Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

‘लोकमान कार्कीको गेटमा ममाथि यसरी भयो हातपात’

\"lokman\"सोमबार दिउँसो पौन दुई बजे नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट अगाडीको सडक एकाएक जाम भयो । सडकमा दर्जनौँ सवारी साधन रोकिए । जामका कारण यात्रुहरु पिरोलीरहेका थिए । त्यही जाममा म पनि अड्किए । म सडक जामबारे बुझ्न आफ्नो मोटरसाइकल रोकेर अगाडि बढेँ । कुनै भिआइपीको कारले सडक छेकेर बसेको देखेपछि पत्रकारले फोटो खिच्नु नौलो कुरा होइन । त्यसैले तस्बिर खिच्न अघि बढेँ । त्यही बेला अख्तियार आयोगको गेटमा रहेका प्रहरीले किन फोटो खिचेको भन्दै म माथि हातपात गरे । सुरुमा कसको गाडी भनेर थाहा नपाएको मैले बल्ल थाहा पाएँ, उक्त गाडी आयोगकै प्रमुख लोकमान सिंह कार्कीको रहेछ । मेरो क्यामेरा खोस्न जबरजस्ती गरेका सुरक्षाकर्मीले सडकमा रोकि राखेको मेरो मोटरसाइकल र क्यामेराको ब्याग समेत नियन्त्रणमा लिँदै आयोगको कार्यालय भित्र लगे । त्यसक्रममा मेरो क्यामेराको लेन्समा क्षति पुगेको छ । मलाई आयोगको कम्पाउण्ड भित्र लैजान सुरक्षाकर्मीले जबरजस्ती गरिरहेको अवस्थामा स्थानीयबासीले प्रहरीको हर्कत विरुद्ध चर्को विरोध गरेपछि मलाई छाडियो । घटना बारे पत्रकार महासंघका सभापति डा.महेन्द्र विष्ट र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई आयोगको गेटबाटै जानकारी गराएँ । त्यसको केहीबेरपछि मैले आफ्नो मोटरसाइकल र ब्याग त फिर्ता पाएँ तर, आयोग प्रमुख लोकमानको आफ्नै परिसरमा संचारकर्मीमाथि यस्तो दुव्र्यवहार हुनु लज्जाजनक अवस्था देखिएको छ । प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउने लोकमान जस्ता राज्यका जिम्मेवार निकायका प्रमुखको कार्यालय अगाडि एउटा पत्रकारले दुव्र्यवहार सहनु प्रेस जगतकै धज्जी उडाउने काम हो । मलाई हातपात गर्ने प्रहरी नायब निरीक्षक केबी विष्ट हुन् । समाजमा रहेका विकृति विसंगति विरुद्ध आवाज उठाउनु र सकारात्मक कामको प्रसंशा र प्रचारप्रसार गर्दै जनतालाई सही सूचना संप्रेषण गर्नु एउटा पत्रकारको धर्म र कर्तव्य दुवै हो । आफ्नो यहीे कर्तव्य पालना गरिरहेको अवस्थामा सार्वजनिक स्थलमै कुनै पत्रकारमाथि हातपात हुन्छ भने आम जनताले कसरी सही सूचना पाउँछन् त ? मेरो प्रश्न यहि छ । पहुँच र शक्तिको आडमा कुनै पनि व्यक्तिले संचारकर्मीमाथि दुव्र्यवहार गर्न पछि पर्दैन भने उसले आम जनतामाथि कुन रुप देखाउला त्यसै अनुमान गर्न सकिन्छ । त्यसैले यस्ता हर्कत रोकिनु पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending