Ntc summer Offer
Khabar Dabali १८ मंसिर २०८० सोमबार | 4th December, 2023 Mon

हालसम्म देशका विभिन्न स्थानमा बाढीपहिरो बाट ५१ जनाको मृत्यु, ७१ जना घाइते तथा २९ जना बेपत्ता

खबरडबली संवाददाता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार सम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३/३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २/२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् । पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये दार्चुलामा ३ जना, पाल्पामा २ जना तथा तनहुँ र दाङमा १/१ जना गरी जम्मा ७ जना रहेका छन् । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा ७ जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, धनुषा र सर्लाहीमा ४/४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा २/२ जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढीपहिरोमा परी २९ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत र तनहुँमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी(पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण चितवन, बाजुरा, प्युठान, म्याग्दी र सिन्धुली लगायतका स्थानहरुमा बिहीबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् । ५ सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ५९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा ५ सय ३९ वटा विपद्‍का घटनाबाट १ हजार १ सय ५८ वटा घर परिवारका ५ हजार ४ सय २३ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यौन क्रियाकलापमा जबरजस्ती संलग्न गराइएका ३ जना नाबालिकाको उद्धार

काठमाडौँ।  होटल सञ्चालकले जबरजस्ती यौन गतिविधिमा संलग्न गराएका ३ जना नाबालिकाको उद्धार गरिएको छ। यस सन्दर्भमा काठमाडौँको नयाँबसपार्कस्थित पश्चिम लुम्ब...

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौँ। प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको...

मन्त्रिपरिषद्मा हेरफेर हुँदैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा स...

जापानमा भालुको आक्रमण इतिहासमै उच्च

टोक्यो। आर्थिक वर्ष सन् २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानीस्तरमा पुगेको छ । मुलुकमा भालुको आक्रमण यो वर्ष सबैभन्दा खराब ...

एनएसएल : इलाम पेनाल्टीमा चुक्दा बुटवलको जित

काठमाडौँ। एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) को आफ्नो तेस्रो खेलमा आएर पहिलो जित निकालेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलम...

जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज अपराह्न स्वदेश फर्किएका...

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ। अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भई हाल ललितपुर बस्ने २७ वर्षीय...

भेद्‌भावको अन्त्य गरेर आर्थिक-सामाजिक रुपान्तरण कायम गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन् । अध्यक्ष ने...

वायुसेवा निगमले भन्यो– हाम्रो कमजोरीका कारण कालोसूचीबाट नहटेको भन्नेमा सत्यता छैन

काठमाडौँ। नेपाल वायु सेवा निगमले आफ्नो कमजोरीका कारण युरोपेली युनियन (ईयू)ले नेपाललाई उडान सुरक्षा चासो सूची (कालोसूची)बाट नहटाएको भन्ने आरोप खण्डन गर...

एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद : अमरेशकुमार सिंह

काठमाडौँ। प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies