Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लम्बियो:अत्यावश्यक उडान जारी

रासस

काठमाडौ । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो । तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ ।  उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ । नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो ।

अहिले अन्तरराष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित सङ्ख्यामा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । सरकारले कोभिड महामारी नियन्त्रणका लागि वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका छन् ।

विमानस्थल कार्यालयका अनुसार मङ्गलबार अन्तरराष्ट्रियतर्फ कार्गो तीन कार्गो, दुई चार्टर्ड र एक एयर एम्बुलेन्स गरी कूल छ उडान भएका छन् । नेपाल वायुसेवा निगम ९एयरलाइन्स० ले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डरसहितका सामग्री ल्याएको थियो भने हिमालय एयरलाइन्सले चीनको कुनमिङमा दुई उडानमार्फत कार्गो तथा बङ्गलादेशमा एक चार्टर्ड उडान गरेको छ । दुबईबाट रोयल एयर एम्बुलेन्सको नेपालमा एक उडान भएको छ ।

अन्तरराष्ट्रियमा आज विभिन्न एयरलाइन्सका चार कार्गो, एक ट्राभल बबल र एक ट्रेनिङ उडान हुने विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी मङ्गलबार ६२ उडान भएका थिए । 

अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् ।

अघिल्लो वर्ष कोभिड–१९ सङ्क्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान स्थगन गरेको थियो । महामारी घटेपछि गत भदौ १६ गतेदेखि अन्तरराष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याएको थियो ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy