Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सहयोग रकम सदुपयोग गर्न लागि परेको छुः प्रधानमन्त्री कोइराला

\"Sushil_Koirala\"११ साउन, काडमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडित नेपाली जनताको राहत र पुनःस्थापनाका लागि देश र विदेशबाट आएको सहयोग रकम र सामग्रीको सदुपयोग गर्न लागि परेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान विभिन्न सङ्घसंस्थाबाट भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापना कार्यमा सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन् । ‘प्राप्त सहयोगको सदुपयोग होस् भनेर लागि परेको छु’ –प्रधानमन्त्री कोइरालाले भेटका क्रममा भने । इमेजबाट साढे १३ लाख भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापना कार्यमा सघाउन इमेज ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख ५९ हजार पाँच सय ३२ प्रदान गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष आरके मानन्धरले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा अध्यक्ष मानन्धरले कोषमा दिइने रकम सदुपयोग हुनेमा ढुक्क भएको बताए । उनले सञ्चारमाध्यमका सञ्चालक भएको नाताले राहत र पुनःस्थापना कार्यको सञ्चारमाध्यमबाट नियमित निगरानीसमेत हुने बताका थिए । इमेज ग्रुपले भूकम्पपीडितको सहयोगका निम्ति आफूले एक लाखको बीउ पुँजी राखेर खाता खोलेको थियो । सोही खातामा भूकम्पपीडितको निम्ति सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरिएको थियो । टुरिज्म डेभलपमेन्टले थप्यो दश लाख भूकम्पपीडितलाई राहत र पुनःस्थापनामा सहयोग गर्न टुरिज्म डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १० लाख प्रदान गरेको छ । गत जेठ महिनामा पनि बैंकले कोषमा १० लाख प्रदान गरेको थियो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष डा पुष्पराज कँडेलले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा बैंकका सञ्चालक रामेश्वर उपाध्याय, महेश ढकाल, मनोज खड्का, विजय उप्रेती र सुमनराज कँडेलको पनि उपस्थिति रहेको थियो । पिटरबरोका नेपालीले दिए पाँच लाख भूकम्पमा परेका नेपालीको राहत र पुनःस्थापना कार्यलाई सघाउन पिटरबरोमा कार्यरत नेपालीको संस्था पिटरबरो नेपाली समाज युकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रकम हस्तान्तरण गर्न पुगेका संस्थाका अध्यक्ष केशव भण्डारीले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । समाजले भूकम्पपीडितका लागि विभिन्न जिल्लामा १२ लाखको राहत पनि वितरण गरेको जनाएको छ । ढुवानी व्यवसायीले दिए चार लाख भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यलाई सघाउन ढुवानी व्यवसायी महासङ्घ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार लाख एक हजार सहयोग प्रदान गरेको छ । बालुवाटारमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष शन्तबहादुर डुम्जनले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरणमा महासङ्घका अच्युतराज खनाल, केदार बानिया, अरुण श्रेष्ठ, विश्वनाथ खनाल र दुर्गा दुलालको पनि उपस्थिति रहेका थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending