Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

इटहरी र लौकहीमा सुझाव सङ्कलनमा झडप

\"Janakpur५ साउन, इटहरी । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं २, ४ र ५ निर्वाचन क्षेत्रमा संविधानको मस्यौदाका लागि अन्तिम दिन मंगलबार सुझाव सङ्कलन गर्ने कार्यमा निर्वाचन क्षेत्र नं २ को इटहरी र निर्वाचन क्षेत्र नं ५ को लौकहीमा झडप, हस्तक्षेप र नाराबाजी चलिरहेको छ । निर्वाचन क्षेत्र नं ५ को लौकहीमा भएको सुझाव सङ्कलन कार्यमा केही मधेसवादी दलका नेता तथा कार्यकर्ताहरुले नाराबाजी र अवरोध सिर्जना गर्ने कार्य गरेको भएपनि त्यहाँ सुरक्षाकर्मीको सक्रियतामा उनीहरुलाई हटाएपछि सो स्थानमा सुझाव लिने कार्य सहज बनेको थियो । तर यता इटहरीको रिजाल पार्टी प्यालेसमा भएको निर्वाचन क्षेत्र नं २ को सुझाव सङ्कलन कार्यक्रमस्थलमा हिन्दू धर्मावलम्बीहरुले संविधानमा नै हिन्दू राष्ट्र लेखिनुपर्छ भनेर ज्ञापनपत्र बुझाउने कार्य भइरहेका बेला सोही हुलमा मिसिएर भवनभित्र प्रवेश गरेका केही क्रिश्चियनहरुले कुर्सी प्रहार गरेर स्थितिलाई उत्तेजित पार्ने कार्य भएपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो । कार्यक्रमस्थलमा रहनुभएका राप्रपा ९नेपाल०का तर्फबाट सभासद् रहनुभएका सभासद् रामकुमार सुब्बा पनि कार्यक्रमस्थलबाट बाहिर निक्लनुभएपछि बाहिर रहेका राप्रपा (नेपाल), सङ्घीय लिम्बूवान पार्टी तथा आदिवासी जनजाति महासङ्घका समर्थकहरुले समेत संविधानमा नै हिन्दू राष्ट्र लेखिनुपर्ने विषयमा नाराबाजी गरेपछि अवस्था निकै नै तनावग्रस्त बन्न पुगेको थियो । संविधानको मस्यौदाका विषयमा सुझाव दिनका लागि त्यहाँ पुगेका नेपाली कांग्रेस, नेकपा ९एमाले०, एनेकपा ९माओवादी० लगायत समर्थक राजनीतिक दलका नेता तथा कार्यकर्तासमेत सुझाव सङ्कलनस्थलसम्म सुरक्षाका कारण पुग्न सकेनन् । सुझाव सङ्कलन केन्द्रमा प्रवेश गरिसकेकाहरु बाहिर आउन नसक्ने र बाहिर भएकाहरु भित्रपस्न नसक्ने अवस्था सिर्जना भएपछि सुझाव सङ्कलन केन्द्र बाहिर ढुङ्गामुढा प्रहार गर्ने कार्य पटक पटक भएकाले सर्वसाधारणले सहज रुपमा सुझाव दिने स्थिति बन्न सकेन । त्यही अवसरमा सभासद् रामकुमार सुब्बाले कोठाभित्र सीमित मानिसहरु बसेर सुझाव सङ्कलन गरेर बनाइने संविधान आमनेपाली जनताको हित र भावना मुखरित हुननसक्ने दाबी गर्नुहुँदै यसरी सुझाव सङ्कलन गरेर आउने संविधान नेपालीको हितमा नहुने जिकिर गरेर भाषण गरेपछि कार्यक्रमस्थल बाहिरको भीड झनै उत्तेजित बन्न पुगेको थियो । तोडफोड र उत्तेजित भएर नाराबाजी गरिएपनि त्यहाँ उपस्थित सशस्त्र र जनपद प्रहरीले संयमता अपनाएर स्थितिलाई रक्तपातपूर्ण हुनबाट रोकेका थिए । सुझाव सङ्कलन कार्य हुन नदिनका लागि बाहिर ढुङ्गामुढा गरिरहेकाहरुका तर्फबाट रिजाल पार्टी प्यालेसको बाहिरी भागमा भने निकै नोक्सानी पुर्‍याएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending