Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

रायसुझावलाई आज साँझसम्म टुङ्गो लगाउने प्रमुख दलको सहमति

\"four१० साउन, काठमाडौँ । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट आएका रायसुझावलाई छलफल गरी आज साँझसम्म टुङ्ग्याउन प्रमुख चार दल सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख चार दलका शीर्ष नेताको बैठकले मस्यौदामा आएका रायसुझावलाई केलाएर सूचीकृत गर्न आ–आफना दलका प्रमुख सचेतकलाई जिम्मेवारी दिएको छ ।

यही साउनभित्रै संविधान जारी गर्न प्रमुख दलबीच भएको समझदारीअनुसार चार दलका प्रमुख सचेतकले जनताबाट आएका रायसुझावलाई दिउँसोसम्म सूचीकृत गर्ने र साँझ पुनः बस्ने चार दलको बैठकले त्यसलाई अन्तिम रुप दिने सहमति भएको हो ।

बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जनताबाट आएका सुझावलाई केलाएर कसरी सम्बोधन गर्ने भन्नेबारे दलबीच कुराकानी भएको जानकारी दिए । उनले भने, \'जनताबाट आएका सुझावबारे आ–आफ्नो पार्टीको धारणा बैठकमा संक्षेपमा प्रस्तुत भए हामीले कार्यकारी प्रमुख समावेशी हुनुपर्छ भन्ने धारणा राखेका छौँ, जनता समावेशी शासन चाहन्छ, त्यसकारण शासकीय स्वरुप समावेशी हुनुपर्छ भन्ने हाम्रो भनाइ हो\', उनले भने ।

त्यस्तै बैठकमा धर्म निरपेक्षताभन्दा अलिक नकारात्मक सन्देश गएकाले ‘सर्व धर्म, समभाव’ भन्दा सबैलाई हुने गरेर राख्नुपर्छ भन्ने र सङ्घीयताको सीमाङ्कन सकिन्छ भने अहिले गरेर जाँदा पछिलाई पनि सजिलो हुन्छ भनेर बैठकमा कुरा राखेको उपसभापति पौडेलले बताए । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले शनिबार भएको चार दलको बैठकको निर्णयबमोजिम आजको बैठकमा जनताबाट प्राप्त रायसुझावलाई कसरी ग्रहण गर्ने भन्नेबारे छलफल भएको बताए । \'चार दलका प्रमुख सचेतकले नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा प्रस्तुत देशव्यापी रुपमा आएका सुझावलाई आज दिउँसो केलाएर सूची तयार गरी साँझ बस्ने चार दलको बैठकबाट विषयगत, संविधानका विभिन्न भागमा आएका सुझावलाई टुङ्ग्याउने र ती सुझावअनुरुप साउनभित्र संविधान जारी गर्ने कुराकानी भएको छ\', उनले भने ।

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकले साउनभित्र नै संविधान घोषणा गर्नेगरी कार्यतालिका बनाएर अगाडि बढ्ने कुरालाई पुनः दृढता प्रकट गर्दै जनताबाट आएका सुझावलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल प्रारम्भ भएको जानकारी दिए ।

उनका अनुसार आजै साँझ छ बजे बस्ने चार दलको बैठकमा अहिलेसम्म प्राप्त सुझावलाई बुँदागत रुपमा अगाडि राखेर छलफल गर्ने निर्णय भएको छ । शासकीय स्वरुप, भौगोलिक सीमाङ्कन, धर्म निरपेक्षता, नागरिकतालगायत विषयमा मूलभूत विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल भएको उनले बताए ।

बैठकमा दलबीच भएको १६ बुँदे सहमति नबिथोलिने गरी जनताबाट आएका सुझावलाई कसरी समावेश गरी साउनभित्रै कुन प्रक्रियाबाट संविधान जारी गर्ने भन्नेबारे कुराकानी भएको थियो । त्यसबारे प्रमुख दलका प्रमुख सचेतकले आज ५ बजेभित्र जनताबाट आएका सुझावलाई छोट्याएर सूची तयारी गर्ने र त्यपपछि प्रमुख दलका प्रमुख नेताहरु बसेर अन्तिम रुप दिने दलीय सहमति भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending