Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै मन्त्रालयले अन्तरराष्ट्रिय उडानतर्फ पनि तोकिएको गन्तव्यमा बिहिबारदेखिनै उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन क्यानलाई निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसमा जुलाई २४मा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौँ उडान गर्ने तालिका छ । त्यस्तै जुन २५ मा नेपाल एयरलाइन्सको जहाजले जापानमा उडान भर्नेछ भने एयर इण्डियाको जहाजले दिल्ली–काठमाडौँ उडान गर्नेछ । जुन २६ मा कतार एयरवेजले दोहा–काठमाडौँ उडान गर्नेछ । टर्की एयरलाइन्सले काठमाडौँ उडान गर्नेछ । सोही दिन एयर अरेवियाको जहाजले आबुधावीबाट काठमाडौँको उडान भर्ने तालिका तय गरिएको छ । त्यसैगरी जुन २७ मा नेपाल एयरलाइन्सले दोहा गन्तव्यमा उडान भर्नेछ । सोही दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र दुबईमा समान एक एक उडान गर्ने तालिका छ । 

कतार एयरवेजको दोहा–काठमाडौँ र जजिरा एयरवेजले कुवेतबाट काठमाडौँ उडान मन्त्रालयले जनाएको छ । जुन २८ मा नेपाल एयरलाइन्सले दुबई र हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान भर्नेछ भने कतार एयरवेजले दोहाबाट काठमाडौँका लागि उडान गर्नेछ । जुन २९ मा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । सोही दिन टर्किस एयरलाइन्सले काठमाडौँ उडान गर्ने जनाइएको छ । फ्लाई दुबईले काठमाडौँ, ओमनको सलाम एयरले काठमाडौँमा उडान गर्नेछन् । जुन ३० मा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरले कुवेत–काठमाडौँ उडान गर्ने तालिका तय गरिएको छ । 

कोभिड महामारी नियन्त्रण गर्न सरकारले वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो  । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकलमा आएर त्रिशूली पुलबाट सँगै हामफाले एक जोडी

महिलाको सकुशल उद्धार हुँदा पुरुष बेपत्ता

१४८ वटा आयोजना लगानी सम्मेलनमको शोकेसमा राख्न स्वीकृति

काठमाडौं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ ।  मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको ब...

इलाम पुगेर रविले पुनःभने -'काम गर्न नपाए छोड्छौँ, राजीनामा झोलामा बोकेर हिँडेका छौँ'

काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनःराजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ भनेका छन् । ...

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

जनकपुर। धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार ...

आकाशमै दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अ...

ब्रिटिस काउन्सिलले काठमाडौं महानगरमा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । ‘महिला सशक्तिकरण, नेतृत्व तथा क्षमता विकास (लैङ्गिक र समावेशी) कार्यक्रम’ सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले व्रिटिस काउन्सिलसँग समझदारी ...

योजनाबद्ध १३ वटा सहकारी चोरीमा सम्लग्न छ जना पक्राउ

झापा  ।  झापाका बिभिन्न स्थानमा रहेका सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर ग...

लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म द...

कतारका राजाको स्वागतमा चिटीक्क काठमाडौं

काठमाडौं। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौं सिँगारिएको छ। कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाड...

अन्तर्राष्ट्रिय अनुभव प्राप्त टोली नेपाल पठाउँदै वेस्ट इन्डिज

काठमाडौं। वेस्ट इन्डिजले नेपालमा हुने टी(२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा गरेको छ । नेपालविरुद्धको प्रदर्शनका आधारमा १५ सदस्यीय टोलीबाट...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies