Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

उत्तर कोरियाले अमेरिकालाई दियो धम्कीः लडाइँ भए कसैलाई पनि जिउँदो नछोड्ने

\"north-korea_14380604\"सियोल । उत्तर कोरियाका शीर्ष नेताले अमेरिकालाई कोरियाली प्रायद्विपमा यदि कुनै लडाइँ भए कोही अमेरिकीलाई जिउँदो नछोड्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आइतबार कोरियन लडाइँ सिद्धिएको ६२ औं वर्षगाँठको अवसरमा कोरियाली नेताहरुले अमेरिकालाई यस्तो धम्की दिएका हुन् । यो अवसरमा राजधानी प्योंगयांग र अन्य शहरमा झण्डा र ब्यानरद्वारा सजाइएको थियो । किन जोंग उनले दिए अमेरिकालाई धम्कीः देशको न्यूक्लियर शक्तिको कुरा गर्दै किमले भने, ‘त्यो समय अहिले समाप्त भएको छ जब न्यूक्लियर हतियारको धम्की दिँदै हामीलाई अमेरिकाले डर देखाउँथ्यो । अब अमेरिकाको केही हैसियत छैन । अब हामी उनीहरुको लागि खतरा बनिसकेका छौं ।’ कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार, उत्तर कोरियाका नेता किम जोंग उन आइतबार राती कुमसुसान प्यालेस गए जहाँ उनका बुवा किम जोंग इल र हजुरबुवा किम इल संगको पार्थिव शरिर सजाएर राखिएको थियो । रक्षामन्त्रीले भने – डक्युमेन्ट साइन गर्नको लागि पनि कोही बाँच्नेछैनः कोरियन पिपल्स आर्मीका प्रमुख र रक्षामन्त्री जनरल पाक योंग सिकले भने, ‘अमेरिका हामी विरुद्ध योजना बनाउने र हामीलाई उकास्नको लागि कुनै कसुर बाँकी राखेको छैन । हामी अब निकै शक्तिशाली बनिसकेका छौं । अब युद्ध भएमा कुनै सरेन्डर डकुमेन्टमा साइन गर्नको लागि कोही पनि अमेरिकी नागरिक बच्ने छैनन् ।’ पाक योंग सिकले भने, ‘हामी पछिल्लो ६० वर्षदेखि शान्त भएर बसिरहेका छौं तर अमेरिका शान्ति चाहँदैन । पछिल्लो कोरियाली युद्धमा अमेरिकाको हारको सुरुवात भएको थियो, तर यदि दोस्रो युद्ध भए अमेरिका पूर्ण रुपमा नष्ट हुनेछ ।’ तीन वर्षसम्म चलेको थियो लडाईंः तीन वर्षसम्म चलेको कोरियाली लडाइँलाई विराम गर्नको लागि सन् १९५३ को जुलाई २७ मा सम्झौता भएको थियो । यद्यपी, यो दिन कुनै पनि शान्ति सम्झौतामा हस्ताक्षर भएको थिएन तर उत्तर कोरियाले यसलाई ‘साम्राज्यवादी’ अमेरिका विरुद्ध आफ्नो जीत मान्दछ । अमेरिका यो युद्धमा संयुक्त राष्ट्र सहयोगी देशसँग मिलेर दक्षिण कोरियाको तर्फबाट युद्ध गरेको थियो । दक्षिण कोरिया हरेक वर्ष यो दिन मनाउँछ । योंगयोनमा न्यूक्लियर हतियार बनाउने तयारीः एक अमेरिकी रिसर्च ग्रुप ३८ नर्थको रिपोर्ट अनुसार, उत्तर कोरिया योंगयोनस्थित प्रमुख न्यूक्लियर कम्पलेक्समा न्यूक्लियर हतियारको पाटपूर्जा तयार गरिरहेको छ । स्मरण रहोस्, उत्तर कोरियाको सेना संसारको सबैभन्दा ठूलो छ । यसमा करिब ९५ लाख सैनिक छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending