Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

हाम्रो मायायोधिन देशभक्ति अनी शून्य देशाभिमान

\"Surajहाम्रो \' देशभक्ति \' कतै फेसबुकमा छताछुल्ल छ कतै टवीटरमा चिरबीर गर्दैछ अनी कतै टिसर्टमा पोतीदैछ कतै कागजमा लेखीदैछ । हाम्रो \'देशभक्ति \' देश बन्द गर्दैछ । नेपालको \'देशभक्ति\' मध्यपुर्वमा पसीना बगाउदै छ अनी भारतमा \'भारी\' बोक्दै छ । हाम्रो देशभक्तिकोरीयामा पैसा कमाउदै छ साथै जापानमा परीश्रम बेच्दैछ । हाम्रो \'देशभक्ति\' मुम्बइका कोठीहरुमा बन्द छ अनी लैनचौरका कोठाहरुमा लाचार बनेर लुटीदैछ । काहा छ नेपाल देशमा नेपाली देशभक्त ?

यो \'देशभक्ति\' एक शब्द मात्र नभर एक रुपक र अलङ्कार हो । देशभक्ति बेगरको \'स्वदेशाभिमान\' र \'राष्ट्रयीय पहीचान\' खोक्रो आडम्बरी भर्म हो ।

के हो त देशभक्ति? हामी नेपाली कती देशभक्त छौत ? हाम्रो देशभक्ति कती अर्थपुर्ण छ ? के हामी वास्तवमै देशभक्त छौत ? यी र यस्तै प्रश्न म आफैलाइ सोध्दैछु अनी जवाफ पनी खोज्दछु ।

सामान्य सरल अर्थमा देशभक्ति \" \'स्वदेश\'प्रतीको प्रेम,  देशप्रतिको भक्तिभाव; देशको माया\'\" हो । यो भावनात्मक ,सैदान्तीक ,वैचारीक ,व्यवहारीक अथवा नैतीकविविध  प्रकारको हुन सक्दछ । देशभक्तिलाइ चरम ,सतेज ,संयमी ,स्फीतिरहित वा निती शास्त्रीय रुपमा देखा पर्दछ ।   स्टेफन नाथेन्ससन ले आफ्नो पुस्तक  \'प्याट्रोटीज्म मोरालीटी एण्ड पिस\' मा देशभक्तिलाइ यसरी परीभाषीत गरेका छन :-

देशभक्ति ~

-आफ्नो देश /स्वदेश प्रती विशेष स्नेह

:-स्वदेश सग गासीएको व्यक्तीगत परीचयको भावना

:-\'राष्ट्रहीत/देशको भलाइ \'प्रतीको विशेष चिन्ता

:-राष्ट्रहीत खातीर त्याग/बलीदान गर्ने इच्छा शक्ती [स्टेफन नाथेन्सन 1993, 34-35]

 

यो लेखको प्रस्तुतकर्ताले प्राप्त गरेको सबै भन्दा गहन परीभाषा यही नै हो । राष्ट्र~विहीन \'व्यक्तीगत परीचय\' हुदै हुदैन । यस्तै गरी केही विश्वप्रसीद्ध लेखक तथा दार्शनीकको विचार म राख्दैछु ।

 मार्क ट्वेनको भनाइमा \'\'देशभक्ति देश प्रतीको अटुट वफादारी वा भक्ती र हकदार अथवा लायक छ भने सरकार प्रतीको भक्ती अथवा प्रेम ।\'\'थोमस पैनीका अनुसार \" \'देशभक्त\'को कर्तव्य आफ्नो देशलाइ उसको सरकार बाट बचाउनु हो\" । यहा नेर मलाइ यी दुइ भनाइ किन उल्लेखनीय लाग्यो भने \'सरकार बिनाको देश र देश बिनाको सरकार\" त संभव छैन । \'सरकार विरोधी\' व्यक्ती कसरी देशभक्त हुन सक्दछ ? के देशप्रेम सरकारप्रेम बिना पुर्ण हुन्छ ? विरोधका लागी विरोध गर्नु र सरकारलाइ असहयोग गर्नु के देशभक्ति हो त ?

प्रष्ट भन्दा \'\'सरकारका सकारात्मक कार्यलाइ समर्थन गर्नु र नकारात्मक कार्यको विरोध गर्नु ।\' देशभक्त नागरीकको कर्तव्य हो । तपाइ एउटा के कुरामा स्पष्ट हुनुस भने सरकार भक्त नबनी तपाइ देशभक्त कुनै पनी हालतमा ठहरीनु हुदैन । तपाइको सरकार र राज्य व्यवस्था तपाइको प्रेमको लायक छैन भने तपाइले त्यो शक्ती अथवा विचार लाइ सरकार अथवा सत्तामा पुराउनुस जसलाइ तपाइ प्रेम गर्न सक्नु हुन्छ । जस्तो कि भारतमा जनताले मोदी लाइ स्थापीत गरे ।

देश र देशका नेता तथा सरकारमा फरक छ तर \'पतीत नेताको कारणले देशको पतन हुनु हुदैन ।\' साथै कुनै सरकार वा नेताको सती पनी देश जान सक्दैन । सरकार देशद्रोही भएको खण्डमा सरकार बाट देशलाइ जोगाउनु प्रत्यक देशभक्त नागरीकको कर्तव्य हो ।

जर्ज बर्नार्ड शा को भनाइमा \'\'देशभक्ति मूलरुपमा एक धारणा हो -\'तपाइको स्वदेश संसारकै सुन्दर छ किनकी तपाइ त्यो देशमा जन्मनु भयो\' ।\'\'

यो परीभाषाले कतीतीर पनी सङ्केत गर्दछ भने देशभक्ति हाम्रो जन्म सग जोडीएको छ । अर्थात पिता पुर्खा तीर पनी सङ्केत गर्दछ ।माल्कोम एक्सको भनाइमा \"तपाइ देशभक्तिमा यती अन्धो हुन मिल्दैन कि तपाइ सत्यको सामना गर्न नसक्नु होस र जे गलत छ त्यो गलत छ ! \"यो परीभाषाले \'अन्धो राष्ट्रवाद \'तीर सङ्केत गर्दछ ।

तपाइ यहानेर के प्रष्ट हुन जरुरी छ भने \'देशभक्ति बिनाको राष्ट्रवाद\'खोक्रो आदर्श\' मात्र हो । जस्तोकी  विपल्वको नेपालबन्द ! राष्ट्रवादको पक्षमा राष्ट्रबन्द ,निजी~सार्वजानीक~सरकारी सम्पती तोडफोड ,राजमार्ग~सहायकमार्ग बन्द जस्ता अराजक गतीविधी  राष्ट्रवादी कि राष्ट्रघाती ?

क्लारेन्स ड्रर्यारोको कथनमा \"साचो देशभक्तिले आफ्नो देश भीत्रको अन्याय लाइ अन्तकतै को भन्दा बढी घृणा गर्दछ ।\"

यो परीभाषा सगै एक प्रश्न उठदछ । \'देशबासी बिनाको देश हुदैन ।\' देश शरीर हो भने देशबासी आत्मा र प्राण हुन । म देशबासीलाइ प्रेम गर्दीन भने कसरी म देशभक्त हुन्छ ?

म देश भीत्र न्याय र समानताको पक्षमा छैन भने मेरो कस्तो देशभक्ति हुनेछ ?

प्रष्टै छ \'एउटा देशभक्त न्यायको पक्षधर र अन्यायको विरोधी हुन्छ ।\'अन्यथा उसले देशमाथी कुनैन कुनै रुपमा अन्याय गर्दछ । यहा चार्ल्स डी गौलेको देशभक्ति र राष्ट्रवाद को फरक छुटीने गरी दिएको परीभाषा पनी थपी हालौ \"देशभक्ति तब  हुन्छ जब आफ्नो देशबासी प्रतीको प्रेम पहीला आउछ यस्तै गरी राष्ट्रवाद तब हुन्छ जब आफ्ना अरुलाइ भन्दा पहीला देशबासी प्रती घृणा आउछ ।\" राष्ट्रवाद र देशभक्तिमा फरक यही छकी सबै देशभक्त राष्ट्रवादी हुन तर सबै राष्ट्रवादी देशभक्त नहुन सक्दछन ।

बव रिलेले देशभक्तिको सुन्दर वाक्य दिएका छन \"मैले धेरै पहीले देखी यो मानेको छु कि बलीदान देशभक्तिको शिखर हो ।\"अर्थात देशको लागी त्याग गर्नु अझ ज्यानै समर्पीत गर्नु देश भक्ती हो ।जेसे भेन्टुरा भावमा \"आफ्नो देशको लागी देशभक्ति केही यस्तो हो जुन आफ्नो ह्रदयबाट पैदा हुन्छ , यो तपाइलाइ तपाइका अभीभावक द्धारा सिकाइएको हुनु पर्दछ । \"

थाहा छैन हामी कतीले \'देशभक्ति\'अभीभावक बाट सिकेका छौ अनी कती आफ्नो देशको लागी बलीदान गर्न तयार छौ ? हामी कती नेपालीले आफ्नो व्यक्तीगत स्वार्थ भन्दा माथी उठेर देशको लागी सोचेका छौ ? वर्तमान नेपाली पुस्ताले देशका लागी प्राण त्याग र बलीदान त परका कुरा आफ्नो देशका लागी व्यक्तीगत स्वार्थ ,लोभ ,लालच र घमण्ड पनी त्याग गरेको भेटीदैन । थपी हालौ , एन्नी मेरी स्लटरले भनेकीछीन \'देशभक्ति\' ले \'लज्जीत\'  हुने त्यतीतै क्षमता मांग्दछ जती \'गर्व\' गर्ने स्थान खोज्दछ ।

बिल क्रिस्टल को पंक्तीमा \"देशभक्ति बर्बरता बाट मानव सभ्यता रक्षा गर्ने हतीयार हो ।\" थाहा छैन हाम्रो देशभक्ति आन्तरीक बर्बरता तीर लम्कदै छ अथवा बर्बरताबाट रक्षा गर्दैछ तर \"नेपाल लाइ नेपाली बाटै खतरा छ ।\" \"नेपाल लाइ नेपाली बाटै बचाउनु छ ।\" \"नेपाली समाजलाइ नेपाली समाज भीत्रकै बर्बरता बाट रक्षा गर्नु छ ।\"

सिनस्लेएर लेविश ले भनेका छन \"बौद्धीक रुपमा  म जान्दा छुकी कि अमेरिका  कुनै देश भन्दा राम्रो छैन :भावनात्मक भावनात्मक  रूपमा जान्दाछु कि अमेरीका हरेक देश भन्दा राम्रो छ ।\"यो भावना र बुद्धीको अन्तर छुटाउने देशप्रेम ले ओत प्रोत भनाइ थियो ।  धेरै अन्तराष्ट्रीयवादी संसार लाइ नै एक राष्ट्र ठानेर वक्तव्यबाजी गर्ने दार्शनीकले पनी कुनैन कुनै रुपमा आफ्नो देशभक्ति भाव प्रदर्शन गरेका थिए । जर्ज अरवेलको कथनमा \"देशभक्ति मुख्यत  कुनै ख़ास वर्गको घृणा भन्दा मजबुद हुन्छ  र  अंतराष्ट्रीयतावाद  भन्दा सधै मजबुद हुन्छ\" ।

\'देशभक्ति\'को सिद्धान्त माथी धेरै दार्शनीकले आलोचनात्मक टिप्पणी पनी दिएका छन जस्तै लियो टोल्सटोयले भनेका छन \'जती ठुलो देश उतीनै गलत र क्रूर उसको देशभक्ति, र  उतीनै धेरै यातना जुनपर उसको सत्ता  निर्माण भएको थियो ।\" टोल्सटोय ले यो तत्कालीन चरम युरोपी राष्ट्रवाद तीर सङ्केत गरेका हुन सक्दछन ।हावर्ड जिनको भनाइमा \"असन्तोष देश देशभक्तिको  उच्चतम  रूप  हो।\" युजीन भी डब्सले भनेका थिए \"

लडन को लागी म सग कुनै पनी देश छैन किनकी पृथ्वी नै मेरो देश हो र म यो संसारको नागरिक  हू ।\"यहानेर तपाइ के कुरामा स्पष्ट हुनुस भने डब्सको यो भनाइले लडाइ तीर मात्र सङ्केत गर्दछ देशप्रतीको जिम्मेवारी र कर्तव्य बाट विमुख हुने मार्ग देखाउदैन ।

नेपालमा मार्क्सवादीको जमात ठुलो छ मार्क्सवादमा देशप्रेमको पाटो पनी हेरी हालौ । कार्ल मार्क्स र मार्क्सवादीहरुले देशभक्ति र राष्ट्रवाद माथी धेरै दस्तावेज दिएका छन तर एकातीर कार्लमार्क्सले लोकप्रीयताका साथ\"श्रमीक/कामदार सग राज्य हुदैन / श्रम\"गर्ने मानीसको राज्य हुदैन ।\" भनेका छन ।अर्कातीर स्टालीनवादी र माओ विचार धाराकाहरु समाजवादी देशभक्तिको पक्षमा छन जुन एक देश एक समाजवाद~साम्यवादको पक्षमा छन । सामन्यत नेपालका कम्युनीष्ट दलहरुमा राष्ट्रवाद र देशमक्ती लोकप्रीयताका हतीयार मात्र हुन ।

नेपालमा बढा विचीत्रको राष्ट्रवाद छ चरम राष्ट्रवाद [Extreme Nationalism] भनौ नेपालमा बेला बेलामा चर्कने कुनै राष्ट्रवादी नाराले देशको राष्ट्रीयतामा कुनै उचाइ दिएको भेटीदैन । नितीशास्त्रीय राष्ट्रवाद भनौ त्यो पनी हैन । उदारवादी भनौ हामी रक्षात्मक स्थीतीमा पनी छैनौ ! नेपालमा बेला बखत देखा पर्ने राष्ट्रवाद र देशभक्तिको नारालाइ के भनेर परीभाषीत गर्दा उचीत होला ? यो प्रश्न तपाइहरुलाइ नै छोडदै छु ।युरोप राष्ट्रवादको चरम उत्कर्षमा हुदा अरवेलले निबन्ध लेख्दै भनेका थिए “देशभक्ति सैन्य र सांस्कृतीक, दुवै सर्न्दभमा रक्षात्मक प्रकृतीको श्रेणी हो ।\"

\'हिन्दु राष्ट्रवाद\' नेपालमा चरम उत्कर्षमा देखा परेको अर्को राष्ट्रवाद हो । नेपालका \'सास्कृतीक धार्मीक सम्पदाको संरक्षण र पुर्न-निर्माण गर्दै प्राचीन नेपालको ऐतीहासीक परीचय पुर्न-स्थापीत गर्नु \' एउटा पाटो हो भने हिन्दु राष्ट्रको राजनीतीक नाराबाजी अर्को पक्ष हो । तर  यो पंक्तीकारको निष्कर्ष के छ भने हिन्दु राष्ट्र हुदा नेपालको राष्ट्रीयता जती उच्च हुने थियो त्यती जोखीम पनी हुने थियो ।

\"dipendra_20130322090304-700\"लङ्काको विजय पश्चात लक्ष्मणले लङ्का स्वर्णीम छ लङ्कामानै राज गरेर बसौ भन्दा श्री राम ले लक्ष्मणलाइ जवाफ दिएका थिए \"अपी स्वर्णमय न मे लक्ष्मण रोचते जननी जन्मभुमीश्च स्वर्गदपि गरीयसी \" अर्थात \"लक्ष्मण लङ्का स्वर्णमय किन नहोस मेरा लागी जननी र जन्मभुमी स्वर्ग भन्दा उत्कृष्ट छन ।\"आदिकवी वाल्मीकी लिखीत रामायणको माथीको श्लोक बाटनै नेपाली राष्ट्रीय आदर्श वाक्य स्थापीत छ ।

यदी \'जननी जन्मभुमि/स्च स्वर्गदपि गरीयसि \'लाइ हामीले वास्तवमा आत्मसाथ गरेका भए हाम्रो देशभक्ति आज खोक्रो आदर्शमा सिमीत हुने थिएन ।

लेख निबन्ध जस्तो भयो साथै लामो भयो अब यो पंक्तीकार \"नेपाली देशभक्ति [ Nepalese Patriotism ] \" र \"नेपाली राष्ट्रवाद [ Nepalese Nationalism]\" माथी आफ्नो निष्कर्ष र यथार्थ प्रस्तुत गर्दछ ।

- देशभक्ति भावना सिद्धान्त , विचार र राजनीतीक नारा मात्र नभर व्यवहारीक र क्रियात्मक हुनु पर्दछ ।

-हिन्दु राष्ट्रको नारा लगाउनु मात्र राष्ट्रवाद हैन मठ मन्दीर सफा गर्नु वास्तवीक देशप्रेमको उदाहरण हो जस्तै विवेकशील नेपाली दलले धेरै मन्दीरको सर सफाइ र संरक्षण अभीयान चलायो ।

-भारत अथवा विदेशको विरोध गर्नु मात्र देशभक्ति र राष्ट्रवादी चरीत्र हैन स्वदेश निर्माण वास्तवीक देशभक्ति हो । राष्ट्र निर्माण वास्तवीक राष्ट्रभक्ती र राष्ट्रवाद हो ।

-कसैले बुद्ध भारतमा जन्मेको हो भन्दा विरोधमा आगो फुक्नु भावनात्मक राष्ट्रवाद हो तर वास्तवीक देश भक्ती लुम्बीनीको प्रचार प्रसार विकास साथै बुद्ध दर्शनलाइ जीवन्त तुलाउनुमा छ ।

- आर्थीक समृद्धी बिनाको राष्ट्रीयता कमजोर हुन्छ त्यसैले नेपाल पहीला आर्थीक रुपमा समृद्ध र आत्म~निर्भर हुनै पर्दछ ।

- विदेशी अनुदान र सहयोग लीदा हाम्रो राष्ट्रीयता गिर्दछ त्यसैले अनुदान नलीने रणनीती अख्तीयार गर्नु पर्दछ ।

-जस्तै विवेकशील नेपाली दलले अनुदान हैन लगानी लाइ प्रथामीकता दीउ भन्दै अनुदान लीने सरकारी लाचार शैलीको विरोध गरेको थियो ।

-पर~निर्भर हुनेकी आत्म~निर्भर हुने मात्र प्रश्न हैन प्रश्न लाचार खोक्रो राष्ट्रवादी हुनेकी देशभक्त हुने ? यो पनी उठदछ ।

-नेपाली सङ्गीत क्षेत्रले देशभक्तिले ओतप्रोत गीतहरु धेरै दिएको छ जस्तै जेम्स प्रधानको मलाइ प्यारो लाग्छ मेरो देश ,रमेश र रायनको गाउ गाउ बाट उठ ,शिव शङ्करको म मरे पनी मेरो देश बाची रहोस ,रामकृष्ण ढकालको मेरो खुकुरीको साथै बलीदान र दशगजा जस्ता चलचीत्रले पनी देशभक्तिको सन्देश दिएका थिए । जब जब देशभक्ति का गित सुन्छौ तब हाम्रो रगत उम्लेर आउछ देशप्रेम ले भाबुक हुन्छौ तर देशभक्ति क्षणीक भावना मात्र   हैन । यो अपरीवर्तनीय प्रतीबद्धता हो । यो निरन्तर राष्ट्रलाइ प्रेम गर्नु र बदलामा केही अपेक्षा नगर्नु हो । स्वदेश प्रती आजीवन निस्वार्थ र निसर्त गरीने प्रेमनै वास्तवीक देशभक्ति हो ।

-देशभक्ति भौगोलीक परीधी भन्दा माथी हुन्छ जस्तै प्रवाशी नेपालीले पनी देशलाइ माया गर्दछन विदेशमा बसेर पनी नेपालको लागी योगदान गर्दछन तर अझ उच्च \'देशभक्ति जन्मभुमीमानै रहेर जन्मभुमीको सेवा गर्नु हो ।\'

- सम्पुर्ण नेपाली प्रती जात-जाती ,भाषा-भाषी ,रिती-थीती ,चालचलन ~संस्कृती आर्थीक-सामाजीक-बौद्धीक वैचारीक क्षमता अथवा शारीरीक अवश्थाको आधारमा विभेद नगरी प्रेम र सम्मान गर्नु पनी प्रत्यक देशभक्त नेपालीको कर्तव्य हो ।

- देश भीत्रका सार्वजानीक-सरकारी साथै प्राकृतीक ,धार्मीक र सांस्कृतीक सम्पदाको माया नगरी देशभक्तिअथवा राष्ट्रवाद पुर्ण हुदैन ।

- देशको प्राचीन इतीहास र ऐतीहासकीकता सग देशको पहीचान र परीचय गासीएको हुन्छ त्यसैले देश भीत्रका प्राचीन संस्कृती -रीती थीती र चालचलन साथै प्राचीन सम्पदाको संरक्षण गर्नु पनी देशभक्तिकै एक अनीवार्य व्यवहारी पक्ष हो ।

-सरकार लाइ कर तीर्नु सहयोग गर्नु देशभक्त नागरीकको कर्तव्य हो तर सरकार देशद्रोही र भ्रष्ट छ भने सरकारलाइ असहयोग गर्दै देशभक्त पारदर्शी सरकार स्थापीत गर्नु पनी देशभक्तको जिम्मेवारी हो ।

-राष्ट्र सेवक नेतृत्व लाइ साथ दीनु र देशद्रोही नेतृत्वलाइ वर्खास्त गर्नु देशभक्त नागरीकको कर्तव्य हो ।

बृहत राष्ट्रीय एकता बिनाको खण्डीत देशभक्ति वास्तवमानै प्रभावकारी हुदैन ।

जात ,धर्म ,लिङ्ग र भुगोल भन्दा माथी उठेर हामी कहीले नेपाली हुने ?

विवेकशील नेपाली दलको एउटा वाक्य सापट लीदै भन्दा \"देशभक्त भनेर देखाउने कि बनेर देखाउने अथाव गरेर देखाउने ?\" मैले फेसबुकमा केही साथीलाइ देशभक्ति र राष्ट्रवाद भनेको के हो भनेर सोधेको थिए । मित्र रोजन वाग्लले बढा मननीय जवाफ दीनु भयो \" जे म देशका लागी व्यवहारमा गर्छु त्यो देश भक्ती हो । जे म बोल्छु त्यो राष्ट्रवाद हो ।\" रोजन जी को परीभाषा गहन लागेर यहा उल्लेख गरेको हु । खोजी व्यवहारीक राष्ट्रवादको हो । खोजी विवेकशील देशभक्तिको हो । देशले मागेको कर्मशील सत्यशील विवेकशील देशभक्तिहो ।देशभक्ति खोक्रो नारा हैन ।

अर्का एक जना मित्र कृष्ण वहादुर शाहीले देशभक्त र राष्ट्रवाद नेपालमा जनतालाइ भर्म छर्न प्रयोग भएको बताइरहदा म यो सत्यलाइ अस्वीकार गर्न सक्दीन ।

हामी नुन देखी सुन सम्म विदेशी खोज्दछौ ,अथवा खरीद गर्दछौ तर हामीले स्वदेशी उत्पादनलाइ कती महत्व दिएका छौ ?

मुख्य कुरा के हो भने हामीलाइ जब सम्म हामीले बदल्दैनौ तब सम्म हामीलाइ कसैले परीवर्तन गर्न सक्दैन । कालापानीमा गर राष्ट्रीय झण्डा गाडनु मात्र देशभक्ति हैन सडकमा जथाभावी फोहोर नगर्नु पनी देशभक्ति हो भनेर जब सम्म हामीमा व्यवहारीक देशभक्तिस्थापीत हुदैन तब सम्म हाम्रो देशभक्ति केवल विचारमा सिमीत हुनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending