Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

बहुदेशीय कम्पनीले रोयल्टी तिरेनन्

\"money\" १२ साउन, चितवन । चितवनको भरतपुरमा रहेका बहुदेशीय (मल्टिनेसनल) कम्पनीले जिल्ला विकास समितिको रोयल्टी कर तिर्न अटेर गरेका छन् ।

यहाँको बोटलर्स नेपाल (तराई) लिमिटेड र माउन्ट एभरेस्ट ब्रुअरीले पटकपटक ताकेता गर्दासमेत रोयल्टी नतिरेको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए । जिल्ला विकास समितिले कोकाकोला उत्पादन गर्ने उद्योगलाई पाँच लाख रुपैयाँ र बियर उद्योगलाई तीन लाख रुपैयाँ वार्षिक रोयल्टी रकम तोकेको छ । पटकपटक ताकेता पत्र पठाएको भए पनि दुवै उद्योगले रकम तिर्न आनाकानी गरेको उनले बताए ।

पछिल्लो समय बोटलर्स नेपाल (तराई) लिमिटेडले पानीको मुहान दर्ताका लागि जिविसमा फाइल पेस गरेको भए पनि रोयल्टी नतिरेसम्म जिविसले स्वीकृति नदिने जनाएको स्थानीय विकास अधिकारी पाण्डेले बताए । विगत लामो समयदेखि कर नतिरेका पोल्ट्री क्षेत्रले भने यसै आर्थिक वर्षबाट कर तिर्ने प्रतिबद्धता जनाएका छन् । पोल्ट्री क्षेत्रबाट वार्षिक रुपमा ५० लाख रुपैयाँको हाराहारीमा कर उठ्ने गरेको जिविसले जनाएको छ ।

त्यसैगरी प्लास्टिकजन्य उद्योग, इँट्टा उद्योग र क्रसर उद्योग पनि यसै आर्थिक वर्षबाट करको दायरामा आएको उनले बताए । जिल्ला विकास समितिले करको दायरा बढाउँदै लगेपछि आन्तरिक आम्दानीमा वृद्धि गरेको जनाएको छ । गत आर्थिक वर्षमा चार करोड एक लाख रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो । अघिल्लो आर्थिक वर्षमा जिविसले दुई करोड ८० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । आम्दानीको नयाँ क्षेत्रको खोजी गरी कडाइका साथ असुल गरिएकै कारण राजस्वमा वद्धि भएको पाण्डेको भनाइ छ ।

त्यसैगरी विगत दुई वर्षसम्म न्यूनतम सर्त तथा कार्यसम्पादन मूल्याङ्कनमा असफल भएको जिविस चितवनले यसपटक ११औँ स्थान हासिल गर्न सफल भएको सो अवसरमा जानकारी दिइएको थियो । आव २०६७/६८ मा न्यूनतम सर्तमा नै असफल भएको थियो भने पछिल्लो वर्ष न्यून अङ्क प्राप्त गरेकाले १० प्रतिशतले अनुदान कटौती भएको थियो । यसपटक कार्यसम्पादनमा राम्रो अङ्क अर्थात् ७० अङ्क पाएकाले ४० लाख रुपैयाँभन्दा बढी अनुदान पाउन सफल हुने पाण्डेले बताए ।

जिविसले गएको आर्थिक वर्षमा विनियोजन गरेका ६५० योजनामध्ये ६४४ वटा योजना सम्पन्न गरेको छ । जसमा रु ५८ करोड १५ लाख ९० हजार खर्च भएको छ । गएको आवमा ९७ लाख रुपैयाँ रकम खर्च नभई फ्रिज भएको थियो । जसमध्ये मूल्याङ्कन घटेका कारण ५० लाख रुपैयाँ, सम्झौता भएर काम नभएका योजनाका कारण २५ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता १७ लाख रुपैयाँ बचत भई फ्रिज भएको स्थानीय विकास अधिकारी पाण्डेले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies