Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

लालबाबु पण्डितको रोचक प्रेमकहानी

\"lalbabu\"पर्दाभित्रका पात्रहरु जहिल्यै ओझेलमा हुन्छन् । तर, उनीहरुको भूमिकाले कसैलाई दुनियाँमा चर्चित पात्र खडा गरिदिन्छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित यतिबेला निकै चर्चित पात्र हुन् । चर्चाको पर्दापछाडीबाट लालबाबुलाई विमला महतको निकै ठूलो साथ र सहयोग छ । पण्डितको दुःख, सुखमा साथ दिँदै आएकी विमला लालबाबु पण्डितकी श्रीमती हुन् । खबरडबलीसँग करिब ३ घण्टासम्म कुराकानी गर्दा विमला पटकपटक रुन्थिन् । उनी र लालबाबुबीचको विवाह, प्रेम र जीवनको विषयमा उनले यसरी स्मरण गरिन् :
उहाँ (लालबाबु पण्डित) को सर्लाही स्थायी घर । म महतकी छोरी बिमला महत  राजधानीकै स्थायी बासिन्दा । हाम्रो अन्तरजातीय विवाह भयो ।  हामीबीच प्रेम सम्बन्ध भएर विवाह भएको होइन । तर अहिले संसारकै उत्कृष्ट प्रेम सम्बन्ध छ । राजनीतिकै क्रममा पार्टी संगठनमार्फत हाम्रो विवाह भयो । एक अर्कालाई धेरै माया गर्छाैं । विगत त्यति सुखमय थिएन । \"IMG_9487\"भन्न त मलाई २४ घण्टा हाँस्छे भन्छन् । तर मेरा विगतका धेरै दुःखहरु छन्, जसले मलाई पटकपटक रुवाउँछ  ।  आमाको पेटमा हुँदा नै बुवा (तीर्थबहादुर महत ) बित्नुभयो । बुवाको मात्रै होइन हामीले आमाको पनि माया पाउन सकेनौं । मेरो दाइ र म थियौं । आमालाई  हामीले निकै माया गथ्र्यौं । तर त्यसको बदलामा आमाको माया कहिले पाएनौं । त्यतिबेला बुढापाकाहरुले हामीलाई विषको बोटको अमृत भन्थे । दाई ‘गोविन्द’ जस्तो हुनुहुन्थ्यो । घर परिवारको टेन्सनले नै उहाँ बित्नुभयो ।  अंग्रेजी, हिन्दी सबै गाउनुहुन्थ्यो । हुन त मलाई गाउँका दाजुभाइले मेरो दुख देखेर जीवन कहानी लेखेर मर्नु भन्थे । रवि नपुगेको ठाउँमा पुग्छ रे कवि । कवि पनि नपुगेको ठाउँमा पुग्छ रे अनूभवी । भन्ने कतै सुनेको थिएँ  । मेरा विगत धरै दुःखहरुले भरिएका थिए । काकाहरुसँग मुद्दा मामला थियो । आमाले सबै जायजेथा काकालाई सुम्पिएकी थिइन् । हामीसँग केही थिएन । निकै दुःख गरेर एसएलसीसम्म पढें । त्योभन्दा माथि पढ्न सकिनँ । घरको काम र राजनीति दुवै अगाडी बढाउँदै गर्दा ३५ वर्ष कटेको थाहै भएन । मेरो बुवाको मामा घरपटिकी काकी सानुमायाँ कार्की र काका केशव कार्कीले मेरो निकै ख्याल गर्नुहुन्थ्यो । उहाँहरुले नै मेरा विवाहामा ठूलो भूमिका निभाउनुभयो । त्यो बीचमा मलाई माग्न धेरै आउँथे तर मैले विहे गरिनँ । धेरै राम्रा आर्थिक हैसियत भएका केटाहरु आए । कसैले तिमीलाई पाएँ भने दोहोरी लगाएर विहे गर्छु भन्नेगर्थे । एउटा सुखी अर्को दुखी भयो भने कुरा मिल्छ भन्ने कुरा म गरिरहन्थें । मान्छेहरुको घमण्ड मलाई मनपर्थेन । लालबाबुसँगको भेट ०५४ सालको निर्वाचनमा मैले भैंसीपाटी सैंवु ४ मा वडा अध्यक्ष जितें । सुशिला नेपाल सभासद् हुनुहुन्थ्यो ।  त्यतिखेर उहाँले मेरो बिहेको बारेमा लालबाबुसँग कुरा गर्नुभएछ । लालबाबुले गर्दिनँ भन्नुभएछ । त्यतिबेला बिहे नगरि  बस्छु भन्नुभएको थियो रे । यो ५७ साल तिरको कुरा हो ।  एक दिन दुई चारजना सभासद् घुम्नको लागि भैंसेपाटी जानुभएको रहेछ । म पानी थाप्न गएकी थिएँ । उहाँको पनि नाम त्यति सुनिएको थिएन । एक जना गाउँको भाउजुको पसल थियो । ‘हाम्रो बहिनी पनि वडा अध्यक्ष हो नी’  भन्दै उहाँले चिनाउनुभयो । \"IMG_9462\"सभासद्हरुको  मनमा लागेछ । सुशीला नेपालले बिहे गर भनेको केटी त यही पो रहेछ ।  अब सुशीलालाई गएर जसरी पनि सम्झाउने निर्णय गर्नुभएछ ।  सभासदमध्येका शेरधनराईले लालबाबुलाई ‘यो केटी पर्यो भने चाहीँ राम्रो हुन्छ’ भन्नुभएछ । अर्को एक दिन म बाहिर निस्किएँ । म राजनीति गरेपनि बेकाममा बाहिर हिड्ने गर्थिनँ । म एक्लै पनि नहिँड्ने । काकाको नाती सानो थियो । उसलाई डोराएर गएको थिएँ । प्रज्ञा भवन कमलादीमा मदनभण्डारीको स्मृति दिवसमा कार्यक्रम थियो  । सोही कार्यक्रममा लालबाबु पण्डितलाई सुशीला दिदिले म भएतिर इशारा गर्दै ‘बिहे गर्ने हो भने त्यहि हो केटी’ भन्दै देखाउनुभएछ । त्यतिबेला नै सुशीला दिदिले ‘के गर्ने कमरेड कुरा अगाडी बढाउने होइन ?’ भनेर सोध्नुभएछ ।  अनि उहाँले ‘हेरुम न त कुरा अगाडी बढाउनुस् ’ भन्नुभएछ । अर्को दिन, महिला दिवसको कार्यक्रम पनि थियो भद्रकालीमा । काकी र म गएका थियौं । कोणसभा सकेर विद्या भण्डारीको गाडी चढेर सिंहदरबार प्रवेश गर्यौं । हामीलाई संसद भवनमै छोडेर  विद्या दिदि संसदमा बोल्न जानुभयो । त्यतिबेलै उहाँ (लालबाबु) आउनुभयो । त्यतिबेला तराईको मान्छे भनेपछि हामीलाई इन्डियाको जस्तो लाग्ने ।  हामी तराई त्यति नगएको मान्छे ।  उहाँ यताउता हिँड्दै हुनुहुन्थ्यो । काकी (बावुकाे मामाको घरपटिकी काकी, सानुमाया कार्की ) ले मलाई केटा देखाउनुभयो । केटा यहि हो भन्नुभयो । मैले देख्नेबित्तिकै जाउँजाउँ भनेर हतार गरेँ । केही समयपछि सुशीला दिदि आउनुभयो । ‘बोलाउँ’ भन्नुभयो । संसदीय दलको कार्यलयमा भरतमोहनलगायत सबै नेताहरु हुनुहुन्थ्यो । सबैले थाहा पाउनुभयो । आजै पठाइदिउँ पनि भन्नुभयो । लभ परेको भए जस्तो पनि हुन्थ्यो होला । तर हाम्रो त्यस्तो थिएनँ । \"IMG_9430\"म अग्ली थिएँ । लालबाबु होचो । मैले पहिले पनि भन्ने गर्थें । मन मिलोस्, जिउन सजिलो होस्, त्यस्तै जीवन साथी होस् । हामी घर फर्कियौं । मेरो काकीलाई मैले ममी भनेर बोलाउँथेँ । उहाँसँग ‘ममी म बिहे गर्दिनँ’ भने । कारण हाइटकै थियो । काकीले सम्झाउनुभयो ।  उमेर पनि पुगीसक्यो । बिहे नगरेको केटा भेट्न गाह्रो छ भन्नुभयो । तीन चार महिनापछि मैले सोचें । बिहे त गर्नैपर्छ । त्यसपछि मैले काकीलाई हुन्छ बिहे गरौं भनें ।  त्यतिबेलासम्म लालबाबुको विषयमा मलाई केही थाहा थिएन । एउटा सभासद् भन्ने थाहा थियो । हेर्दैमा उहाँसँग केहि छैन भन्ने बुझिन्थ्यो । धन भएर पनि मान्छे कति दुःखी हुन्छन् । मलाई धन होइन हाइट अलि मिलेन की जस्तो लाग्यो । धन भएर दुःखी हुनुभन्दा नभएरै दुःखी हुनु राम्रो हुन्छ । भन्ने सोच मनमा एकाएक आयो ।  हाईट नै सबै कुरा होइन भन्ने मनमा आयो । यत्तिकैमा कुरा छिनियो । बिहे गर्ने पक्का भयो । हामीबीच कुनै कुराकानी भएन । मेरी काकी अलि आधुनिक हुनुहुन्थ्यो । मलाई पछि गाह्रो होला भनेर उहाँले एक दिन लालबाबुको कोठामा लानुभयो ।  देखेको पनि छैन बोलेको पनि छैन, भनेर लैजानुभयो । तर केही बोलचाल भएन । उहाँले केही छ भने भन्नु भन्नुभयो ।  उहाँले ‘खाना पकाउन जान्नुहुन्न होला, मिलेर गरौंला’ भन्नुभयो ।  मैेले ‘खाना पकाउन आइहाल्छ नि’ भनें । धेरै बोल्ने कुरा पनि उचित थिएन । हामी बीचमा कुनै माग थिएन । दुवैले मिलेर गर्नुपर्ने थियो । कोटेश्वर कोठामा अहिले पनि त्यस्तै छ । पहिले पनि त्यस्तै थियो । प्लाष्टिकको कुर्सी तीन वटा थियो । अहिले बढेर पाँचवटा होलान् । \"IMG_9455\"बिहे यसरी भयो २०५८ साल जेठ २२ गते मेरो बिहे गर्ने कुरो भयो । पार्टी केन्द्रीय कार्यालय बल्खुमा बिहे गर्ने कुरो थियो । त्यो दिन निकै खुसीको दिन थियो । जनवादी बिहेमा धेरैजनाले कुर्ता सुरुवाल लगाएर विवाह गरेको देखेकी थिएँ । तर मलाई पहिले देखि नै मुटु थर्काउने गरि बाजा बजाएर, सबैलाई भोज ख्वाएर बिहे गर्ने सोच थियो । तर जनवादी विवाह नै भएपनि मैले पार्टीको अनुमती लिएर बनारसी साडी लगाएरै विवाह गरें । त्यतिबेला बेहुलीले लगाउने मखमलीको जुत्ता जताततै पाइँदैनथ्यो, मैले एकजना भाइलाई जसरी पनि खोजेर ल्याइदिनु भनेर राम्रै साडी र जुत्ता लगाएर बिहे गरेँ । उहाँले पनि सुट पाइन्ट लगाउनु भएको थियो ।  पार्टी मुख्य कार्यलयमा हाम्रो बिहे भयो । त्यतिबेला माधव नेपाल, भरतमोहन अधिकारी सबै हुनुहुन्थ्यो । हामीबीच बोलचाल केही भएनँ । कोटेश्वरमा उहाँको कोठा थियो । मलाई त्यहाँ नै भित्र्याउनुभयो । मैले पछि मात्रै थाहा पाएँ, उहाँ सर्लाहीमा जन्मिएको भन्ने ।  दाइ इन्जिनर हुनुहुन्थ्यो । दाइले पाल्पा लगेर पढाउनुभयो । एसएलसीपछि थापाथली इन्जियरिङ कलेजमा पढेर उहाँ पनि इन्जिनर हुनुभयो । रुप तराईको भएपनि चालचलन पहाडीयाको जस्तै छ । भित्रभित्रै माया गर्ने लालबाबु उहाँले ‘तिमीलाई माया गर्छु’ कहिल्यै भन्नुभएन । ‘तिमी यस्तो उस्तो भनेर फुर्क्याउन जान्नुहुन्न । मलाई भने अलिअलि जान्दा त राम्रै हुन्छ जस्तो लाग्छ (लामो हाँसो) । भित्र माया त उहाँलाई असाध्यै होला । तर देखिँदैन । मान्छेको मनले भित्रको माया बाहिर खोज्ने रहेछ । म  जिस्क्याउँछु ‘हजुरलाई म कति माया गर्छु, हजुरलाई मेरो माया लाग्छ कि लाग्दैन ?’ उहाँले भन्नुहुन्छ ‘ह्या यस्तो कुरा गर्छौ ’ । उहाँको स्वभाव नै यस्तै छ, मैले बुझेकी छु । बिना मायामा मान्छे कहिल्यै बाँच्दैन । \"IMG_9436\"उहाँले मलाई निकै इज्जत गर्नुहुन्छ । मैले जति इज्जत गर्छु, उहाँले त्यति नै इज्जत गर्नुहुन्छ । विवाहित पुरुषले कपडा धोएर लाएको देख्दा माया चम्किन्छ । अस्ती मैले ६ सयमा एउटा साडी किनेर ल्याएँ । यहाँका स्टाफले ६ हजार पर्यो भनेर सोध्नुभयो । म अहिलेसम्म सुपरमार्केट (यो उच्चारणमा उनले सुपाडमार्केट भनेकी थिइन्) छिरेको छैन । छोरीलाई लुगा किन्दा सडकमा पाएको किन्ने हो । मलाई लालबाबुको मन नपर्ने बानी एउटै छैन ।  चुरोट, जाँड, रक्सी केही खानुहुन्न । म अलि खुल्ला दिलकी भएर होला, देखावटी माया खोज्दो रहेछु । नदेखाइ नदेखाइ माया गर्ने  बानी छ, उहाँको त्यो चाहिँ बानी अलिकति ठिक होइन की । हुन त नदेखाएरै गर्ने माया शक्तिशाली हुन्छ । दुःख लाग्दा कुराहरु हामीलाई भनेर टेन्सन दिनुहुन्न । \"IMG_9471\"अहिले यस्तो लाग्छ एकदम सोझो मान्छे छानेछु । उहाँको राजनीति भन्दा अर्को कुनै लक्ष्य छैन । छोरीलाई कस्तो व्यबहार गर्ने, बुढीलाई कस्तो गर्नुपर्छ, त्यो जान्नुहुन्न । अहिले असाध्यै माया लाग्छ । सुगरको रोगी हुनुहुन्छ ।  निकै ख्याल गर्छु। कहिलेकाँही सोच्छु, अरु परेको भए कति दुःख दिन्थे होला  । मलाई यो चाहियो, उ चाहियो भनेर कति टेन्सन दिन्थे होला । तै मैले बेलैमा राम्रो गरेछु जस्तो लाग्छ । मैले मेरो बुढो भएर भनेको होइन । यत्तिको नेता नेपालमा भेट्न गाह्रो छ । लोभलाभ केही छैन । खाना खाँदै गर्दा कतै हेरेर उहाँलाई खाना थप्नको लागि सोध्न बिर्सियो भने उहाँ खाना नमागी उठीसक्नुभएको हुन्छ ।   म हरपल उहाँको खुसी हेर्न चाहन्छु । उहाँको खुसी नै मेरो खुसी हो । उहाँ देशवासीको खुसी हेर्न चहानुहुन्छ । मेरो चाहना त्यहि हो । त्यसैले त मलाई यो गीत धेरै मनपर्छ । ‘बनेको छ पहराले यो छाती मेरो ......\' खुसी वा दुःखमा उस्तै लालबाबु लालबाबु दुःखमा नआत्तिने मान्छे हुनुहुन्छ । खुसी र दुःखी भएको बेलाको फरक मैले छुट्याउन सकेको छैन । आमाको सपना देख्नुभयो भने रुनुहुन्छ । अरुबेलाको दुःखमा रुनुहुन्न ।  आत्तिने र खुसी धेरै हुने उहाँको बानी नै छैन । भूमिगत जीवन बिताउँदा उहाँ धेरै बाहिर हुनुभयो । आमा असाध्यै माया गर्नुुहुन्थ्यो  । मेरी सासुले मलाई ‘उही जुनीको आमा’ भन्नुहुन्थ्यो ।  आफूले दुःख पाएर होला म अरुको दुःख धेरै बुझ्छु । मलाई सासुको निकै धेरै माया लाग्थ्यो । \"IMG_9449\"उहाँ टेन्सनहरु सुनाउन मान्नुहुन्न ।  म सेयर गर्न आग्रह गर्छु । आफ्नो मान्छेलाई सेयर गर्यो भने हलुका हुन्छ । अहिले अलि खुसीको कुरा सुनाउने हुनुभएको छ ।  म अलि धेरै टेन्सन लिन्छु, त्यहि भएर मलाई सुनाउनुहन्नथ्यो । म बारम्बार सोधिरहन्थें – डिभि पिआरको लडाईं कता पुग्यो भनेर । उहाँले चुप लाग, भइहाल्छ नी भन्नुहुन्थ्यो । मलाई लाग्छ राजनीति गर्ने परिवारहरु आधा ज्योतीषी नै हुन्छन् ।  म उहाँको टेन्सनहरु बुझ्छु । घरबाट उहाँलाई कुनै दुःख भएन त्यसकारण सजिलो भयो । हामीले आफ्नो गर्नुस्, जे छ त्यहि खाऔंला नभए भोकै बसौंला भन्थ्यौं । लोभ पाप नभइ इमानदारी भयो भने जे पनि गर्न सकिन्छ । लोभ पाप, छ भने डरपनि लाग्छ त्यसपछि मान्छेले केही गर्न सक्दैन ।  बोलीमा शक्ति हुनुपर्छ । त्यसैले मैले लेखेर पनि राखेकी छु ‘साहस नभए हतियार व्यर्थ छ ।’ म पनि समाजसेवा र राजनीतिबाट आएकी हुँ । कसलाई के दुःख परेको छ,  कसको माइती टाढा छ, कसले कति दुःख पाएको छ, त्यो बुझ्ने गर्छु । म जति गलेको भएपनि अरुलाई  सन्चो छैन भने के खाने त हँ ? भनेर सोध्ने गर्छु । धनको दुःखी भएपनि मनको सुखी छौं । मन्त्री भएपछि.. उहाँलाई सामान्य प्रशासन मन्त्री घोषणा गर्दा सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्थ्यो । हामी सिरियस थियौं । उहाँलाइ त्यो मन्त्रालय मन नपरेको । मन्त्री लेउ भनेका पनि होइनन् । छानेका पनि होइनन् । मन्त्री पद दिइ हालेपछि उहाँले भन्नुभयो, ‘म इन्जिनरको विद्यार्थीलाई सामान्य प्रशासन मन्त्री ’ भनेर खिन्न हुनुभयो । मन्त्री भएर पनि खुसी हुन पाइएन भनेर घरमा कुरो भयो । झलनाथ खनालकोमा गएर ‘म जान्न’ भन्नुभयो । ‘मलाई अनुभव पनि नभएकाले म यो पद खान्न’ भन्नुभयो । तर खनालले जानु भन्नुभयो । सुरुका दिनमा मलाई सरकार छिट्टै विघटन भइदिए पनि हुन्थ्यो जस्तो लाग्यो । भूपू मन्त्री भइहालिन्थ्यो, काम गर्न नसके पनि त्यति आलोचना खेप्नुपर्दैनथ्यो जस्तो लागेको थियो । तर राम्रो हुँदै गयो । पछि त २ सय वर्षसम्म मन्त्री भएर मेरो बुढाले देशको लागि केही गरुन् भन्ने लाग्यो । गाडी फिर्ता गर्दा निकै खुसी लाग्यो सरकारले महंगो मूल्यको गाडि चढ्न प्रस्ताव गरेको थियो । तर उहाँले  अस्विकार गर्नुभयो । एक करोड रुपैयाँ उठाएर फिर्ता गरिदिनुभयो । यस्तो सुन्दा मलाई निकै खुसी लाग्छ । आखिर खुसी भनेको यहि त हो । त्यस्तै उहाँले पासपोर्टको लागि दुई सिफ्ट चलाउनुभयो । त्यसले जनतालाई राहत मिलेको थियो । यस्तो कुराले हाम्रो परिवारमा निकै खुसी मिलेको छ । डिभि पिआरको लडाईंमा म उहाँलाई भन्ने गर्थें । ‘हजुरले चिन्ता गर्नुपर्दैन, यो पास हुन्छ ।’ पास भयो एकदम खुसी लाग्यो । उहाँले भन्नुहुन्थ्यो, ‘तिमी यसलाई किन चासो राख्छौ ?’ सदनबाट पास भएपछि राष्ट्रपतिकोमा रोक्न जाने हो की भन्दा, ‘जाँदैन’ भन्नुहुन्थ्यो । तर पछि रोक्न पनि गएछन् ।  पास भएको बेला उहाँ सिंहदरबारमा हुनुहुँदो रहेछ । राष्ट्रपतिबाट नियमावाली पास भएपछि मलाई फोन गर्नुभयो । निकै खुसी लाग्यो । \"IMG_9444\"मलाई त्यतिबेला फुटबल खेलको याद आयो । खेलमा एउटा समूहमा ११ जना हुन्छन् । दुई टिम हुन्छन् । एउटा टिममा उहाँ एक्लै हुनुभयो । अर्कोमा ११ जना खेलाडी थिए । उहाँ  एक्लैले सबैलाई छलाएर गोल गर्नुभयो जस्तो मलाई लाग्यो । अझै अरुले त्यो भन्दा बढी गर्नुभयो भन्छन् । मेरो त आफ्नै बुढो हो, म यत्तिकै खुसी छु तर यो निर्णयले देश नै खुसी भयो । पहिले साइकल चढेरै चुनाव जितेर देखाउनुभयो ।  सोमबार विराटनगरमा लालबाबु पण्डित जिन्दावाद भनेर नारा लागेछ । सामाजिक सञ्जालमा उहाँकै चर्चा छ । एक दुई जना ग्रिनकार्ड बोक्ने फटाहाहरुले उहाँको विरोध गरेका हुन् ।  उहाँले मेरै ग्रीनकार्ड वा पिआर भएको भएपनि छोड्नुहुन्थेन । नियमावाली संसोधन विधयक रोक्न धेरै साथीहरु आउँथे ।  ‘मेरो श्रीमतीको पेन्सन हुन लागेको छ’ नगर भनेर आग्रह गर्थे । ‘म कसैको मुख हेर्दिनँ,  मेरै घर परिवारको भएपनि म गरेरै छाड्छु’ भन्नुहुन्थ्यो । डिभि पिआरको विषयमा धेरै केटाहरु आउँथे । तपाईंको सन्तानमाथि खतरा हुन्छ भन्थे । ‘हेर भाइ, एक दुई जना मरेर, देशको लागि राम्रो हुन्छ भने हामी मर्न तयार छौं ।’ मैले भन्थें ।  मलाई यस्तो कुरा मन्त्रीजीलाई सुनाउन मन लाग्थेनँ । त्यतिबेला मलाई भूपीको एउटा कविता याद आउँथ्यो, ‘बन्दैन मुलुक, दुईचार सपुत मरेर नगए...  ।’ प्रस्तुती: सुदीप/सरिता  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy