Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

कर्णाली करिडोरको निर्माण कार्य तीव्र

रासस

हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा– सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच बिभिन्न सडक खण्डमा निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको च्याछरा भिर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडक खण्डमा ग्रेड मिलाउने कार्यसमेत तीव्र गतिमा अगाडि बढिरहेको छ । 

सिमकोट सल्लिसल्ला सडक खण्डअन्तर्गत बोक्चेगौंडा भिर ब्रेक थ्रु गरी एक किमी जति नयाँ ट्र्याक खोल्ने कार्यसमेत अगाडि बढेको छ । गत वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञासम्बन्धी निर्णयमा निर्माण क्षेत्रलाई पास उपलब्ध गराई निर्माण सामग्री ल्याउन सहज भएसँगै निर्माण कार्यले तीव्रता पाइरहेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामाले जानकारी गराए । 

निषेधाज्ञामा साबिकको भन्दा निर्माण कार्यमा निर्माण सामग्रीको अभाव र तेलको अभावले गर्दा निर्माण कार्यमा सुस्तता आए पनि निर्माण कार्यको प्रगति सन्तोषजनक भइरहेको आयोजना प्रमुख लामाले बताए । योजनाअन्तर्गतको पुलतर्फको कार्य निर्माण सामग्री यथेष्ट साइटमा उपलब्ध नभएको र चीनको हिल्सा नाकासमेत बन्द भएको हुँदा पुल निर्माण कार्यमा थोरै ढिलाइ भएको योजना कार्यालयले जनाएको छ । 

सिमकोट सल्लिसल्ला सडक खण्डको दुल्लीकुना भिर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायत उपकरण सुर्खेतबाट निर्माणस्थलसम्म आइसकेको र कोभिड–१९ का कारण इन्धनको अभावले गर्दा उक्त भिर फुटाउन केही समयसमेत लाग्ने सपना धुलिखेल जेभीका आधिकारिक प्रतिनिधि तेजबहादुर महतले बताए ।       

ओखरका बोट कृषि कार्यालयमा अलपत्र   

सदरमुकाम सिमकोटमा कृषि विकास कार्यालयमा टर्कीको च्याङ्गलर जातका ओखरका बोटबिरुवा कृषि विकास कार्यालयमा अलपत्र पारिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि निर्देशनालयको सहयोगमा कृषि विकास कार्यालयको मागअनुसार छ हजार च्याङ्गलर ओखरका बिरुवा आइसकेका कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जानकारी दिए । 

जिल्लाका कृषकलाई वितरण गरिने भएको हुँदा कोभिड–१९ ले गर्दा एक गाउँपालिकाबाट अर्को गाउँपालिका आउन जान कठिन भएकाले रोकिएको उनले बताए  । बाली संरक्षण अधिकृत एवम् कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीका अनुसार टर्कीबाट आएका च्याङ्गलर जातका ओखरका बोटबिरुवा जिल्लाका सातवटै गाउँपालिकाका लागि आएका थिए । 

ताँजाकोट गाउँपालिका र अदनचुली गाउँपालिकालाई एक हजार बोटबिरुवा वितरण भइसकेको कृषि कार्यालयले जनाएको छ । रु १६ करोड बराबरका बोटबिरुवा सुर्खेतबाट सिमकोट कृषि विकास कार्यालयसम्म ढुवानी गरिएको थियो ।        
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy