Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

अन्तरिम संविधानभन्दा कमजोर मस्यौदा आयो – नेमकिपा

\"masyouda\"९ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले अन्तरिम संविधान, २०६३ मा व्यवस्था गरिएभन्दा पनि जनताका अधिकारहरु कटौती भएर संविधानको प्रारम्भिक मस्यौदा आएकाले आफ्नो पार्टीले परिमार्जन गर्न संविधानसभामा फरक मतसहित सुझाव पेस गर्दा पनि कुनै सुनुवाइ नभएको जनाएको छ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले संयुक्तरुपमा आज आयोजना गरेको “नेपालको संविधान, २०७२ मस्यौदा” विषयक विचारगोष्ठीमा सो पार्टीका नेताहरुले धर्ममा व्यक्तिको स्वतन्त्रता हुने भएकाले केही हिन्दूको दबाबमा नेपालमा हिन्दू धर्म लाद्न नहुने, १४ अञ्चललाई आधार मानेर १४ प्रदेश बनाउनुपर्ने, राष्ट्रपति र प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने, संविधानमा क्रान्तिकारी भूमिसुधार समावेश गर्नुपर्ने, उत्पादनका साधन राष्ट्रियकरण गर्नुपर्ने तथा प्रदेशका नागरिकले आफ्नो प्रदेशभित्रकै नागरिकता लिनुपर्ने प्रावधान राख्नुपर्ने माग गरेको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले धर्मनिरपेक्षता कायम गरी नास्तिकवादको प्रचार गर्न पाउने व्यवस्था हुनुपर्ने, व्यक्तिको सम्पत्तिको सीमा निर्धारण हुनुपर्ने तथा उत्पादनका साधनलाई समावेशीकरण गर्नुपर्नेमा जोडदिए  । सभासद् प्रेम सुवालले मानिसहरु गाउँ छाडेर राजधानीमा ओइरिने प्रवृत्ति रोक्न प्रदेशका नागरिकले प्रदेशको नागरिकता लिन पाउने व्यवस्था गर्नुपर्ने सुझाव पार्टीले संविधान सभामा राखेको बताए । सभासद् डिल्लीप्रसाद काफ्लेले देशको सार्वभौमिकता, अखण्डता र समाजमा द्वन्द्व निम्त्याउने खालको समाचारलाई नियन्त्रण गर्न सञ्चारमाध्यमलाई पूर्ण प्रेस स्वतन्त्रता दिन नहुने भन्दै सञ्चार गृहमा विदेशी लगानी बढ्दै गयो भने विदेशको प्रभाव बढ्ने भन्दै आस्थाको पत्रकारिता आजको आवश्यकता हो भने । अर्की सभासद् अनुराधा थापाले पुँजीवादी शासकले बनाउने संविधान पुँजीवादीको ज्यावल मात्र हुने बताए । लिपुलेकमा नेपालको सहमतिबिना सम्झौता हुनसक्दैन यसैबीच, नेमकिपाको भ्रातृ संस्थाले ‘लिपुलेक’ र ‘लिम्पियाधुरा’ नेपालको भूभाग भएकाले नेपालको सहमतिबिना सम्झौता हुन नसक्ने बताएको छ । दल निकटका भ्रातृ संस्थाको संयुक्त आयोजनामा आज यहाँ भएको जनचेतना ¥याली एवम् सभाका वक्ताले लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएकाले यसको रक्षाका लागि नेपाली राजनीतिक दलले एकता गर्दै कूटनीतिक वार्ताद्वारा समस्याको समाधान गरिनुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लावजुले पौने तीन करोड नेपालीको प्रतिनिधिका रुपमा नेपाल सरकारले कूटनीतिक प्रयासबाट लिपुलेकमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए । “मातृभूमिको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएकाले मित्रराष्ट्रलाई गालीगलौजभन्दा पनि समस्या समाधानमा केन्द्रित हुनुपर्छ, नजिकका छिमेकीलाई आरोप मात्र लगाउनुहुन्न”–उनले भने । कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका सचिव प्रकाश ठुसालगायतले सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई राष्ट्रि«यताका सवालमा सबै दल एवम् पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending