Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

धर्म सापेक्षताले मुलुक ‘राष्ट्र’ बन्दैन

\"manikar_article\"अहिले सुझाव संकलनकै प्रक्रियामा काम भइरहँदा संविधानका अन्तरवस्तुमा भन्दा पनि जनताको व्यक्तिगत भावनासँग सम्बन्धित विषयवस्तुलाई विवादित तुल्याइएको छ । अनि त्यही भावनात्मक कुरोलाई प्रधान मानेर अनावश्यक रुपमा सुनियोजित ढंगले किचलो निकालिंदैछ । त्यस्तै एउटा विषय हो, धर्मनिरपेक्षता । अहिले एकथरी मानिसहरु जो हिन्दु धर्मलाई राजधर्मको रुपमा ग्रहण गर्छन् र नेपाललाई ‘हिन्दु अधिराज्य’ भनाउनमै गर्व गर्छन्, उनीहरु धर्मनिरपेक्षताको विरुद्ध आगो बाली आफ्नो रोटी सेक्ने कुत्सीत चाल चल्दैछन् । उनीहरु सुनियोजित रुपमै मुलुकलाई धार्मिक द्वन्द्वमा फसाउने कुचेष्टा गरिरहेका छन् । अनि उनीहरु संगठित रुपमै जनमतको नाउँमा जनतालाई धर्म निरपेक्षताको विरुद्ध उकासिरहेका छन् । सोझासाझा जनतालाई धर्मनिरपेक्ष भयो भने आफ्नो धर्म, परम्परा र संस्कृति अतिक्रमणमा पर्नेजस्तो वाहियात कुरा गरेर बेवकुफ बनाउँदैछन् । कहाँसम्म भने स्वामी भनिने केही धार्मिक अतिवादीहरु त जनतालाई धर्मयुद्धका लागि आह्वान पो गर्दैछन् । आखिर तिनले यो देशमा के गर्न खोजेका हुन् ? के यो देश तिनले भनेजस्तो सनातनी एकात्मक धार्मिक राज्य हो ? आखिर उनीहरु कुन बलका आधारमा यस्तो धार्मिक र सामाजिक सद्भावमै खलल पुग्ने खाले कुरा गरेर जनतालाई उत्तेजित पार्दैछन् ? अनि किन यसो गर्दैछन् ? हो, यो यथार्थ कुरा हो कि नेपालमा हिन्दु धर्म मान्ने मानिसहरुको संख्या धेरै छ । मूलतः हिजोको राज्य प्रणाली नै हिन्दुधर्म र संस्कृतिमा आधारित राज्य थियो । त्यसैलाई संस्कारित गरियो । अनि शासकहरुले यही धर्म र संस्कृतिलाई आफ्नो राजधर्म मानेका थिए । अनि त्यो देशका नागरिकहरुमा पनि त्यही धर्मको प्रभाव पर्नु कुनै ठूलो कुरो होइन । हिजोको एकात्मक राज्यसत्ताको धर्म र संस्कृतिले पूर्वतिरका किराँतहरु जो प्रकृति पूजक हुन्, जसले पितृ र धर्ती पूजनलाई नै आफ्नो धर्म मान्दछन्, उनीहरुको धार्मिक र सांस्कृतिक पहिचानलाई नै निषेध गरेको थियो । उनीहरुलाई जर्बजस्त रुपमा हिन्दुधर्म अनुसारको कर्मकाण्ड थोपरिएको इतिहास हामीसँगै छ । अहिले बन्ने नयाँ संविधानमा ती सबै धर्म, समुदाय र सांस्कृतिक पहिचान भएका अल्पसंख्यक समुदायहरुको संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने मान्यता हो । अनि ती सबै धर्म, परम्परा, संस्कार र संस्कृतिहरुलाई संरक्षकत्व प्रदान गर्नुपर्ने कुरा चलिरहँदा कसरी एउटा धर्म सापेक्ष बन्न सक्छ देश ? धर्म निरपेक्षताले त्यही कुराको वकालत गर्ने न हो । अनि धर्म निरपेक्षताले कहाँनेर हिन्दु धर्मलाई हानी गर्यो ? यहाँ धर्म निरपेक्षताको व्याख्या भन्दा अपव्याख्या बढी भएको छ । धर्मनिरपेक्षताले हिन्दु धर्म र संस्कारलाई कसै गरेपनि निषेध गर्दैन । कतिपय हिन्दु धर्म र संस्कारमा दीक्षित एवं कथित रुपमा संस्कारित मनुवाहरुले धर्मनिरपेक्षताको एकोहोरो ढंगबाट विरोध गरिरहेका छन् । जुन सहि होइन । के हिन्दु धर्म यति धेरै कमजोर छ, जसलाई संरक्षण गर्न राज्य नै लाग्नुपर्छ ? अनि धर्म राज्यले मान्ने हो कि व्यक्तिले ? यदि व्यक्तिले मान्ने हो भने ऊ जुनसुकै धर्म अवलम्बन गर्न स्वतन्त्र छ, हुनुपर्छ । कसैलाई धर्मप्रति आस्था नै छैन भने नमान्न पनि पाउनुपर्छ । वास्तवमा भन्ने हो भने, सबै धर्मलाई समान रुपमा हेर्ने आँखा भनेकै धर्मनिरपेक्षता हो । अनि धर्म नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो मानेपनि हुन्छ, नमान्न पनि पाइन्छ, पाउनुपर्छ । म एउटा यो देशको नागरिक भएको हैसियतले मेरो देश कुनै एक धर्म सापेक्ष होस् भन्ने चाहन्नँ । अनि सापेक्ष नहुने भनेको त निरपेक्ष नै हो नि । अनि यसमा किन यस्तो कोकोहोलो ? स्वभाविक रुपमा ८० प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्ने मानिसहरु भएको ठाउँमा धेरैले धर्म निरपेक्षताको विरुद्ध मत जाहेर पनि गर्लान् लौ । तर, धेरैले गलत गरे भने पनि सहि त हुँदैन होला नि । धर्मनिरपेक्षता भन्दा कसरी हिन्दु धर्मको विरोध हुन्छ ? यो जनताको आस्था र भावनासँग खेल्ने काम गर्नु हुँदैन । यदि नेपाललाई पहिलेकै जस्तो कुनै एक धर्म सापेक्ष बनाइयो भने यो मुलुक राज्य त बन्नेछ, जुन विगतमा पनि थियो तर, ‘राष्ट्र’ बन्न सक्दैन । यहि यो देशलाई साँच्चिकै राष्ट्र बनाउने हो भने धर्मनिरपेक्षताको विकल्प खोज्नु हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy