Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

भारतमा कोरोनाको खतरनाक रुप : एकैदिन २६ सयको मृत्यु, ३ लाख बढी संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले तीब्र गति लिएको छ । हरेक दिन कोरोना संक्रमितको संख्या हजारौंले थपिन थालेको छ ।

शुक्रबार मात्रै भारतमा तीन लाख ४४ हजार ९४९ जनामा कोरोना देखिएको छ । सोही दिन २६२० जनाको मृत्यु भएको छ ।

यसअघि बिहिबारका दिन ३ लाख ३२ हजार ३२० जना संक्रमित भएका थिए । बुधबार भने यो संख्या ३ लाख १५ हजार थियो ।

भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख बढी भएको छ । संक्रमण तीब्र भएपछि स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ । देशैभरी अक्सिजनको कमी भएका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।

महाराष्ट्र, नयाँ दिल्ली लगायत कैयन राज्यले लकडाउनको घोषणा गरेका छन् ।

भारतले खोप अभियान तीब्र पारेको छ । तर खोप लगाएका व्यक्तिहरुमा समेत कोरोना देखिएको छ । कोरोनाका लहर तीब्र भएपछि भारतका मुख्य शहरहरुमा कामको खोजीमा गएका प्रवास मजदूरहरु फर्किने क्रम बढेको छ । केही दिन अघि हरिद्वार कुम्भ मेलाका अवसरमा जुटेको लाखौंको भीडका कारण समेत कोरोना संक्रमण तीब्र गतिमा बढेको छ ।

नेपालबाट कुम्भ मेला गएकामध्ये १० जना संक्रमित भेटिएका छन् । कुम्भ मेलामा पूर्व राजा ज्ञानेन्द्र समेत सहभागी भएका थिए । उनीलाई पनि कोरोना संक्रमण भएको छ ।

नेपाल भारत सीमा क्षेत्रबाट नेपाल फर्किनेहरुको संख्या समेत बढेर गएको छ । यसबाट सीमावर्ती जिल्लाहरुमा संक्रमणको जोखिम उच्च भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies