प्युठान । ऐरावती गाउँपालिका–१ बेलबोटस्थित बस्तीमा आइतबार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने श्याम आले लगायतको ६ वटा घर र ७ वटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: