काठमाडौं । आइतबार नेकपासम्बन्धि सर्वोच्व अदालतको फैसला उठाएका केही कानुनी प्रश्नहरुलाई पुनरावलोकनमा जाने तयारी सहित पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाउने भएको छ ।
तात्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी निर्बाचन आयोगमा रिसि कट्टेलको नाममा दर्ता भेटिएपछि नामको पछाडी ‘नेकपा’ थपेर एकता पश्चातको नेकपा बनेको थियो । कट्टेलले ०७५ जेठ ३ पछाडी नै सर्वोच्वमा आफ्नो नाम अर्कोलाई दिइएको भन्दै दिएको उजुरीको फैसला गर्दै आइतबार सर्वोच्व अदालतले कट्टेलले नै उक्त नाम पाउने फैसला मात्रै गरेन एमाले र माओवादी पुरानै अवस्थामा फर्काउने फैसला समेत गर्यो ।
सर्वोच्वले गरेको यस्तो फैसला राजनीतिक भएको र मागभन्दा अघि बढेर गरेको भन्दै चौतर्फी विरोध भईरहेको छ ।
सर्वोच्वको फैसला अनुसार एमाले र माओवादी पुरानै हैसियतमा फर्किएको बताइएपनि प्रचण्ड–नेपाल पक्ष यो मान्न तयार छैन ।
यो पक्षले सर्वोच्वको फैसला पुनरावलोकनमा जाने र हाल नेकपामा कायम ४४१ जना केन्द्रिय सदस्यमध्यबाट बहुमत केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहित निर्बाचन आयोगमा नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । यो पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सट्टा अन्य नाम राखेर निर्बाचन आयोगमा नयाँ नाममा नेकपाको एकता कायम गर्ने पक्षमा छ ।
स्रोतका अनुसार कानुनी लडाई र प्रक्रिया दुवै सँगसँगै अघि बढाउने तयारीमा रहेपनि अझै के गर्ने भन्ने बारे निष्कर्षमा पुगिसकेको छैन । सोही सम्बन्धमा छलफलका लागी अहिले विहान ११ बजे स्थायी समितिको बैठक बोलाइएपनि कानुनी परामर्श र तयारीका लागी भन्दै बैठक दिउसो ३ बजेका लागी सारिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: