Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

बूढीगण्डकीदेखि महाकालीसम्म : बाबुरामका २१ दिन

काठमाडौं, एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराई सहमतिमै संविधान निर्माणका लागि दबाब सिर्जना गर्न एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले घोषणा गरेको पहिलो चरणको भण्डाफोर तथा खबरदारी अभियान सम्पन्न गरेर राजधानी काठमाडौं फर्किएका छन् । अभियानका लागि गत माघ २१ गते काठमाडौंबाट हिँडेका नेता भट्टराई २१औं दिनमा पश्चिम कमान्डको अभियान सम्पन्न गरेर मङ्गलबार काठमाडौं फर्केका हुन् । पूरै देशलाई तीन कमान्डमा विभाजन गरेको एमाओवादीले वरिष्ठ नेता भट्टराईलाई पश्चिम कमान्ड (बूढीगण्डकीदेखि महाकालीसम्मको क्षेत्र) को कमान्डर तोकेको थियो । खबर डबलीले तयार गरेको नेता भट्टराईको पश्चिम कमान्डको पहिलो चरणको अभियान–डायरी पाठकहरूका लागि रुचिकर हुने ठानी यहाँ प्रस्तुत गरिएको छ । माघ २१ काठमाडौं भृकुटीमण्डपमा मध्य कमान्डस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी । २० वर्षअघि २०५२ माघ २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० सूत्रीय माग प्रस्तुत गरेको स्मरण । मागको सुनुवाई नहुने भएपछि माघ २८ गते झोला बोकेर आफू पश्चिम नेपालतर्फ लागेको सन्दर्भ उलेख गर्दै २० वर्षपछि फेरि झोला बोकेर पश्चिम नेपालतिरै हिँड्न लागेको जानकारी । काठमाडौंबाट गोरखाका लागि प्रस्थान । गोरखा सदरमुकाममा बास । जिल्लाका अगुवा कार्यकर्ताहरुसँग छलफल र अन्तर्क्रिया । \"Baburam_Musikot\"   माघ २२ कार्यकर्ता भेटघाट तथा जिल्लाको विकास निर्माणका बारेमा विभिन्न निकाय तथा तिनका प्रमुखहरुसँग छलफल । निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बैठक । बैठकबाट निर्वाचन क्षेत्र नं. १ को आर्थिक वर्ष २०७१÷०७२ का १० वटा योजनाहरु छनौट र पारित । गोरखाका चेपाङ समुदायका लागि जनता आवास कार्यक्रमको बैठक बसी चालू आर्थिक वर्षमा निर्माण गरिएका ८० वटा घरहरु प्राथमिकतामा परेका ८० परिवारलाई वितरण गर्ने निर्णय ।   \"Jajarkot   गत साउनमा पहिरोमा परी मृत्यु भएका गोरखा फिनामका हिरामाया बयलकोटी, देउमाया सिर्मल र किरण सिर्मलका परिवारलाई बालबालिकाको लालनपालन तथा पढाइका निम्ति निजी स्रोतबाट २०÷२० हजार रुपैयाँ प्रदान । त्यसैगरी केही दिन पहिले आगलागीबाट घरलगायत सम्पूर्ण सम्पत्ति गुमाएका गोरखा नारेश्वरका रामबहादुर विश्वकर्मालाई घर निर्माणका निम्ति साङ्केतिक सहयोगस्वरुप निजी स्रोतबाटै २० हजार रुपैयाँ प्रदान । पोखरामा हुने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका निम्ति पोखरा प्रस्थान । पोखरा लेकसाइडमा बास । माघ २३ पोखरामा बुद्धिजीवी–बौद्धिक वर्ग, उद्योगी–व्यवसायी, पत्रकार, समाजसेवीहरुसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी । संक्षिप्त आन्तरिक छलफल । पर्यटन क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरुसँग छलफल । कान्तिपुर पार्टी प्यालेस, बुद्धचोकमा तमुवान र मगरातका अगुवा कार्यकर्ताहरुलाई वैचारिक–राजनीतिक प्रशिक्षण । बूढो भएपछि आफूले आफैंलाई डढाएर खरानीबाट पुनर्जीवन प्राप्त गर्ने ‘फिनिक्स चरा’ को मिथक उल्लेख गर्दै माओवादी आन्दोलनमा देखिएका कमीकमजोरीहरुलाई डढाएर त्यसैको खरानीबाट पुनर्जीवन प्राप्त गर्दै अगाडि बढ्नुपर्नेमा जोड । माघ २४ मा हुने कार्यकर्ता प्रशिक्षणका लागि बुटवल प्रस्थान । मुग्लिन–नारायणगढ हुँदै गैंडाकोट, नवलपरासीमा दुर्गा ढुङ्गानाको घरमा खाजा खाई अमरपथ, बुटवलमा बास । माघ २४ पत्रकार सम्मेलन । बुद्धिजीवी, उद्योगी–व्यवसायी, पत्रकार, समाजसेवी लगायतसँग अन्तर्क्रिया । मगरात र अवध राज्यका अगुवा कार्यकर्ताहरुलाई पार्टी पुनर्निर्माण, आगामी कार्यदिशा, तत्कालीन राजनीतिक अवस्था, संविधानसभाको सङ्घर्ष र तत्कालको आन्दोलनका कार्यक्रमसहितको वैचारिक–राजनीतिक प्रशिक्षण । साँझ चन्द्रौटामा नास्ता गरी २५ गतेको प्रशिक्षणका लागि नेपालगञ्ज प्रस्थान । चिसापानी, बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजको अतिथिगृहमा बास । कार्यकर्ता भेटघाट तथा आन्तरिक छलफल । माघ २५ नेपालगञ्जमा अन्तर्क्रिया कार्यक्रम । नेपालगञ्ज मेडिकल कलेजको भवनमा बृहत् प्रशिक्षण कार्यक्रम र विभिन्न भेटघाट । साँझ मसुरिया, कैलालीस्थित कृष्ण चौधरीको घरमा बास । मसुरियामा तत्कालीन राजनीतिक परिस्थिति र अग्रगमनकारी शक्तिहरुको तत्कालीन कार्यदिशाका सम्बन्धमा स्थानीय जनतालाई सम्बोधन । \"Kawasoti_Antarkriya\" माघ २६ लेखराज भट्टको घर, अत्तरिया, कैलालीमा बिहानको खाना । खानापश्चात धनगढीमा पत्रकार सम्मेलन । धनगढीमै बृहत् अन्तर्क्रिया कार्यक्रम । २७ गतेको प्रशिक्षण कार्यक्रमका लागि डडेलधुरा प्रस्थान, बेलुकाको खाना स्थानीय जनताको घरमा खाई साँझ अमरगढी डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालको अतिथिगृहमा बास । माघ २७ अमरगढीमा पत्रकार सम्मेलन । विभिन्न जिल्लाका पार्टी नेता तथा कार्यकर्ताहरुसँग सामूहिक छलफल । जिल्ला कारागार निरीक्षण । जिल्ला विकास समितिको हलमा बृहत वैचारिकरराजनीतिक प्रशिक्षण कार्यक्रम । साँझ महेन्द्रनगरमा ओमविक्रम भट्ट ‘सरल’को घरमा खाना तथा बास । माघ २८ महेन्द्रनगरमा पत्रकार सम्मेलन । बिहानको नास्ता पङ्कज रावलको घरमा । महेन्द्रनगरमा बृहत् अन्तर्क्रिया कार्यक्रम । उद्योग वाणिज्य सङ्घ, कञ्चनपुरद्वारा स्वागत तथा सम्मान । बिहानको खाना ऋषि लुम्सालीको घरमा । गुलरिया, बर्दियामा अन्तर्क्रिया कार्यक्रमका लागि बर्दिया प्रस्थान, गुलरियास्थित जिल्ला विकास समितिको हलमा अन्तर्क्रिया कार्यक्रम । गुलरियास्थित अर्जुन सुवेदीको घरमा बास । माघ २९ फागुन १ गतेको प्रशिक्षण कार्यक्रमका लागि नेपालगञ्ज विमानस्थलबाट १०ः३० बजे तारा एयरको जहाजबाट जुम्ला प्रस्थान । जुम्लामा विद्यार्थीहरुसँग अन्तर्क्रिया । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण । जिल्लास्थित सरकारी कर्मचारीहरुसँग छलफल तथा निर्देशन । उद्योग वाणिज्य सङ्घ जुम्लाद्वारा स्वागत तथा सम्मान । पार्टीनिकटका कर्मचारीहरुसँग छलफल । फागुन १ २०औं जनयुद्ध दिवसको अवसरमा जुम्लास्थित पार्टी कार्यालयबाहिर कार्यक्रम । आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रम । जुम्लामै बास । फागुन २ तारा एयरको जहाजबाट ११ बजे जुम्लाबाट नेपालगञ्ज प्रस्थान । अवतरणपश्चात नेपालगञ्जमा मगर मुक्ति मोर्चाको तेस्रो जिल्ला सम्मेलन उद्घाटन तथा सम्बोधन । ३० दलीय गठबन्धनका कार्यकर्ताहरुलाई प्रशिक्षण । पत्रकार सम्मेलन । ३० दलीय गठबन्धनका बाँके जिल्ला नेतृत्वसँग छलफल । कोहलपुरमा अन्तर्क्रिया । ३ गतेको कार्यक्रमका लागि सुर्खेत प्रस्थान, साँझ वीरेन्द्रनगर, सुर्खेतमा बास । फागुन ३ प्रशासन प्रमुखसँग भेटघाट । पत्रकार सम्मेलन । मध्यपश्चिम विश्वविद्यालयको चौरमा माक्र्सवाद र समाजवादको विषयमा विद्यार्थीहरुलाई सम्बोधन । बृहत् अन्तर्क्रिया कार्यक्रम । उद्योग वाणिज्य सङ्घ, सुर्खेतद्वारा स्वागत तथा सम्मान । आन्तरिक पार्टी प्रशिक्षण । ४ गतेको दाङको कार्यक्रमका लागि दाङ प्रस्थान, साँझ शशी बेल्बासेको घरमा खाना, घोराही, दाङमा बास । फागुन ४ घोराहीमा अन्तर्क्रिया कार्यक्रम । बिहानको खाना नारायणपुरस्थित नारायण पाण्डेको घरमा । स्थानीय जनतासँग भेटघाट । स्थानीय थारु समुदायद्वारा स्वागत तथा सम्मान । आन्तरिक प्रशिक्षण कार्यक्रम । ५ गतेको कार्यक्रमका लागि रोल्पा प्रस्थान । होलेरीमा स्थानीय पार्टीसँग आन्तरिक छलफल÷अन्तर्क्रिया गरी खाजा खाएर राति १०ः३० बजे माडीचौरमा क. सिजलको घरमा खाना तथा बास । फागुन ५ माडीचौरमा जनयुद्धका सहिद तथा बेपत्ताका परिवार तथा घाइतेसँग अन्तर्क्रिया । माडीचौरमा बिहानको खाना खाएर लिवाङ प्रस्थान । लिवाङमा पत्रकार सम्मेलन । लिवाङमै सहिद–बेपत्ताका परिवार तथा घाइतेहरुसँग विशेष भेटघाट तथा अन्तर्क्रिया । स्थानीय सामुदायिक रेडियो जलजलालाई अन्तर्वार्ता । बृहत् अन्तर्क्रिया कार्यक्रम । ६ गतेको कार्यक्रमका लागि प्युठान प्रस्थान । बाटोमा सुलिचौर, रोल्पा र भिङ्ग्री, प्युठानमा स्थानीय जनतालाई तत्कालीन राजनीतिक परिस्थितिका विषयमा सम्बोधन । साँझ बिजुवार, प्युठानस्थित पूर्णा सुवेदीको घरमा बास । फागुन ६ प्रशासन प्रमुखहरुसँग भेटघाट । स्थानीय एफएमलाई अन्तर्वार्ता । बिजुवारमा बृहत् अन्तर्क्रिया कार्यक्रम । बिजुवारमै स्वर्गद्वारी प्युठान महोत्वको अवलोकन, शुभकामना सम्बोधन तथा सम्मान ग्रहण । पार्टी पङ्क्तिलाई वैचारिक राजनीतिक प्रशिक्षण । नवलपरासी प्रस्थान, साँझ नवलपरासीस्थित परासी बजारमा बास । फागुन ७ परासीमा पत्रकार सम्मेलन । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा स्थानीय उद्योगी–व्यवसायीहरुसँग अन्तर्क्रिया कार्यक्रम । ३० दलीय गठबन्धनको बृहत् अन्तर्क्रिया कार्यक्रम । परासीमा बिहानको खाना । धकधई, रुपन्देहीमा स्थानीय जनतालाई सम्बोधन । पक्लिहवा क्याम्पस, रुपन्देहीमा अखिल क्रान्तिकारीको आयोजनामा भएको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रमलाई सम्बोधन । भैरहवास्थित लुम्बिनी निर्माण व्यवसायी सङ्घको हलमा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम । साँझ कपिलवस्तुमा पार्टी नेता रामलौटन तिवारीको घरमा बास । फागुन ८ तौलिहवा, कपिलवस्तुमा पत्रकार सम्मेलन । ३० दलीय गठबन्धनको अन्तर्क्रिया कार्यक्रम । बुड्डीस्थित रुद्र बन्जाडेको घरमा बिहानको खाना । स्थानीय सिँचाई आयोजनाको अवलोकन । ३ बजे सल्यानका लागि प्रस्थान । बाटोमा पर्ने तुल्सीपुर, दाङमा सहिद स्मृति आवासीय विद्यालयको अवलोकन र विद्यार्थीहरुलाई सम्बोधन । तुल्सीपुरमै पत्रकार सम्मेलन तथा खाजा । कपुरकोट, सल्यानमा भव्य स्वागत । उद्योग वाणिज्य सङ्घ सल्यानद्वारा स्वागत तथा सम्मान र अन्तर्क्रिया कार्यक्रम । साँझ खलङ्गा, सल्यानमा बास । फागुन ९ खलङ्गामा पत्रकार सम्मेलन । स्थानीय एफएमलाई अन्तर्वार्ता । कर्मचारी मिलन केन्द्रको आयोजनामा स्थानीय कर्मचारीहरुसँग भेटघाट कार्यक्रम । आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रम । जिल्लास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकूद प्रतियोगिताको उद्घाटन तथा सम्बोधन । रुकुमका लागि प्रस्थान । बाटोमा थारमारे, सल्यानस्थित जनकल्याण उच्च माध्यमिक विद्यालयद्वारा स्वागत तथा सम्मानका साथै नेता भट्टराईबाट सम्बोधनपश्चात चियापान । थारमारेस्थित सहिदगेटको अवलोकन, सहिद परिवारद्वारा स्वागत । साँझ रुकुमको झुलनेटामा बाजागाजासहित स्थानीय जनताद्वारा स्वागत । साँझ सोलाबाङमा स्थानीय जनतालाई सम्बोधन, स्थानीय कर्मचारी विनाराम खड्काको घरमा खाना खाएर मुसीकोटमा बास । फागुन १० मुसिकोटमा कर्मचारी मिलन केन्द्रको आयोजनामा कर्मचारीहरुसँग भेटघाट र छलफल । रेडियो सानी भेरी एफएमलाई अन्तर्वार्ता । क्रान्तिकारी पत्रकार सङ्घको आयोजनामा बृहत् अन्तर्क्रिया । सहिद–बेपत्ताका परिवार, घाइतेहरुसँग भेटघाट तथा अन्तर्क्रिया । उद्योग वाणिज्य सङ्घ रुकुमद्वारा स्वागत तथा सम्मान । हजारौंको सहभागितामा मुसिकोटमा विशाल जनप्रदर्शन तथा जनसभा, सभालाई सम्बोधन । आन्तरिक पार्टी प्रशिक्षण । सिम्लेमा बिमला केसीको घरमा नास्ता । साँझ रिम्घामा काठमाडौंबाट लगिएको गाडी छोडी भेरी नदीको झोलुङ्गे पुल तरेर जाजरकोट प्रस्थान । जाजरकोट खलङ्गामा जुम्ल्याहा दाजुभाइको होटल लबकुशमा बास । फागुन ११ खलङ्गा, जाजरकोटमा पत्रकार महासङ्घ जाजरकोट शाखाको भवन अवलोकन । ३० दलीय गठबन्धनको संयुक्त अन्तर्क्रिया कार्यक्रम । पत्रकार भेटघाट कार्यक्रम । जाजरकोट दरबार अवलोकन । कर्मचारीहरुसँग छलफल तथा निर्देशन । स्थानीय विकास अधिकारीको आवासमा बिहानको खाना । आन्तरिक प्रशिक्षण कार्यक्रम । जाजरकोटबाट प्रस्थान । सल्लीबजार, सल्यानमा स्थानीय जनतालाई सम्बोधन तथा चिया–नास्ता । सल्लीबजारबाट अघिल्लो दिन छाडिएको गाडीमा लमही, दाङका लागि प्रस्थान । राति लमहीमा बास । फागुन १२ लमहीमा बिहानको नास्ता खाएर नवलपरासी प्रस्थान । सुनवलमा स्थानीय जनतालाई सम्बोधन तथा चियापान । डन्डा पुस्तकालयमा पत्रकार सम्मेलन । गुरु अधिकारीको घरमा बिहानको खाना । स्थानीय टेलिभिजन तथा एफएमलाई अन्तर्वार्ता । बृहत् अन्तर्क्रिया कार्यक्रम । आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रम । क. साहसकी आमाको मृत्यु भएकोमा उहाँको घरमा गई समवेदना व्यक्त । मुकुन्द सेन क्लबले निर्माण गर्न लागेको क्रिकेट रङ्गशालाको उद्घाटन । नवलपरासीमा केन्द्रीय सदस्यहरुलाई निर्देशन । काठमाडौंका लागि प्रस्थान । बाटोमा धादिङको मलेखुमा मशाल जुलुसपश्चात भएको कोणसभालाई सम्बोधन । राति करिव १० बजे सानेपास्थित निवासमा प्रवेश ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy