Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

भानुभक्तलाई राष्ट्रियताका आधारमा बुझ्न जरुरी

रासस

पोखरा । भानुभक्त आचार्यलाई राष्ट्रियताका आधारमा बुझ्न जरुरी रहेको कविहरुले बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले २०८औँ भानु जयन्तीका अवसरमा आयोजित ‘धुनमा कविता’ कार्यक्रममा भानुभक्तले आफ्ना सिर्जनाबाट प्रस्तुत गरेका सबै विषय महत्वपूर्ण भएको बताएका हुन् । 

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले नेपाली भाषाको प्रचारप्रसार र महत्वमा भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख गरे  । भानुभक्तलाई आदिकवि मात्र नभएर आदि व्यङ्ग्य कविका रूपमा परिचित गराउनुपर्ने आवश्यकता रहेको उनको  भनाइ थियो । मङ्गलबार बगरस्थित शिक्षा विकास निर्देशनालयको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशका १२ जिल्लाका १२ कविले कवितावाचन गरेका थिए । 

कार्यक्रममा कास्कीका शिव त्रिपाठी, लमजुङका सरस्वती श्रेष्ठ ‘सरु’, कास्कीका छन्दकवि शङ्करमणि त्रिपाठी, लमजुङका कुमार तामाङ, कास्कीका लक्ष्मी थापा, तनहुँका अम्बिकाप्रसाद भट्टराई, गोरखाका लोकनाथ पुडासैनी, पर्वतका डा जगन्नाथ रेग्मी, स्याङ्जाका डा नारायणप्रसाद अधिकारी र सुदर्शन पौडेलले कविता प्रस्तुत गरेका  थियो । 

कार्यक्रममा प्राज्ञ बिम्ब कवि रमेश श्रेष्ठले समेत कविता प्रस्तुत गरेका थिए । कवि श्रेष्ठले अहिले राष्ट्रियता कमजोर बन्दै गएको र कमजोर बनाउने तत्व हामी भएको उल्लेख गरे । उनले भने, “अहिले हाम्रा कारण राष्ट्रियता कमजोर हुँदै गएको छ । राजनीति र भाषा साहित्यलाई हामीले बुझेनौँ, भानुभक्तका पथमा हिँडेनौँ ।” उनले  स्रष्टाहरुको सोच बदल्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले २०८औँ भानु जयन्तीका अवसरमा आयोजित धुनमा कविता प्रतिष्ठानको पहिलो कार्यक्रम भएको जनाउँदै आगामी दिनमा प्रदेशका वाङ्मयिक क्षेत्रको विकास र हितका निम्ति सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे  ।

कार्यक्रममा चलचित्रकर्मी प्रकाश घिमिरे, गीतकार दुर्गा शाह बाबा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, उपकुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, सङ्गीतकर्मी र कलाकर्मीहरुको उपस्थिति रहेको सचिव मनकुमार श्रेष्ठले जानकारी दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy