Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आउन एमालेमा दबाब

\"CPN_Uml_Building\"१० साउन, काठमाडौं । नेकपा (एमाले)को आइतबारदेखि सुरु केन्द्रीय कमिटीको पाँचौ बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु पर्ने सुझाव आएकाले पार्टीले आफ्नो मत प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा राख्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यले जोड दिएका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीले संविधानसभाको निर्वाचन ताका पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा आफ्नो मत राखेको तर पछि त्यसबाट पछि हटे पनि अहिले जनताले पुनः पार्टीलाई त्यही विन्दुमा ल्याई पु¥याएको भन्दै त्यसमै पार्टीले अडान लिनु पर्ने बताएका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले जनताबाट आएको सुझावलाई संविधानमा उल्लेख गरेर अगाडि बढ्नु पर्ने बताएका थिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका सम्बन्धमा पार्टीको विशेष प्रस्तावसहितको प्रतिवेदन प्रस्तुत गर्दै लोकतान्त्रिक गणतन्त्र, सामाजिक सद्भाव, राष्ट्रिय विभेद्को अन्त्य र समृद्ध नेपालको परिकल्पनाजस्ता आधारभूत विषयमा पार्टीले आफ्ना अडान नछाड्ने जनाउँदै प्रत्यक्ष कार्यकारीको कार्यसूचीमा पनि सहमतिका लागि पहल गरिने बताएका बैठकपछि एमालेका केन्द्रीय सदस्य राजन भट्टराईले सञ्चारकर्मीलाई बताए । उनले अध्यक्ष ओली प्रत्यक्ष कार्यकारीका विषयमा सहमत नभएकाले बैठकमा दोहोरो छलफल भएको जानकारी दिए । तर ओली कुनै पनि विषयालई अड्काएर संविधान जारी नगर्ने पक्षमा नरहेको समेत उनले स्पष्ट पारे । अध्यक्ष ओलीले गत जेठ २५ मा चार दलबीच संविधान जारी गर्ने विषयमा भएको राजनीतिक सहमतिबारे जानकारी गराउँदै सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने भएकाले सो सहमति गरिएको स्पष्ट पारेका थिए । उनले संविधानको मस्यौदामा आफ्ना सुझाव दिएर सर्वोच्च अदालतले १६ बुँदे सहमतिको समर्थन गरिसकेको पनि बताए । बैठकमा संविधान निर्माणमा पार्टीको धारणा र समसामयिक स्थितिका अतिरिक्त, पार्टीको नियमावली, भूकम्पपछि सञ्चालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको समीक्षा, पार्टीको वार्षिक बजेटलगायत कार्यसूची रहेको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending