Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

के छ भने घनश्यामले ओलीलाई लेखेको पत्रमा ? पुर्ण पाठ पढ्नुहोस्

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन्। मंगलबार पत्र बुझाउँदै भुसालले अध्यक्ष केपी ओलीका कारण एमाले आन्दोलन विसर्जनतर्फ अघि बढेको बताएका हुन्।

उनले अध्यक्ष ओलीलाई आज वा भोलि वा पर्सी दण्डित हुनुपर्ने जवाफ दिएका छन्। भुसालले ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्युँझिनसमेत आग्रह गरे। उनले सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ ? भनेर ओलीमाथि प्रश्न उठाएका छन्।

‘तपाईं असहिष्णु हुनुहुन्छ। तपाईंसँग असहमत दोस्रो पुस्तालाई त तपाईंले किनारा लगाइ नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ,’ उनले पत्रमा भनेका छन्, ‘तपाईंसँग अहिले दोस्रो पुस्ताको जुन समूह छ, त्यसमध्ये केही धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारंगत भइसकेका छन्। उनीहरू जे गर्छन्, राजनीतिको व्यापार गर्छन्। त्यसबाहेक केही कमरेडहरू लामो समय मूलतः राजनीतिक आदर्शले प्रेरित भएर संघर्ष गरेर आएका हुन्। तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो र त्यसका पछाडि अझ अर्को पुस्ता तयार भइसक्ने थियो। तर, तपाईंका असहिष्णु छायामुनि टाक्सिँदै गएर उनीहरू केवल तपाईंका आदेशपालक जमातमा परिणत हुँदै गएका छन्।’

जवाफमा भुसालले अगाडि भनेका छन्, ‘पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो। त्यही अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो। मेरो लाख-लाख अनुरोध छ, कमरेड, यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ। आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending