Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मुम्बर्इ हमलाका दोषी यकुब मेमनलार्इ यसरी दिइयो फाँसी

\"yakub-750\"
१४ साउन, काठमाडौं ।  मुम्बई हमलाका दोषी करार दिइएका याकूब मेमनलाई भारतको सर्वोच्च अदालतले बिहिबार दिएको फाँसीको सजाए जारी राखेपछि बिहिबार बिहान नागपुर सेन्ट्रल जेलमा फाँसीमा झुण्ड्याइएको छ । सन् १९९३ को मार्चमा मुम्बईका विभिन्न १३ स्थानमा भएको बम हमलाको मुख्य योजनाकारका रुपमा अदालतले उनलाई दोषी करार दिँदै मृत्युदण्डको सजाए सुनाएको थियो । मृत्यु दण्डको सजायबाट माफीका लागि याकूबले गरेको याचिका न्यायालय तथा राष्ट्रपति प्रणव मुखर्जी दुबैबाट अस्विकृत भएपछि उनलाई फाँसी दिइनु निश्चित प्राय थियो । मुम्बई स्थित मेमनको घरमा पनि प्रहरीले निक्कै कडा सुरक्षा व्यवस्था तयार पारेको थियो जुन अहिले सम्म जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई बिहान ६ः३० देखि ७ बजेको भित्र फाँसी दिइ सक्नु पर्ने न्यायालयले निर्णय गरेको थियो । याकूबको फाँसीलाई लिएर भारतमा दुई धार रहँदै आएको छ साथै केही मानवअधिकारवादी तथा नागरिक अभियन्ताहरुले याकूवलाई फाँसी दिनु नहुने तथा राष्ट्रपतिले याकूबको क्षमा याचनाको याचिकामाथि सुनवाई हुनु पर्ने बताए पनि याकूबको याचिका रद्द गरिएको थियो । वरिष्ठ वकिल प्रशान्त भुषणको नेतृत्वमा सामाजिक अभियन्ताहरुले राष्ट्रपति प्रवण मुखर्जिसँग क्षमा याचनाको अपिल गरे पनि राष्ट्रपतिले त्यो अस्विकार गरिदिएका थिए । उनिहरुले त्यस पछि सुप्रिम कोर्टमा अन्तिम पटक माफिका लागि आग्रह गरेका थिए । तर त्यस्ले कुनै अर्थ राख्न सकेन । याकूबको मृत्युदण्ड सम्बन्धी चर्चाले भारतमा फेरी एक पटक फाँसी दिन हुने कि नहुने भन्ने विषयमा बहस सिर्जना भएको छ । कुनै पनि सजायमा कसुरवार ठानिएकालाई जेलबाट नै सुधार्न सकिने भएपछि फाँसी दिनु पर्ने औचित्य पुष्टी नहुने भन्दै उनीहरुले फाँसीको सजाए रद्द गर्नु पर्ने धारणा राखेका छन् । नागपुर जेलमा बिहान ५ बजेदेखि नै फाँसीको प्रक्रिया सुरु भएको थियो । उनलाई जेलका सुपरिटेन्डेन्ट योगेश देसाईले फाँसीमा झुण्डाएका थिए । याकुबको परिवारले शवलाई मुम्बई स्थित घर\"yakub_security\"मा वा उनको पुस्तैनी घर कब्रिस्तान लिने इच्छा व्यक्त गरेको थियो । तर प्रशासनले सुरक्षा स्थितीको कारण देखाउँदै जेलमै मुस्लिम रिति रिवाजका साथ अन्तेष्टीको व्यवस्था गर्ने बताएको छ । सन १९९३ को मार्चमा मुम्बई भएको बम आक्रमण काण्डमा २५७ जनाको मृत्यु भएको थियो । त्यसपछि उनलाई सन २००७ मा नै सुप्रिम कोटले फासीँको सजाय सुएको थियो । याकूब मेमन केस– इतिहासमा पहिलो पटक राती खाेलियाे अदालत कुनै अपराधीको अन्तिम सुनुवाईका लागि राती ३ बजेर २० मिनेटसम्म अदालत खुल्ला भएको भारतको इतिहासमा यो पहिलो घटना हो । निकै बेरसम्म याकूबका वकिलले उनलाई बचाउन हरसम्भव प्रयास गरे तर अन्ततः एक पटक फेरि मेमनको याचिका खारेज गरियो । याकूबको फाँसी पहिले के–के भयो ? नागपुरस्थित जेलमा बिहिबार बिहान ७ बजे याकूब मेमनलाई फाँसीमा चढाइयो । याकूबका वकिल राती १२:३० बजे चिफ जस्टिसको घर पुगे, तीन बजे सुनुवाई सुरु भयो, बिहान ५ बजे एकपटक फेरी याकूबको याचिका खारेज गरियो । कोर्टले याकूबको डेथ वारेन्ट जारी राख्यो, राती ११ बजे राष्ट्रपतिले पनि दया याचिका अस्विकार गरे । याकूबको निवेदनमाथि बुधबार बिहान साढे १० बजेदेखि दिनको सवा चारसम्म सुप्रिम कोर्टमा सुनुवाई भयो । फाँसीभन्दा पहिले याकूबले के गरेः जानकारीका अनुसार याकूब मेमन रातभरी जाग्राम बसे । बिहान उनलाई नयाँ लुगा दिइयो । फेरी उनलाई नास्ता दिइयो जसलाई उनले खान अस्विकार गरिदिए । पछि याकूबले बिहान नमाज पढ्ने इच्छा देखाए जसलाई जिल्ला प्रसाशनले मान्यो । त्यसपछि उनले कुरान शरिफ पनि पढे । याकूबका परिवार पनि जेल पुगेका थिए । योभन्दा पहिले राती नागपुर पुलिसका जवानले याकूबको परिवारको गोप्य चिट्ठी होटलमा गएर दिए । सन् १९९३ मुम्बई ब्लास्ट १२ मार्च १९९३: लगातार १२ ठाउँमा भएको ब्लास्टमा २५७ मानिसहरुको मृत्यु भएको थियो भने ७१३ मानिसहरु घाइते भएका थिए । बम्बइ स्टक एक्सेन्जको एउटा भवनमा दिउँसो साढे १ बजे विष्पाेट भएको थियो जसमा लगभग ५० मानिसहरु मारिएका थिए । त्यसको आधा घण्टामा अर्को ब्लास्ट भयो र दुई घण्टाभन्दा कम समयमा जम्मा १३ वटा ब्लास्ट भएका थिए । १९ अप्रिल १९९३:  जाँच एजेन्सीहरुले संजय दत्तलाई एके–५६ राखेको आरोपमा पक्राउ गर्यो । २६ अप्रिल १९९३: मुम्बईको \"yakub_fashi\"टाडाको विशेष अदालतमा संजय दत्तले एके–५६ राखेको कुरा स्विकार गरे । ३ मे १९९३: संजय दत्तलाई कोर्टबाट जमानत दिइयो । ४ नोभेम्बर १९९३: १० हजार पानाको १ सय ८९ मानिसविरुद्ध प्राथमिक चार्टशिट दर्ता गरियो । १९ अप्रिल १९९५: मुम्बईको टाडा अदालतमा यो विषयमा सुनुवाई सुरु गरियो । आउँदो दुई महिनामा अभियुक्त विरुद्ध आरोप दर्ता गरियो । १६ अक्टोबर १९९५: संजय दत्तले कोर्टबाट जमानत पाए । जुलाई २००७: टाडा अदालतले सन् २००७ को जुलाईमा संजय दत्तलाई ९ एमएम पेस्तोल र एके–५६ राखेका कारण आम्र्स एक्स अनुसार दोषी ठहर गर्यो । एके–५६ राखेका कारण उनलाई ६ वर्षको जेल सजायँ सुनाइयो । २ अगस्त २००७: कोर्टले सन् २००७ को अगस्टमा संजय दत्तलाई दोस्रो पटक हिरासतमा लिने आदेश दियो । यसपटक उनलाई पुणेको यरवदा जेलमा राखियो । २० अगस्ट २००७: संजय दत्तलाई सुप्रिम कोर्टले जमानत दियो । अक्टोबर २००१: सबै अभियुक्त पक्षको साक्षीहरुको बयान समाप्त भयो । अक्टोबर २००१:आरोपी पक्षले आफ्नो दस्तावेज समाप्त गरे । सेप्टेम्बर २००३: घटनाको सुनुवाई समाप्त भयो । सेप्टेम्बर २००६: अदालतले आफ्नो फैसला दिन सुरु गर्यो । यो घटनामा १ सय २३ अभियुक्त छन् जसमा १२ जनलाई तल्लो अदालतले मृत्यु दण्डको सजायँ सुनाएको थियो । यो विषयमा २० मानिसहरुलाई जन्मकैदको सजायँ सुनाइएको थियो जसमध्ये दुईजनाको मृत्यु भइसकेको छ भने अरु यसको मुद्दा लडिरहेका छन् । यसका साथै ६८ मानिसहरुलाई जन्मकैदको सजायँ सुनाइएको थियो जबकि २३ जना मानिसहरुलाई निर्दोष मानिएको थियो । नोभेम्बर २००६: संजय दत्तलाई पेस्तोल र एके – ५६ राइफल राखेको विषयमा दोषी पाइयो । तर उनलाई अन्य संगीन विषयमा रिहा गरियो । नोभेम्बर १, २०११: सुप्रिम कोर्टमा सुनुवाई सुरु भयो जुन १० महिना चल्यो । अगस्ट २०१२: सुप्रिम कोर्टले आफ्नो फैसला सुरक्षित गर्यो । २१ मार्च २०१३: सुप्रिम कोर्टले सुनुवाई गर्दै संजय दत्तलाई ५ वर्षको जेल सजायँ सुनायो । मे २०१४: भारतीय राष्ट्रपति प्रणव मुखर्जीले याकूब मेमको याचिका खारेज गरे । अप्रिल ९, २०१५: सुप्रिम कोर्टले याकूब मेमनको पुनः विचार याचिका खारेज गर्यो । जुलाई २१, २०१५: सुप्रिम कोर्टले याकूब क्यूरेटिव याचिका खारेज गर्यो । जुलाई २९, २०१५: सुप्रिम कोर्टले मुम्बई धमाकाका दोषी याकूब मेमनलाई फाँसीमा रोक लगाउनबाट अस्विकार गर्यो । जुलाई २९, २०१५: याकूब मेमनले पुनः राष्ट्रपति प्रणब मुखर्जीसँग दयाको अपिल गरे । स्थानीय समय अनुसारा राती १०:४५: भारतीय राष्ट्रपति प्रणब मुखर्जीले याकूबको दया याचिका खारेज गरे । बिहान ३:२०: पहिलो पटक रातभरी खोलियो कोर्ट, डेढ घण्टा सुनुवाई बिहान ४:५०: याकूबको याचिका खारेज बिहान ६:३०: फाँसीमा भुण्डाइए मेमन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies