुरुपको अधिकार क्षेत्र दिई परिर्वतन गरिनुपर्ने वा सर्वोच्च अदालतमै अलग्गै पाँच सदस्यीय स्थायी संवैधानिक इजलास राख्नुपर्ने उल्लेख छ । एसोसिएनका महासचिव सुनिलकुमार पोखरेलले प्रदेशको सीमाङ्कन गरेर संविधान जारी गर्नुपर्ने र १० वर्षे संवैधानिक अदालतका सट्टामा पाँचजना सर्वोच्चमा स्थायी न्यायाधीश भएको विशेष इजलास व्यवस्था गर्न माग गरेको बताए । सभामुख नेम्वाङले प्रस्तावित मस्यौदामा छुटेका कुरा समेट्ने प्रयास गर्ने विश्वास दिलाए समेत महासचिव पोखरेलले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending