Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भाँच्चिएको पुलमा डाइभर्सन निर्माण सुरु, साँझसम्ममा एकतर्फी सवारी चल्ने

\"pul\"१२ साउन, कावासोती । बढी भारका कारण भाँच्चिएको नवलपरासीको गैँडाकोटस्थित जयश्री पुलको दक्षिणतर्फबाट वैकल्पिक बाटो (डाइभर्सन) निर्माण सुरु भएको छ । हिजो पुल भाँच्चिएको १४ घन्टापछि आज डाइभर्सनको काम सुरु भएको हो । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर दीपककुमार भट्टराईका अनुसार सडक कार्यालयका  औजारहरु प्रयोग गरी डाइभर्सन बनाउन लागिएको हो  । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत गैँडाकोटस्थित जयश्री पुल सोमबार साँझ भाँच्चिएको थियो । पुल भाँच्चिदा पूर्व हिँडेका हजारौँ यात्रुले नवलपरासीको सडकमा रात बिताएका छन् ।  केही यात्रु भने पैदल ओहोरदोहोर गरेका छन् । स्थानीय सवारी साधानमार्फत बुटवल जाने यात्रु पुलबाट पश्चिम लागेका छन् भने पूर्व जाने यात्रु पैदल यात्रा गरेर खोला तरी नारायणघाटतर्फ लागेका छन्  । आज साँझसम्ममा डाइभर्सन पूरा गरी  एकतर्फी सवारी साधन सञ्चालनमा ल्याउँछौँ, प्रमुख इन्जिनियर भट्टराईले भने –‘ह्युमपाइप र मेसिन आएका छन् अब कामको गतिले बेलुकासम्ममा ‘वान वे’ खुल्छ ।’ पूर्वबाट पश्चिम जाने सवारी साधन गैँडाकोटमा रोकिएका छन् भने पश्चिमबाट पूर्वका लागि आएका सवारी साधन गैँडाकोटको थुम्सी, कावासोती, चोरमारा, बर्दघाट सुनवलमा रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । टिपर र ट्रकले एकैसाथ बाटो पारगर्न खोज्ने क्रममा पुल भाँच्चिएको स्थानीयवासीले बताएका छन् । पुलको दायाँबायाँ रहेका फलामका पाताहरु भाँच्चिएर करिब पाँच फिट तल धस्सिएका छन् । पानी परेमा जुनसुकै बेला पनि डाइभर्सन बगाउन सक्ने भएकाले बेलीब्रिजको निर्माण गरिने भएको छ । पुलको मर्मत गर्न धेरै समय लाग्ने भएकाले बेलीब्रिज बनाउन लागिएको भटृराईले बताए  । डाइभर्सनको मात्र भर नपरौँ भनेर बेलीब्रिज बनाउन लागेका छौँ, उनले भने – ‘दस दिन जतिमा बेलीब्रिज बन्छ, त्यसले अलि सहज बनाउँछ  ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies