Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

सशस्त्र प्रहरीले डुबानमा परेका ३९ परिवारको खाद्यान्न तथा महत्वपूर्ण सामान क्षति हुनबाट जोगायो

रासस

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति हुनबाट सशस्त्र प्रहरीले जोगाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त–९ खल्ला, वडा नं १० भुजेला, वडा नं ५ बनखेत र दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारीका गरी ३९ परिवारको घर डुबानमा परेको हो । वर्षाका कारण नदी तथा खोलाको बहाव बढेसँगै पानी घरभित्र पसेपछि खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण सामान सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । धनजनको क्षति हुन नदिनका लागि डुबानमा परेका परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । 

यसैबीच सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतिकभरको भवनलाई जोगबुढा नदीको बाढीको पानीले डुबानमा पारेपछि नजिकैको हरिओम आधारभूत विद्यालयमा सशस्त्र प्रहरीलाई सारिएको छ । रातिदेखिको लगातारको वर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रका अधिकांश घर डुबानमा परेका थिए । अहिले वर्षा हुने क्रम रोकिएसँगै डुबान क्षेत्रबाट पानी घट्ने क्रम जारी रहेको छ । वर्षाका कारण महेन्द्रनगर बजारसहित ऐठपुर, बसपार्क र सब्जीमण्डी क्षेत्र डुबानमा परेको थियो । 

महेन्द्रनगर बजारमा ढल व्यवस्थापनको कार्य नगरिँदा थोरै पानी पर्दासमेत बजार क्षेत्र डुबानमा पर्ने गरेको छ । स्थानीयवासीले खोला मिचेर घरलगायतका भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दोरुपमा हुन थालेपछि पानी बग्ने निकास रोकिँदा डुबान हुने गरेको स्थानीयवासीको भनाइ रहेको छ । 

यसैबीच भीमदत्त–५ मा रहेको वृद्ध सेवा केन्द्रमा नजिकैको नालाको पानी भरिँदा लाखौँको नोक्सानी भएको छ । वृद्धाश्रमका सञ्चालिका शारदा चन्दका अनुसार भण्डारण गरेर राखिएको खाद्यान्नमा पानी पस्दा भिजेर कामै नलाग्ने भएको छ । वृद्धाश्रममा पालिएका ५०० कुखुराका चल्लासमेत पानीमा डुबेर मरेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy