Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बाँकेका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित

रासस

बाँके । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो निषेधाज्ञाका कारण जीविकोपार्जन गर्न कठिनाई भएपछि बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिका युमाया बङ्गुरपालन व्यवसायमा लागेका छन् । 

व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उनलाई जिविकोपार्जन गर्न सहज भएको छ । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उनको भनाइ छ । यसैगरी धवलागिरिकै रमा दराईले दुईवटा बङ्गुर पालेका छन्  । खोर सानो हुँदा र आर्थिक स्थिति बलियो नहुँदा उनले बङ्गुर थप गर्न सकेका छैनन् ।

सानैबाट शुरुआत गरे पनि बङ्गुरपालनबाट राम्रै आम्दानी हुने देखिएपछि उहाँको रुचि पनि यसतर्फ बढेको छ । थापा र दराई जस्तै धवलागिरिका १७ महिला किसानले सानो रुपमा भएपनि बङ्गुरपालन गरिरहेका छन् । बङ्गुरपालन व्यवासयमा लागेका १७ जना महिलाको एउटा समूह पनि छ । समूहमार्फत उनीहरुले मासिक रु १०० बचत पनि गर्दै आएका छन् । सो समूहमा आवद्ध प्रत्येक सदस्यलाई खजुरा गाउँपालिका पशुसेवा शाखाले पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ । 

छ महिनाअघि तत्कालिन पशु सेवा शाखा प्रमुख स्व रत्नबहादुर शाहीले उक्त समूहलाई बङ्गुरको स्रोत केन्द्रका रुपमा विकास गर्न हरेक सदस्यलाई बङ्गुरको पाठापाठी वितरण गरेका थिए । ६ महिनाअघि वितरण गरिएको सात/आठ किलोग्रामको पाठापाठी अहिले ५०/६० किलोग्रामका भएका छन् । 

शाखाबाट बङ्गुरपालनसम्बन्धी तालीमसहित बङ्गुरका पाठापाठी पाउँदा हौसला बढेको समूहका सदस्य चिट्टीमाया थापाले बताए । अनुदानमा एउटा बङ्गुर पाए पनि १० वटा पालन गर्ने योजनामा रहेको उनले बताए । एउटा बङ्गुरबाट पाठापाठी उत्पादन गरी रु एक लाखसम्म आम्दानी लिन सकिने थापाको भनाइ छ  । समूहका  अध्यक्ष छमी घर्तिमगरले पनि दुईवटा बङ्गुरपालन गरेका छन् ।  समूहका सदस्यलाई बङ्गुरपालन गरिरहन अनुरोध गरे । अध्यक्ष घर्तिमगरले घरमा त्यतिकै बसेर समय विताइरहेका महिला अहिले बङ्गुरपालन गरेर राम्रो आम्दानी लिने हैसियतमा पुगेको बताए । समूहका सदस्यमध्ये कोही पहिलेदेखि बङ्गुरपालन गर्दै आएका छन् भने कोही नयाँ रहेका छन् । आर्थिक स्थिति बलियो नहुँदा प्रगति बङ्गुरपालन समूहका महिला किसानले धेरै बङ्गुरपालन गर्न आँट गर्न सकिरहेका छैनन् । 

बङ्गुरपालनबाटै आफ्नो र परिवारको आर्थिक आम्दानीको स्रोत बढाउने योजना उनीहरुको छ । १२ वटा बङ्गुर पाल्दै आएका लक्ष्मी थापाले बङ्गुरपालन व्यवसायका लागि समूहलाई थप सहयोग गरिदिन गाउँपालिकालाई आग्रह गरे । बङ्गुरको बजार राम्रो भएकाले समूहमार्फत पालन गरेका महिला किसानहरु थप आकर्षित भएका हुन् । बङ्गुरको स्रोत केन्द्रका रुपमा स्थापित हुन अब धेरै समय नलाग्ने समूहका अध्यक्ष घर्तिमगरले बताए   ।

वर्षमा दुईपटक एउटा बङ्गुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा उनको छ । विस्तारै विस्तारै बङ्गुरको सङ्ख्या बढाउने सोचमा सदस्याहरु रहेको उनको भनाइ छ । स्थानीय बजारमा बङ्गुरका पाठापाठी रु पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बङ्गुरको मासु प्रतिकिलो रु ४०० मा कारोवार हुँदै आएको छ । यसको मासुको खपत बढ्दो छ । 

बङ्गुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननका समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । स्थानीय बजारमा बङ्गुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको उनको भनाइ छ । 

अध्यक्ष कक्षपतिले किसानलाई व्यावसायिक बनाउन गाउँपालिकाले हरेक वर्ष प्रभावकारी कार्यक्रम ल्याएको बताए । बङ्गुरपालन गर्ने किसानका लागि पनि आगामी वर्षमा थप कार्यक्रम ल्याउने योजनामा रहेको उनले  जानकारी दिए । उनले भने, “किसानले इमानदारिताका साथ व्यवसाय गर्ने हो भने खजुरा कृषिको क्षेत्रमा एक वर्षभित्रै पूर्ण रुपमा आत्मनिर्भर हुन्छ ।” अध्यक्ष कक्षपतिले केही राम्रो काम गर्ने गरी योजना माग भई आएको खण्डमा निर्धक्क रुपमा पालिकाले सहयोग र सहकार्य गर्ने बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies