काठमाडौँ । अमेरिकामा हालसम्म १२ देखि १५ वर्षका बालबालिकालाई पनि कोभिड भ्याक्सिन दिन सकिनेछ ।
न्यूज एजेन्सी रोयटर्सको खबरका अनुसार यो अभियान दुई दिनपछि अर्थात् १३ मेदेखि हुने बताइएको छ ।
अमेरिकी नियामकले फाइजर–बायोएनटेकको कोभिड–१९ भ्याक्सिनलाई किशोर .(१२–१५) वर्षमा प्रयोगका लागि आपतकालीन मञ्जुरी दिएको छ ।
यो पहिलो भ्याक्सिन हो जुन १२ वर्षदेखि १५ वर्षका बच्चालाई दिइँदैछ । यो उमेरका बालबालिकालाई दिन लागिएको खोपलाई एउटा ठूलो कदमको रुपमा हेरिएको छ जसका कारण सायद उनीहरुको भोलिको जीवन सामान्य हुन सकोस् र उनीहरु पुनः विद्यालय जान सकून् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले राज्यसँग उनीहरुले आफ्ना युवा किशोरलाई छिटोभन्दा छिटो भ्याक्सिन उपलब्ध गराउन भनेका छन् ।
उनले भने, ‘यदि तपाईं एक अभिभावक हुनुहुन्छ्, आमाबुवा हुनुहुन्छ जो आफ्नो बच्चालाई सुरक्षित राख्न चाहनुहुन्छ वा आफैं त्यस्तो बालबालिका हुनुहुन्छ जो भ्याक्सिन लगाउन इच्छुक हुनुहुन्छ भने आजको यो निर्णय निकै आशालाग्दो र महत्वपूर्ण छ ।’
अमेरिकामा १६ वर्षका किशोर–किशोरीका लागि आपतकालीन स्थितिका लागि पनि खोप उपलब्ध छ ।
अमेरिकी खाद्य एवं औषधि प्रशासन केन्द्रले जैविक मूल्यांकन एवं अनुसन्धानका निर्देशक पिटर मार्क्सले पत्रकार सम्मेलनमा कोरोनाभाइरसको संक्रमण रोक्न र त्यसको रोकथामका लागि अमेरिकी केन्द्रको एक सल्लाहकार समितिलाई सल्लाह र निर्देशनपछि राज्य आफ्नो यहाँ बच्चालाई भ्याक्सिन लगाउन सक्छ । जुन १२ मे देखि जारी गरिनेछ ।
जुन बच्चामा कोरोना संक्रमण छ उनीहरुमा धेरैजसो हल्का लक्षण नै देखिन्छ । अथवा, उनीहरुमा कुनै लक्षण नै देखिँदैन । यद्यपि, उनीहरु गम्भीर रुपमा बिरामी हुनै सक्दैनन् भन्ने पनि होइन । उनीहरुले भाइरस फैलाउन पनि सक्छन् ।
अमेरिकी खाद्य र औषधी प्रशासन (एफडीए) का आयुक्त डा। जेनेट वुडककले यो कदमले आफूलाई सामान्य स्थितिमा फर्कन र महामारीलाई समाप्त गर्नमा मद्दतगार साबित हुने बताए ।
अमेरिकामा हालसम्म करिब २६० मिलियन डोज दिइसकिएको छ तर अब यसको माग कम भइरहेको छ ।
वुडककले आफ्नो बयानमा भने, ‘हामी आमा–बुवा र अभिभावकलाई यो आश्वासन दिन सक्छौं कि एजेन्सीले सबै उपलब्ध आँकडाको समीक्षा गरेको छ ।’
सोमबार यसको सफल परीक्षणको घोषणाका साथै १२ वर्षदेखि १५ वर्षका किशोर–किशोरीमा फाइजरको आपतकालीन प्रयोगको मञ्जुरी दिएको छ ।
यो निर्णय क्लिनिकल ट्रायलको सफल नतिजा आएपछि लिइएको हो । यसमा भ्याक्सिनको २२६० बालबालिकामाथि ट्रायल गरियो । उनीहरुको उमेर १२ देखि १५ वर्ष थियो ।
- बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: