Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बहुदेशीय कम्पनीले रोयल्टी तिरेनन्

\"money\" १२ साउन, चितवन । चितवनको भरतपुरमा रहेका बहुदेशीय (मल्टिनेसनल) कम्पनीले जिल्ला विकास समितिको रोयल्टी कर तिर्न अटेर गरेका छन् ।

यहाँको बोटलर्स नेपाल (तराई) लिमिटेड र माउन्ट एभरेस्ट ब्रुअरीले पटकपटक ताकेता गर्दासमेत रोयल्टी नतिरेको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए । जिल्ला विकास समितिले कोकाकोला उत्पादन गर्ने उद्योगलाई पाँच लाख रुपैयाँ र बियर उद्योगलाई तीन लाख रुपैयाँ वार्षिक रोयल्टी रकम तोकेको छ । पटकपटक ताकेता पत्र पठाएको भए पनि दुवै उद्योगले रकम तिर्न आनाकानी गरेको उनले बताए ।

पछिल्लो समय बोटलर्स नेपाल (तराई) लिमिटेडले पानीको मुहान दर्ताका लागि जिविसमा फाइल पेस गरेको भए पनि रोयल्टी नतिरेसम्म जिविसले स्वीकृति नदिने जनाएको स्थानीय विकास अधिकारी पाण्डेले बताए । विगत लामो समयदेखि कर नतिरेका पोल्ट्री क्षेत्रले भने यसै आर्थिक वर्षबाट कर तिर्ने प्रतिबद्धता जनाएका छन् । पोल्ट्री क्षेत्रबाट वार्षिक रुपमा ५० लाख रुपैयाँको हाराहारीमा कर उठ्ने गरेको जिविसले जनाएको छ ।

त्यसैगरी प्लास्टिकजन्य उद्योग, इँट्टा उद्योग र क्रसर उद्योग पनि यसै आर्थिक वर्षबाट करको दायरामा आएको उनले बताए । जिल्ला विकास समितिले करको दायरा बढाउँदै लगेपछि आन्तरिक आम्दानीमा वृद्धि गरेको जनाएको छ । गत आर्थिक वर्षमा चार करोड एक लाख रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो । अघिल्लो आर्थिक वर्षमा जिविसले दुई करोड ८० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । आम्दानीको नयाँ क्षेत्रको खोजी गरी कडाइका साथ असुल गरिएकै कारण राजस्वमा वद्धि भएको पाण्डेको भनाइ छ ।

त्यसैगरी विगत दुई वर्षसम्म न्यूनतम सर्त तथा कार्यसम्पादन मूल्याङ्कनमा असफल भएको जिविस चितवनले यसपटक ११औँ स्थान हासिल गर्न सफल भएको सो अवसरमा जानकारी दिइएको थियो । आव २०६७/६८ मा न्यूनतम सर्तमा नै असफल भएको थियो भने पछिल्लो वर्ष न्यून अङ्क प्राप्त गरेकाले १० प्रतिशतले अनुदान कटौती भएको थियो । यसपटक कार्यसम्पादनमा राम्रो अङ्क अर्थात् ७० अङ्क पाएकाले ४० लाख रुपैयाँभन्दा बढी अनुदान पाउन सफल हुने पाण्डेले बताए ।

जिविसले गएको आर्थिक वर्षमा विनियोजन गरेका ६५० योजनामध्ये ६४४ वटा योजना सम्पन्न गरेको छ । जसमा रु ५८ करोड १५ लाख ९० हजार खर्च भएको छ । गएको आवमा ९७ लाख रुपैयाँ रकम खर्च नभई फ्रिज भएको थियो । जसमध्ये मूल्याङ्कन घटेका कारण ५० लाख रुपैयाँ, सम्झौता भएर काम नभएका योजनाका कारण २५ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता १७ लाख रुपैयाँ बचत भई फ्रिज भएको स्थानीय विकास अधिकारी पाण्डेले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending