Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

बिहे भोजपछि फैलिएको कोरोनाले २ जनाको मृत्यु, ८१ प्रतिशत गाउँलेमा कोरोना ​​​​​​​

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराइदिए ।

दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो । सरकारले वैशाख १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यो । प्रशासन कार्यालयले पनि त्यसभन्दा पहिले नै पटक–पटक सूचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यो । कालीगण्डकी–५ का जनप्रतिनिधि र स्वयं परिवारले उक्त आग्रह मानेनन् । 

वैशाख १८ गते कालीगण्डकीको वडा नं ३, ४ र ५ का गरी ५०० जति सामूहिक भोजमा सहभागी भए । भोजमा कालिगण्डकीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलाई पनि निमन्त्रणा थियो । अध्यक्ष, उपाध्यक्ष जानुभएन । वडाध्यक्ष आफू जानु भएन, परिवारलाई भोजमा पठाए । बिहेको चार÷पाँच दिन अगाडि सामग्री किन्नका लागि दुलाहाका बुबा सुनौली गएको वडासदस्य पहराईले बताए ।

वैशाख २१ गतेपछि शिक्षकलाई ज्वरो आउने, रुघा लाग्नेलगायतका समस्या देखिन थाल्यो । थप उपचारका लागि परिवार र छिमेकीले बुटबल जान भने पनि उनले मानेन् । वैशाख २८ गते पुर्तिघाट स्वास्थ्यचौकीमा जाँच गराउन गए । एन्टिजेन्ट जाँच गराउँदा पोजेटिभ आएपछि पिसिआरका लागि स्वाब सङ्कलन गरेर तम्घास पठाइयो । यही जेठ १ गते १०ः०० बजेपछि  श्वासप्रश्वासमा समस्या देखियो भने होस गुमेजस्तो भयो । 

पुर्तिघाट स्वास्थ्यचौकीमा अक्सिजन नपाएपछि मिर्मिस्थित एक निजी अस्पतालमा लगियो । सोही दिन राति अस्पतालले मृत्युको घोषणा गरिदियो भने पिसिआर रिपोर्ट पोजेटिभ भएको जानकारी आयो । केही दिनदेखि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्थानीय ५६ वर्षीया महिलाको पिसिआरका लागि स्वाब लिई परीक्षणका लागि तम्घास पठाइएको थियो । उनी १८ गतेको बिहेभोजमा सहभागी थिए । जेठ १ गते नै साँझपख बिहे भोजमै सहभागी भएकी उनलाई श्वासप्रश्वासमा समस्या देखियो । थप उपचारका लागि पुर्तिघाट ल्याए पनि ज्यान गएको वडासदस्य बोमबहादुरले बताए ।  

८१ प्रतिशत गाउँलेमा कोरोना 

कोरोना महामारीमा गरिएको बिहेभोजपछि स्थानीयवासीमा लक्षण देखिन शुरु गरेका वडासदस्य बोमबहादुरले बताए । स्थानीयलाई रुघा तथा पखाला लाग्ने हुँदाहुँदै पनि खानेपानी आयोजनाको पाइपका लागि लाइन खन्ने काम जारी थियो । एकातर्फ ठूलो सङ्ख्यामा बिहेभोजमा उपस्थित हुनु र अर्कोतर्फ खानेपानीको लाइन खन्ने काम नै फोक्सिङमा कोरोना फैलिनुको मुख्य कारण रहेको बोमबहादुरले बताए । 

स्थानीयवासीमा कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन शुरु गरेपछि यही जेठ २ गते ९४ जनाको स्वाब सङ्कलन गरियो । जेठ ४ गते साँझ प्राप्त रिपोर्टमा ७४ अर्थात् ८१ प्रतिशत नागरिक कोरोना सङ्क्रमित भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिए । सङ्क्रमितमध्ये ३१ पुरुष र ४३ महिला छन् । दुई वर्षको बच्चादेखि ७१ वर्षका नागरिकसम्मलाई कोरोना सङ्क्रमण भएको थापाले बताए । गाउँलेलाई अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको छ । वडासदस्य पहराईले नागरिक बढी आत्तिए पनि गाउँपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गरे ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy