Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

निषेधाज्ञाले आवागमन पातलिए सँगै वनक्षेत्रमा शिकारी र तस्करको चहलपहल बढ्दो 

रासस

महोत्तरी । चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ ।

जिल्ला र छिमेकको सर्लाहीमा समेत निषेधाज्ञाको मौका छोपी वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेको हो । तस्कर चालढाल बुझ्न वन पस्ने गरेका भए पनि शिकारी चाहिँ दिनहुँ बँदेल, हरिण, मृग, दुम्सीलगायत वन्यजन्तुको शिकार गरेर फर्कने गरेका वनसँगै जोडिएको गौशाला–८ ढल्केवर बस्तीका बासिन्दाको भनाइ छ ।
    
“काठ तस्कर चाहिँ वनको सुरक्षा अवस्था बुझ्न पस्ने गरेका छन्, पछिल्लो निषेधाज्ञाबीच काठ नै ओसारिएको देखिएको छैन”, ढल्केवरकी नरमाया ल्हायोले भने, “तर शिकारीले चाहिँ जङ्गलबाट शिकार बोकेर भाग्ने गरेका छन् ।” निषेधाज्ञाबीच सुरक्षा गस्ती पातलिएसँगै यो चहलपहल बढेको ल्हायोको भनाइ छ ।

महोत्तरी र सर्लाहीको सीमाक्षेत्रका जङ्गलमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका पक्षी बाक्लै छन् । शिकारीको निसाना बँदेल, मृग, हरिण, दुम्सी र पक्षीमा हुने गरेको वनक्षेत्र नजीकका बासिन्दा बताउँछन् । 

बिहीबारमात्र जिल्लाको बर्दिबास–५ टुटेश्वर वनक्षेत्रमा सिकारका लागि वन पसेका शिकारीको प्र २ –०२–००२ प ५३५७ नंको स्कुटी, एक थान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामको बलको झोला र २५ ग्राम बारुद प्रहरीले बरामद गरेको थियो । शिकारका लागि वन पसेका शिकारी पछिपछि गस्तीमा निस्केको माईस्थान अस्थायी प्रहरी पोष्टका प्रहरीलाई देखेर आफ्ना सामान छाडेर भागेका थिए । 

घटनाको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरिसकेको छ । बरामद गरिएका भरुवा बन्दुकसहितका सामग्रीलाई प्रहरीले नियन्त्रणमा लिई स्कुटी चालकको खोजतलास र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

त्यस्तै महोत्तरी÷सर्र्लाही सीमाक्षेत्रको सर्लाहीतर्फको वनक्षेत्रमा त शिकारी र प्रहरीबीच गोली हानाहान नै भएको छ । सागरनाथ वनमा शिकारी पसेका थाहा पाएर पिछा गर्दै पुगेका प्रहरी र शिकारीबीच पनि बिहीबार साँझ नै गोली हानाहान भएको हो । प्रहरीमाथि शिकारीले भरुवा बन्दुकबाट फायर गरेपछि प्रहरीले दुई राउन्ड जवाफी फायर गरेको थियो । 

प्रहरीले लघारेर शिकारीमध्येका एकलाई नियन्त्रणमा लिएको र तीनजना भागेका जनाएको छ । त्यहाँ प्रहरीले एक मृत नीलगाई, तीन थान भरुवा बन्दुक, फलामका काँटी र बारुद बरामद गरेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, सर्लाहीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।
           
वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेपछि नजीकका बासिन्दा डराएका छन् । तस्कर र शिकारीले आपूmहरुसँग कसैलाई पोल लगाए कुटपिट गर्ने धम्कीसमेत दिने गरेका सर्वसाधारणको भनाइ छ । वनक्षेत्र नजीकका बासिन्दाले सम्बद्ध पक्षसँग सघन गस्ती बढाउन माग गरेका छन् ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख विनोदकुमार सिंहले शिकारीले गतिविधि बढाएको स्वीकार गर्दै वन सुरक्षा गस्तीलाई सक्रिय बनाइएको बताए । कार्यालयले बर्दिबास र गौशाला नगरक्षेत्रका वनमा सघन गस्तीका लागि आफ्नै अधिकृतको कमान्डमा सुरक्षाकर्मी परिचालित गरिएको जनाएको छ । यस क्रममा गस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनसँग समेत समन्वय गरिएको सिंहको भनाइ छ ।
   
जेठ लागीकन वनमा शिकारी र काठ तस्कर नपसेका डिभिजन वन कार्यालयको निष्कर्ष छ । पछिल्लो साता वनका कुनै रूख नकाटिएका र वन्यजन्तुको विचरण पनि राम्रो रहेको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले बताए । “जिल्लाका बस्तीमा लकडाउनबारे आम मान्छेमा बढेको सकारात्मक सचेतनाले सवारी आवागमन एकदमै पातलिएको छ”, साहले भने, “सवारी आवागमन हुन नदिन बढेको कडाइले वन सुरक्षामा पनि सकारात्मक प्रभाव पारेको छ ।” 

यसैगरी जेठ लागीकन लगातार भइरहेको वर्षाले पनि बाह्य चहलपहल घटाएको देखिँदो छ । यसबीचमा डिभिजन कार्यालय मातहतका जिल्लाका छ सबडिभिजन कार्यालयमध्ये सघन वनक्षेत्रसँग जोडिएका चारले आफ्ना क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिको तत्परतामा वन संरक्षण समन्वय संयन्त्र गठनसमेत गरेका छन् । चार सबडिभिजन मातहतका ७० जति सामुदायिक वन उपभोक्ता समितिले आ–आफ्ना क्षेत्रभित्र बनाएका संयन्त्रको खबरदारीले पनि तस्कर वन पस्न डराएका डिभिजन वन कार्यालयको निष्कर्ष छ । जिल्लामा २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ ।

“कार्यालयकै विशेष तालीमप्राप्त तीन सुरक्षा गस्ती टोली पालो÷पालो गस्तीमा जाँदैछन्, सामुदायिक वन उपभोक्ता समितिले सबडिभिजन क्षेत्रमा संयन्त्र गठन गरेर सक्रियता बढाएपछि तस्करमा झन् डर पसेको छ”, डिभिजन प्रमुख साहले भन्नुभयो, “पछिल्लो पटक लकडाउनमा बढेको कडाइले वनक्षेत्र अहिले शान्त बनेको छ ।”

यसअघि चैत तेस्रो साताको शुरुदेखि वैशाखसम्म भने वनमा वन्यजन्तुको चोरी शिकार र रूख कटान भइरहेको पाइएको थियो । सो अवधिमै वन सुरक्षा गस्तीले करीब ४०० क्युविक फिट (घनफिट) साखु (साल) का नयाँ कटान गरिएका काठ विभिन्न ठाउँबाट बरामद गरिएको थियो । त्यसै अवधिमा टेम्पु र मोटरसाइकलसहितका काठ ओसार्न प्रयोग गरिएका सवारी साधन र दुईजनालाई सुरक्षा गस्तीले पक्राउ गरेर कार्वाही प्रक्रिया बढाइसकेको छ । यसै अवधिमा नीलगाई, चित्तल र हरिणसहित सात वन्यजन्तुको उद्धार गरिएको कार्यालयको तथ्याङ्क छ ।

पछिल्लोपटक महोत्तरी र सीमा जोडिएका धनुषा तथा सर्लाहीमा दिनहुँजसो कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्वसाधारण नै लकडाउनप्रति सकारात्मक हुँदै गएका छन् । जिल्लाका बस्ती÷बस्तीमा स्थानीय तदारुकतामा बाटो हिँड्ने मान्छेको पहिचान र आउनेजाने मान्छेको खोजी बढ्दै गएपछि सडक सुनसान देखिन थालेका छन् । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy