Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी अस्पतालका वरिष्ठ प्रहरी अधिकृतहरु बिच छलफल

उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण तथा जनशक्तिको व्यवस्थापन लगायतका बिषयमा छलफल

खबरडबली संवाददाता

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी अस्पताल महाराजगंजकी मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह लगायतका अस्पतालमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरु बिच शुक्रबार प्रहरी प्रधान कार्यालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरका कारण संक्रमितहरुको संख्या बढ्दै गईरहेको अवस्थामा यसको नियन्त्रण तथा नेपाल प्रहरी  अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनश्रोत तथा जनशक्तिको व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिने चिकित्सक तथा कर्माचारीहरुले सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी उपचाररतप्रति अझै बढी संवेदनशील भई पारिवारिक वातावरणका साथ उपचारमा संलग्न हुनुपर्ने बताए  ।

अस्पतालमा उपचाररत विरामीहरु प्रति गरिने व्यवहार शिष्ट हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड–१९ नियन्त्रणमा गर्न सकिने सबै प्रयासलाई थप प्रभावकारी रुपमा लैजान नेपाल प्रहरी अस्पतालले अझ सक्रिय रुपमा भूमिका वहन गर्नुपर्ने बताए । अस्पताललाई आवश्यक पर्ने श्रोत साधन उपलब्ध गराउनका लागि प्रहरी प्रधान कार्यालय सदैव तत्पर र क्रियाशील रहेको उनले उल्लख गरे । छलफलका क्रममा नेपाल प्रहरी अस्पतालकी मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा।आशा सिंहले अस्पतालको गतिविधि तथा कोभिड–१९ नियन्त्रणको लागि गरिएका प्रयास र उपचार पद्धतिबारे जानकारी गराएका थिए । साथै उपस्थित अस्पतालका वरिष्ठ प्रहरी अधिकृतहरुले आ–आफ्नो सुझाव प्रस्तुत गरेको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies