Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अन्तरराष्ट्रिय नर्सिङ दिवस, पिपिईभित्र गुम्सिँदै सेवामा नर्सहरू

रासस

चितवन । विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्को गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू ।
 
जिल्लाका अस्पतालहरूमा अहिले कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या उल्लेख्य छ । अस्पतालहरूले बिरामीका लागि श्यया पु¥याउन धौधौ भइरहेको बेला जहाँ खाली ठाउँ छ त्यही श्यया तयार गरेर सङ्क्रमितको उपचार गरिरहेका छन् । मुख्य रूपमा चौबिसै घण्टा सेवामा तल्लीन नर्सहरूलाई न गर्मीका प्रवाह छ, न त आफ्नो पीडाको नै । विगतमा गर्दै आएका काममा नर्सहरूलाई दोब्बर कामको जिम्मेवारी थपिएको छ । जिल्लामा यसरी दुई हजार हाराहारी नर्सहरूले काम गरिरहेका छन् ।
 
भरतपुर अस्पतालमा विगत लामो समयदेखि बिरामीको सेवा गर्दै आएकी सरिता भण्डारी अहिले कोभिडका बिरामीका कारण बस्ने फुर्सदसमेत पाउन कठिन भएको बताए । अस्पतालले सञ्चालन गरेको कोभिड वार्डमा नर्सिङ प्रमुखका रूपमा कार्यरत उनी ३० जना जनशक्तिले १४५ जना सङ्क्रमितको चौबिसै घण्टा सेवा गरिरहनुपरेको गुनासो गरिन् ।
 
उनले भनिन्, “हाम्रा लागि नर्सिङ दिवस बिरामीको सेवा गर्न पाउनु रहेको छ ।” अस्पतालमा ड्युटीमा रहेका नर्सहरूले वार्डमा छिरिसकेपछि पानी पनि नखाई सेवा दिँदै आएको उनले जानकारी दिए । उनले थपिन् । “गर्मीको समय छ । पिपिई लगाएर भित्र छिरेपछि ६ देखि ७ घण्टा त्यो नखोली काम गर्ने हो ।” बिरामीको कठिनाइ देखेर आफूहरुको दुःख हराउने गरेको अनुभव उनले सुनाइन् । नर्सहरूलाई बिरामी भएको ठाउँमा पठाउँदा पहिले नै आवश्यक खाना, नास्ता खुवाएर मात्र पठाउने गरेको उनको भनाइ छ ।
 
यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत प्रशंसा शर्मा कोभिड सङ्क्रमितको उपचार गर्न पाउँदा खुशी लागेको बताइन् । सुरुआतको समयमा केही कठिनाइ भएको भए पनि अहिले त्यस्तो नरहेको उनको अनुभव छ । अहिले अस्पतालको क्वारेन्टिनमा रहेकी उनले भनिन्, “एक साता १२ घण्टाका दरले काम गरे पनि थकान महसुस हुन पाएन ।”
 
बिरामी भएको ठाउँमा जाँदादेखि आफ्नो काम नसकिन्जेल सामान्य तय पिपिई नखोली बस्नुपर्ने र खाना, पानीलगायत केही खान नपाउने भए पनि बिरामीको सेवा नै धर्म हो भन्ने महसुस गरेर उपचारमा खटिएको उनको भनाइ छ । उनले भनिन्, “सङ्क्रमितको उपचारमा लागेर बिरामी निको भएर फर्कंदा झन् धेरै खुशी लग्छ ।”
 
नेपाल नर्सिङ सङ्घ जिल्ला शाखा चितवनका सचिव विष्णुमाया अधिकारी अहिले देशभरका नर्सहरूले खाईनखाई उच्च जोखिम मोलेर सेवामा समर्पित भएको बताइन । यद्यपि नर्सहरूप्रति आम सर्वसाधारण जनता, सरकार र व्यवस्थापकहरू सकारात्मक रूपमा नलिएको उनको गुनासो छ ।
 
कोरोना सङ्क्रमितको सेवामा जुट्दै गर्दा आवश्यकताअनुसार सुरक्षा कवज नभएको, पारिश्रमिक समयमा प्राप्त गर्न नसकेको, सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको, जोखिम भत्ता पाउन नसकेको उनको दुःखेसो छ । बिरामी अस्पताल छिरेदेखि डिस्चार्ज हुँदासम्म ९० प्रतिशत उपचारमा नर्सिङ स्टाफहरु खट्ने अधिकारी बताइन् ।
 
सङ्घकी जिल्ला अध्यक्ष मथुरा सापकोटा उत्पादनको अनुपातमा रोजगारी कठिन भएको बताइन । बिरामी सङ्ख्याका आधारमा न्यून नर्सहरूबाट काम गर्नु परेको उनको भनाइ छ । उनले भनिन्, “थोरै सङ्ख्यालाई धेरै काम लगाइएको छ । यो नेपाल सरकारको नीति विपरीत पनि हो ।” आवश्यक मात्रामा तालीम पाउन नसक्दा गुणस्तर बढाउन नसकिएको उनको भनाइ छ ।
 
दैनिक १२र१४ घण्टासम्म बिरामीको उपचारमा नर्सहरू लाग्नु परेको बाध्यता पनि उनले सुनाइन,  “आफू बिरामी भएर पनि बिरामीको सेवामा हाम्रा नर्सहरू लागिरहेका छन् ।” जिल्लामा मात्रै चार सयभन्दा बढी नर्सहरू कोभिड सङ्क्रमणमा परेको भन्दै उहाँले यसरी जोखिममा काम गर्दासमेत सरकार र अस्पताल सञ्चालकहरूले नर्सहरूका माग सम्बोधन गर्न नसकेको बताइन ।
 
अस्पताल स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७३ ९संशोधन० मा शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रतिश्यया कम्तीमा एक शल्यचिकित्सक, एक एनेस्थेटिक्स, एक इन्चार्ज, एक शल्यक्रिया सहायक र एक नर्स हुनुपर्ने, जनरल कक्षमा प्रतिचारदेखि ६ श्ययामा एकजना स्टार्फ नर्सको व्यवस्था भएको हुनुपर्ने व्यवस्था छ । 

यस्तै, इमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रतिदुई श्ययामा एक स्टार्फ नर्सको व्यवस्था हुनुपर्ने, सघन उपचार कक्ष (आइसियु, एनआइसियु, सिसियु आदि) मा प्रतिश्यया एकजना नर्सको व्यवस्था हुनुपर्ने र प्रसूति कक्षको लेबर श्ययामा प्रतिबेड दुई एसबिए तालीम प्राप्त नर्स वा मिडवाइफरीको व्यवस्था हुनुपर्ने व्यवस्था छ ।
 
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी कोरोनाका बिरामीको उपचारमा नर्सहरुको भूमिका प्रशंसनीय रहेको बताए । उनले भने, “दुई मिनेट मात्रै अक्सिजन छुट्यो भने बिरामीको ज्यान जान्छ, त्यो सबै व्यवस्थापन नर्सहरूले गरिरहेका छन् ।” एउटा बिरामीको उपचारमा ९० प्रतिशतत भूमिका नर्सहरूको रहने उनको भनाइ छ । कोरोना सङ्क्रमितहरूको छुट्टै औषधि नहुने, अक्सिजन र सेवाबाटै उपचार हुने हुँदा नर्सहरुको भूमिका थप महत्वपूर्ण भएको उनले बताए  । 
    
फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिनका अवसरमा यो दिवस मनाउने गरिएको छ ।  नेपालमा २०१३ सालदेखि नर्सिङ पेशा शुरु भएको मानिन्छ  । विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies