Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८० बुधबार | 29th November, 2023 Wed

सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि हटाइयो बनेपामा शिल

रासस

काभ्रेपलाञ्चोक । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ । 

बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन् ।

केही दिनदेखि सङ्क्रमणदर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय सङ्क्रमित छन् । हालसम्म यहाका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बनेपा जिल्लाको प्रमुख शहर हो । अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिल–अवधि पनि सोमबार सकिएको छ । नमोबुद्ध नगर र रोशी गोउँपालिका शिलको समयसीमा बुधबारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शिलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिल गरेको थियो ।

मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र शिल गरेको छ । शिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन् ।

सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन् । जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३८५ कोरोनामुक्त भएका छन् भने सङ्क्रमित २०६ मा सीमित रहे । अघिल्लो दिन १८६ भने जम्मा ५८ कोरोना सङ्क्रमित थपिएका थिए । यस्तै शनिबार १७६ कोरोनामुक्त भएका थिए भने ६४ नयाँ सङ्क्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन(डिसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा छ सङ्क्रमितले ज्यान गुमाएका छन् । 

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २२७ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरमा १९ प्रतिशत अर्थात् ४०४ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा २९९, पनौतीमा २७७, नमोबुद्धमा ११९, मण्डनदेउपुरमा १३६ तथा रोशी गाउँपालिकामा १२८, चौँरीदेउरालीमा ५७, तेमालमा ९४, भुम्लु १५२, खानीखोलामा २९, बेथानचोकमा १०७ र महाभारत गाउँपालिकामा ३१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । कूल सङ्क्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ८४ सङ्क्रमित होमआइसोलेशनमा उपचाररत छन् । केन्द्रका अनुसार हालसम्म जिल्लाका १३३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अष्ट्रेलियामाथि भारतको विशाल लक्ष्य

काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ।  काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...

प्रभु साहको पार्टीको निर्णय : बद्रिप्रसाद न्यौपानेलाई निर्दोष सावित नहुदासम्म जिम्मेवारीबाट हटाइने

काठमाडौँ। प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले गौर हत्याकाण्डलगायतका दोषीहरुलाई समाएर बुझाउने निर्णय गरेको छ। मंसिर ११ र १२ गते काठमाडौँस्थित म...

देउवाको आश : खाणले न्याय पाउँछन्

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहे...

नेपाल सुपर लिगः अग्रता जोगाउन नसक्दा चितवन र काठमाडौँ बराबरीमा

काठमाडौं। इन्जुरी समयमा सम्हालिन नसकेपछि एफसी चितवन  नेपाल सुपर लिग (एनएसएल) मा ऐतिहासिक जितबाट बन्चित भएको छ । चितवन एनएसएलको दोस्रो संस्करणअन्तर्...

लागूऔषध ब्राउन सुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

स्याङजा। लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी आज पक्राउ परेका छन्।   स्याङजास्थित फेदिखोला गाउँपालिका २ उपल्लो कु...

यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौँ।  नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोल...

नामिबिया टी२० विश्वकपमा छनोट

काठमाडौँ। नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिय...

घुस लिँदालिँदै नायव निरीक्षक पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थाम...

काठमाडौँलाई चाँडै मेलम्चीको पानी खुवाउँछु : खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् ।  काठमाडौंवासीले सो पानी एक हप्ता भ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies