पर्सा । मानव वेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण ठेगाना भएका २७ वर्षीय अस्गर सैफी र उनकै श्रीमती तनहुँ दमौली नगरपालिका–५ ठेगाना भएकी २६ वर्षीया सकिना खातुन भन्ने सीता थापा क्षेत्री रहेका छन् ।
उनीहरूले गोरखा घर भएका २ जना महिलालाई बाँके नेपालगञ्जको मन्दिरमा कन्या पूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत जनही ५० हजार रुपैयाँ दिने भनी ललाई फकाई नेपालगञ्जसम्म लगि पैसा लिन वीरगंज जानुपर्छ भनी झुक्यानमा पारी वीरगंज महानगरपालिका–१६ स्थित ईनर्वा नाकासम्म पुर्यारई पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी मानव वेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लाग्दा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले पीडितहरूको उद्दार गरी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूउपर मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८० - २१:२१
काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...
मंसिर १२ गते, २०८० - २१:१०
काठमाडौँ। काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...
मंसिर १२ गते, २०८० - २१:०५
काठमाडौँ। प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले गौर हत्याकाण्डलगायतका दोषीहरुलाई समाएर बुझाउने निर्णय गरेको छ। मंसिर ११ र १२ गते काठमाडौँस्थित म...
मंसिर १२ गते, २०८० - २०:२८
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहे...
मंसिर १२ गते, २०८० - २०:२०
काठमाडौं। इन्जुरी समयमा सम्हालिन नसकेपछि एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) मा ऐतिहासिक जितबाट बन्चित भएको छ । चितवन एनएसएलको दोस्रो संस्करणअन्तर्...
मंसिर १२ गते, २०८० - १९:५६
स्याङजा। लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी आज पक्राउ परेका छन्। स्याङजास्थित फेदिखोला गाउँपालिका २ उपल्लो कु...
मंसिर १२ गते, २०८० - १९:१६
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोल...
मंसिर १२ गते, २०८० - १८:४१
काठमाडौँ। नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिय...
मंसिर १२ गते, २०८० - १८:१६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थाम...
मंसिर १२ गते, २०८० - १८:१०
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् । काठमाडौंवासीले सो पानी एक हप्ता भ...
प्रतिकृया लेख्नुहोस्: