Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

महिला आयोगले तेजाब प्रहार गर्ने दोषीलाई कारवाही गर्न आवश्यक पहल गर्ने

रासस

काठमाडौँ । राष्ट्रिय महिला आयोगले तेजाब प्रहारबाट घाइते दीपिका विकमाथि तेजाब प्रहार गर्ने दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आवश्यक पहल गर्ने भएको छ । आयोगको टोलीले यही जेठ २९ गते तेजाब प्रहारबाट घाइते भएपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी विकसँगको भेटपछि आज विज्ञप्ति जारी गरी दोषीमाथि कारवाहीको लागि पहल गर्ने जनाएको हो । 

आयोगका सदस्य विद्याकुमारी सिन्हाको नेतृत्वको टोलीले घाइते विकलाई भेटी निजको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । आयोगले पीडित विकलाई लैङ्गिक हिंसा निवारण कोषबाट स्वास्थ्य उपचारको लागि आवश्यक सहायता रकम प्रदान गर्ने निर्णय निर्णय गरेको छ । सोही अवसरमा सदस्य सिन्हाले सहायता रकम बैंकमा जम्मा गर्नका लागि निजको नाममा बैंक खाता खोल्न आग्रह गर्दै अन्य आवश्यक सहयोगका लागि आयोगबाट आवश्यक सहजीकरण गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा पीडित विकले ज्यान मार्ने प्रयास गर्ने आरोपित श्रीमान् दीपकलाई उचित सजायको माग गरेको आयोगले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीय विकलाई उनकै श्रीमानले तेजाब प्रहार गरेको पीडित बिकले बताउँदै आएका छन् । जेठ २९ गते शनिबार श्रीमान् श्रीमतीबीच विवाद भएपछि श्रीमानले सुरुमा थप्पड हानेको र पछि तेजाब आक्रमण गरेको पीडित विकको भनाइ छ । आरोपित  श्रीमानले  चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गर्दै आएको र सोही पसलबाट तेजाब ल्याएको हुनसक्ने अनुमान गरिएको छ । सोही सन्दर्भमा केही समय अगाडि श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएकी डोटीकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाको बारेमा समेत टोलीले थप जानकारी लिएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies