Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

खोई, के हो हाम्रो राजनीतिको आधार ?

\"Bhimविकासित पश्चिमी मुलुक र तिनले हुर्काएका २१ औ शताब्दीका राजनैतिक सामाजिक र आर्थिक सभ्यताका आ(आफ्नै आधार र पहिचान छन् । आधार र पहिचानविनाको सभ्यता दिगो बन्न सक्दैन । सभ्यताको विकासका क्रममा तिनै सामाजिक आधारहरु नयाँ संस्कृती र विचारहरुको निर्माण हुँदै जान्छ । समाज विकास प्रकृयामा यो सभ्यता निर्माणको महत्वपूर्ण पक्ष हो । पश्चिमा देशहरुमा अमेरीकादेखी युरोपसम्म मानिसले निर्माण गरेका आधुनिक तथा उत्तर आधुनिक सभ्यताहरु दुई खम्बामा अभिएका छन् । ग्रिसेली दार्शनिक सुकरात, प्लेटो, अरस्तु आदि जस्ता विचारकहरुको दार्शनको श्रङ्खलाको प्रभाव पश्चिमा शासकहरुको सोचमा छ । रोमन कानुनले निर्माण गरेको कानुनको महत्वपूर्ण पक्ष पश्चिमा देशहरुको नियम र विनियममा प्रभाव जमाएको छ । दोस्रो विश्वयुद्धको अन्त्यदेखी नै विश्वराजनितीमा आधिपत्य जमाएको अमेरीका र त्यहाँ सरुदेखि विकास भएको राजनीतिक प्रणालीमा व्यक्तिका सबै प्रकारका स्वतन्त्रतालाई स्वच्छ तरिकाले प्रयोग गर्न दिँदा व्यक्तिको वैयक्तिकरणमार्फत राष्ट्रको प्रगति हुन्छ भन्ने तथ्यमा पुगेर उनीहरु विश्वभरिका सरकार र नेताहरुलाई त्यही बाटो अबलम्बन गर्न निर्देशन गर्ने गर्छन् । व्यक्ति र समाजको विकास हुँदा अमेरिकी सोच र चाहानामा त्यसले आँच आउन दिन चाहान्नन् र नै विश्वभरी अधिपत्य संचालन गर्छन् । अमेरिकी प्रजातन्त्रमा जर्ज वासिङ्टन र थमस जेफरसनको राजनैतिक स्वतन्त्रता र अब्राहम लिङ्कनको राजनितिमा कानुनको समायोजन प्रचिनकालिन दुई खम्बामा नै विकास भएका हुन् । अमेरिकी प्रजातन्त्रको यो पहिचान आज शक्तिको श्रृजना र प्रयोगमा टिकेको छ । कुनै समय घाम नअस्ताउने साम्राज्यको उपमा पाएको बेलायतदेखी अन्य युरोपेली देशहरुले प्रजातन्त्र भित्र मानव अधिकारलाई घुसाएर आफ्नो पहिचान बनाएका छन् । दोस्रो विश्वयुद्धको समयमा आर्थिक किसिमले जर्जर बनेका ती मुलुकहरु पनि प्रचिन दुई खम्बे ग्रिसेली दर्शन र रोमन कानुनमा व्यक्तिका व्यैक्तिक अधिकारका केही आदर्श पक्षहरुलाई घुसाएर संसारलाई मानव अधिकारसहितको प्रजातन्त्रको पाठ सिकाएका छन्  । मानव अधिकारको सवालमा विश्वलाई एक मान्ने  युरोपेलीहरु आफ्नो अस्तित्वमा आउने कुनै पनि ‘थ्रेट’ लाई मानव अधिकारको हतियारले व्यक्ति र राज्यलाई नसिहत र कारवाही गर्न पाउने आफूहरुको सार्वभौम अधिकार मान्छन् । १९९० को दशकमा नपुग्दै विश्व शक्तिको शिखरबाट तल गिरेको आजको रुस कार्ल माक्सको द्वन्दात्मक भौतिकवादको दर्शनलाई लेनिनको समाजवादी राजनीतिसंग जोडेर नै १९१७ देखी राजनैतिक स्थायित्व र विकासको पथमा  हिँडेको थियो । १९८० पछि राजनीतीमा उदाएका मिखाएल गोर्वाचोव, वोरिस एल्सिन र वर्तमान राष्ट्रपति भ्लदिमिर पुटिनको लेनिनवादी राजनीतिसँग सम्बन्ध विच्छेद गरेकै कारण रुसको ध्रुवीय राजनीतिको क्षयीकरण भयो । वितेका दुई दशकसम्म पश्चिमा राष्ट्रका नेताहरसँग भएको राजनितिक दाउपेचमा एक्लो महसुस गरेका पुटिनले फेरी शक्तिको शिखरमा पुग्ने सोच राख्न थाले । शक्तिको होडबाजीमा पश्चिमाहरुबाट किनार लागेका उनी पुनः लेनिनवादी राज्यसत्ताले इतिहासमा विकास गरेका र जोडेका सम्बन्धहरुलाई नविकरण गरी हिजोको शक्ति आर्जन गर्न चाहन्छन् । तर यसको अर्थ उनले हिजोको राजनीती र दर्शनलाई पुरै अंगाल्छन् भन्ने कदापी  होइन । बिसौं शताब्दिको अन्तिम दशकदेखी आर्थिक रुपमा उदाएको चीन तीन पक्षीय तत्वगत समिश्रणबाट अगाडी बढेको छ । कन्फ्यसुसियसले विकास गरेको सामाजिक सम्बन्ध, माऔत्सेतुङले माक्सवादी दर्शनमा टेकेर पाएको राजनैतिक स्वतन्त्रता  र देस्यापिङको आर्थिक नीतिमानै चीनले आफ्ना गतिविधि अगाडी बढाएको छ । २१ ‍ औं शताब्दिको आधुनिक चीनको राजनिति, सैन्य गतिविधि, कुटनितिक विकास र विश्वव्यापार तिनै तीनखम्बे जगमा उभिएका छन् । कन्फ्युसियसकालीन समाजका आधारहरुलाई उसको आफ्नै राजनीती र अर्थनीतिमा जोडेर शिल्कबाटोलाई चीनले पुनः पछ्याउँदै छ  ( यो अहिलेको चीनको राजनीतिको पहिचान हो । विकासको पथमा स्थिरता पाएका मध्यपूर्व र अरबी मुलुकहरु अहिले पहिचान र आधार विहिनजस्तै भएका छन् ।  त्यहाँका गैर प्रजातान्त्रीक केही देशहरु विश्व राजनीतिको खिँचातानीमा परेका छन् । शक्तिको खेलमा इजरायल(प्यालेष्टाईन, ईराक(ईरान, लेवनान(सिरियाजस्ता समुह तथा उप(समुहमा रहे पनि मुलतः तिनीहरु अमेरीका, युरोप र रुसको निगाहमा नै पहिचान खोज्दै छन् । धर्मलाई राजनीतिसँग जोडेर अगाडी बढ्दा विकासमा सफलता मिलेता पनि राजनीतिमा अस्थिरता बेसी रहेको बुझ्न अब कठिन छैन । केही वर्ष पहिला ट्युनिशियाबाट सुरु भएको वसन्त क्रान्तीले सिरिया, इजिप्ट, जोर्डन, यमन आदिलाई प्रभाव पारिसकेको छ । र, साउदी अरब छिमेकी यमनको आन्तरिक राजनैतिक मामिलामा फसेका कारण जनताहरुको राजनैतिक स्वतन्त्रतालाई लामो समय सम्म दबाएर राख्ने स्थिती छैन । ढिलो चाँडो मध्यपूर्व  र  अरवी मुलुकमा लोकतन्त्र, न्याय र समानतासहितको राजनितीको नयाँ आधार निर्माण हुनेछ । माथी चर्चा भएका देशहरुले मुख्यतः पाँचवटा पक्षलाई आफ्नै सापेक्षतामा प्राथमिकता दिएर राजनैतिक स्थिरता दिए । नागरिक र राजनैतिक स्वतन्त्रता, न्याय र समानता, लोकतान्त्रीक सासन, सुरक्षा र  राजनैतिक स्थायित्व, आर्थिक सुधार र जनताको जीवनस्तरबाट नै राजनैतिक प्रणाली सफल र असफल हुने कुरा उनीहरुले बुझे । यिनै पाँच पक्षको प्राप्ती र अप्राप्तीमा सरकारको सफलता र असफलताको मापन हुन्छ । यहाँ उल्लेख भएका पाँच आधारहरु सर्वमान्य नहोलान् तर पुर्णरुपले अस्वीकृत हुन सक्दैनन् । नेपालको सन्दर्भमा कुरा गर्दा यहाँ पटक(पटक क्रान्ती र आन्दोलन भए । यद्यपी ती क्रान्तीका घटना र प्रति घटनाले नेपालको राजनीतीको सर्वमान्य आधार निर्माण गर्न सकेनन् ।  २००७ को राजनैतिक परिवर्तन २०१७ मा असफल बन्यो । २०४६ को प्रजातान्त्त्रको प्राप्तीमा सबैले सहमती जनाउन सकेनन ।   नेपाली कांग्रेसले संसदिय राजनीतिमा परिवर्तन भेट्ने र नेकपा एमालेले असहमति जनाउनकै लागी २०४७ मा २७ बुँदे संबैधानिक सुधारका आधार तयार पार्ने प्रवृतिले नेपालको राजनिति दुई किनाराका यात्रीको छलफल जस्तै भयो । २०४७ को सम्बिधानमा पहिचान नदेखेको माओवादी १० वर्षे युद्धपछि राजनीतीको मुलवाटोमा आए पनि एक्लै पर्ण पहिचान दिने स्थितिमा देखीएन । संसदिय राजनितिमा सफलता मात्रै भेट्ने कांग्रेसले विपिको राजनीतिको पहिचानलाई २१ औ शताब्दीको सेरोफेरोमा खोजेकै छैन । २०४७ को सम्बिधानमा २७ बुँदे फरक मत र २०७० को संविधान सभाको चुनावको घोषणा पत्रमा कार्यकारी प्रमुख हुने उल्लेख गर्नुमा मदन भण्डारीको राजनितीको पहिचान देखे पनि व्यवहारमा उतार्नका लागी एमालेले पुरै प्रयत्न गर्नु पर्छ ( तर त्यसो नहुनु र नगर्नु भनेको उसले बोकेको राजनीतिमा मदन भण्डारीको पहिचान गुमाउनु हो ।  २०४७ को राजनितिक प्रणाली र हुँदा खानेहरुको वीचमा देखा परेको आधारभुत ग्यापलाई प्रयोग गरेर १० बर्षे नेपालको सरकारसंगका राजनैतिक युद्ध लडेको ए ने।क।पा माओवादीको नयाँ राजनितिक पहिचानको यात्रा दोस्रो सम्बिधान सभाको चुनावपछि कमजोर बन्यो । संविधान निर्माणमा राजनैतीक दलहरु एक्ला(एक्लाई हिंडे भने राजनीतिमा स्थाईत्वोर, र स्थिर्अता भेटिने छैन । दलहरुले फेरी पनि नेपालि राजनितीका नयाँ आधारहरु निर्माण गर्न सक्ने छैनन्  । यद्यपी समावेशी लोकतन्त्र गणतन्त्र संघियता र धर्म निरपेक्षतालाई राजनीतिको नयाँ आधार मान्न भने सकिन्छ ।  विपिले भन्ने प्रजातान्त्रीक समाजबाद, मदन भण्डारीको वहुदलिय जनवाद र ए नेकपा माओवादीको २१ औ शताब्दीको जनवाद राजनेतिक प्रयोगशालाको भट्टिमा खारिने स्थिती यो बन्ने संबिधानमा भेटिने छैन। संसदीय प्राणालीको प्रधानमन्त्रीको छनौटबाट न्याय र समानता, व्यक्तिको सुरक्षा र अधिकार, लोकतन्त्र र राजनैतिक स्थायित्व र बैकल्पिक आर्थिक आधारको निर्माणमा चाहिने बाटाहरु बनाउन दलहरु चुक्ने छन । संसदीय प्रजातन्त्रबाट एक कदम अगाडी जान नचाहने नेपाली काङग्रेसले यही प्रजातन्त्रभित्र विपि कोईराला असफल भएको स्वीकान चाहादैन ।  गणेशमान सिहदेखी कृष्ण प्रसाद भट्टराई सम्मको राजनितिको  हुर्मत संसदिय प्रजातन्त्रले लिएको पनि बुझ्दैन । गिरिजा प्रसाद कोईराला र शेरबहादुर देउवा दरबरसंगको सत्ता राजनीतीमा धोका खाएको विषयको समिक्षा गर्दैन । नेकपा एमालेले मदन भण्डारी  र मनमोहन अधिकारीको स्थिती फेरी अब नदोहोरियोस भन्ने बुझ्ने हो भने २०६२(६३ सालको आन्दोलनको राजनीतिको आधार निर्माणमा अर्थ राख्छ । लखन थापादेखी सबै सहिदको त्याग राजनितीको स्थायि आधार निर्माण गर्न थियो । नेपालको सम्बिधान २०७२ मा जनताले राखेको सुझाव प्रत्यक्ष निर्वाचित कार्यकारीले त्यही राजनीतिको आधार निर्माण गर्छ । अन्यथा फेरी पनि नेपालीहरु राजनैतिक पहिचान विहिन टुहुरा हुनेछन । यो उद्देश्य प्राप्ती गरि छाडन मधेशी, जनजाती, महिला, उत्पिडित र पिछडिएका क्षेत्रका जनताको सहभागिता आवश्यक छ ।  नेपाली काङग्रेसले नयाँ यात्रा तय गर्नु आवश्यक छ¸ नेकपा एमालेले शासन सत्तामा जाने हतारोमा भन्दा सम्बिधानको पुर्णतालाई विशेष ध्यान दिनु पर्छ र एनेकपा माओवादीले फेरी पनि राजनितिक आधार तय हुने सम्बिधानकालागी मोर्चाबन्दी गर्नु पर्छ  । पहिचान गुमेको राजनीती र जननिर्माण नभएको राजनैतिक(सामाजिक प्रणालिले स्थिरता सहितको विकासको दिर्घकालिन आधार तयार गर्न सक्दैन । नागरिक स्वतन्त्रता, न्याय र समानता, लोकतन्त्र, राजनैतिक स्थायित्व र आर्थिक आधारकालागी दलहरु एकै ठाँउमा पुगुन् र सबैले एउटै सोच सोचुन र गरुन त्यसैमा नै २१ औ शताब्दीका नेपालीहरुका भविष्य भेटिन्छ । र, हाम्रो राजनीतिको नयाँ आधार भेटिन्छ । लेखक नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य हुन्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy