Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सामुदायिक सुरक्षा सबलीकरण परियोजना सञ्चालन

जनकपुरधाम,  धनुषा जिल्लामा सशस्त्र हिंसाको जोखिम तथा घटनामा न्यूनीकरण गर्ने उद्देश्यले हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजना सञ्चालन हुने भएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त पहलमा यस जिल्लामा सो परियोजना सञ्चालन हुन लागेको हो ।

परियोजना सञ्चालन सम्बन्धमा आज यहाँ आयोजित सरोकारवालासँगको समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले समाजलाई सशस्त्र हिंसाबाट मुक्त गर्न समुदायसँग मिलेर रणनीति बनाउने र त्यसका उपायहरु पहिल्याई कार्यान्वयनतर्फ उन्मुख हुने लक्ष्य लिई सो परियोजना सञ्चालन गर्न लागिएको बताए ।

परियोजनाका संयोजक भीम परियारले परियोजनाले हिंसाका तथ्य सङ्कलन र विश्लेषण, प्रमाणहरुको सबलीकरण,  समन्वय संयन्त्रको सुदृढीकरण तथा स्थानीय तहमा लैङ्गिक संवेदनशील सामुदायिक सुरक्षा योजनामार्फत सशस्त्र हिंसाको जोखिम तथा घटनामा उल्लेख्य न्यूनीकरण गर्ने बताए । परियोजनाका अधिकृत सञ्जय गुप्ताले परियोजनाको लक्ष्यअनुरुप लैङ्गिक हिंसा, हिंसामा युवाको संलग्नता र साना हातहतियारको कारोबार तथा प्रयोगका विरुद्ध सचेता अभिवृद्धि गर्नु महत्वपूर्ण पक्ष रहेको बताए ।

प्रहरी उपरीक्षक गणेशबहादुर थापाले खुल्ला सिमानाका कारण साना हातहतियार नेपालमा भित्रिने समस्या जटिल भए पनि सुरक्षा निकायको यस सन्दर्भमा विशेष सक्रियताका कारण हाल साना हतियार यस जिल्लामा भित्रिन नसकेको बताउँदै जिल्लामा आत्महत्या, लागुऔषध प्रयोगकर्ताको समस्या बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराए । राष्ट्रिय मानव अधिकार आयोग मध्यमाञ्चल बुधनारायण सहनीले सशस्त्र हिंसा न्यूनीकरण सम्बन्धमा मानव अधिकारका पक्षलाई गम्भीररुपले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकाँका कोमलकान्त झा, मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)का रामगोविन्द यादव, तमलोपाका परमेश्वर साहलगायतले सशस्त्र हिंसा न्यूनीकरण गर्ने सम्बन्धमा जिल्लाका अति संवेदनशील क्षेत्रहरुको पहिचान गरी समुदायको पहलमा न्यूनीकरणका उपायहरु कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए  ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: