रसुवा । ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा डोकामा बोकी अस्पताल लानुपर्ने समस्या समाधान गर्न गाउँपालिकाले एम्बुलेन्स खरीद गरेको हो ।
नयाँ सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट यार्सा, युव्रा, घाङवर, सिङ्वन्दी, लाङ्वु, आरूखर्क, सरसिउँ, पाटीखर्क, सरमथली, पारच्याङ, फाम्चेत, भोर्ले, चित्ती समेतका दर्जनौ गाउँमा बसोबास गर्ने १० हजारभन्दा बढी नागरिकले सेवा पाउने अपेक्षा गरिएको छ । गाउँपालिकाले रू १० लाख ८५ हजारमा एम्बुलेन्स खरीद गरिएको र भन्सार शुल्क भने छुट भएको बताइएको छ ।
नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेका अनुसार आफ्नो गाउँपालिका क्षेत्रको छ वटै वडाका वासिन्दालाई उपचारमा परेको समस्या समाधान गर्न सडक मार्गका ट्रयाक खोलेसँगै दुई दिनअधि रसुवा भित्र्याइएको एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । वर्षात्को समयमा सडक अवरूद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै निरन्तर सेवा प्रवाहको लागि असार, साउन र भदौ महिनामा भने एम्बुलेन्स कालिकास्थानमा राख्ने व्यवस्था मिलाइएको अक्ष्यक्ष घलेले बताए । यस्तै जिल्ला अस्पताल, गोसाइँकुण्ड तथा कालिका गाउँपालिका समेतका निकायले एम्बुलेन्स सञ्चालनमा ल्याइसकेका कारण स्थानीय अस्पतालमा उपचार हुन नसकेका बिरामी सुविधायुक्त अस्पतालमा लान सहज भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: